< 2 Samuel 23 >
1 These are David's last words. The divine message of David son of Jesse, the divine message of the man made great by God, the one anointed by the God of Jacob, the wonderful psalm-writer of Israel:
दावीदका अन्तिम वचनहरू यिनै हुन्: “यिशैका छोरा दावीदका दिव्य वाणी, सर्वोच्चद्वारा उच्च पारिएका मानिसको वाणी, याकोबका परमेश्वरद्वारा अभिषेक गरिएका मानिस, इस्राएलका लोकप्रिय भजन-गायक:
2 “The Spirit of the Lord spoke through me; my tongue gave his message.
“याहवेहको आत्मा मद्वारा बोल्नुभयो; उहाँको वचन मेरो मुखमा थियो।
3 Israel's God spoke; Israel's Rock told me, ‘He who rules the people justly, he who rules respecting God,
इस्राएलका परमेश्वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्नुभयो: जसले धार्मिकतामा मानिसहरूमाथि शासन गर्छ, जसले परमेश्वरको श्रद्धामा मानिसहरूमाथि शासन गर्छ।
4 is like the light of the morning sunrise on a cloudless dawn; like the shining of raindrops on the new grass growing from the earth.’
त्यो व्यक्ति बिहानको सूर्योदयको बादलविनाको सुनौलो ज्योतिजस्तै हुन्छ, पानी परेपछिको उज्यालोजस्तै, जसले जमिनबाट घाँस उमार्छ।
5 Isn't this how my family is with God? For he has made an everlasting agreement with me, set out in detail and with every part guaranteed. He will make sure to save me and to give me all I want.
“यदि मेरो घरानाको परमेश्वरसँग सम्बन्ध ठिक नभएको भए निश्चय नै उहाँले मसँग हरेक कुरामा सुरक्षित र व्यवस्थित अनन्तको करार बाँध्नुहुनेथिएन; निश्चय नै उहाँले मेरो मुक्तिलाई फलवन्त बनाउनुहुनेथिएन, र मेरो हरेक इच्छा पूरा गर्नुहुनेथिएन।
6 But evil people are like thorns to be thrown aside; they can't be held in the hand.
तर दुष्ट मानिसहरू सबै काँडाझैँ फालिनेछन्, जसलाई हातहरूले समात्न सकिँदैन।
7 The only way to deal with them is to use an iron tool or the handle of a spear. They are completely burned up right where they are.”
जसले काँडालाई छुन्छ, त्यसले फलामको औजार अथवा भालाको चुच्चोलाई प्रयोग गर्छ; काँडाहरू जहाँ थुपारिन्छ, त्यही ठाउँमा जलाइन्छ।”
8 These are the names of the leading warriors who supported David: Josheb-Basshebeth, a Tahkemonite, leader of the Three. Using his spear, he once killed eight hundred men in a single battle.
दावीदका वीर मानिसहरूका नाम यिनै हुन्: तहकमोनी योशब-बश्शेबेत, जो तीन जनामध्येका प्रमुख थिए। तिनले एकै पटकको लडाइँमा भालाले आक्रमण गरेर आठ सय जना मानिसहरूलाई मारेका थिए।
9 After him came Eleazar, son of Dodai, the Ahohite, one of the Three leading warriors. He was with David when they defied the Philistines gathered for battle at Pas-dammin. The Israelites retreated,
दोस्रोचाहिँ अहोही दोदोका छोरा एलाजार थिए, जो तीन जना वीर योद्धाहरूमध्ये एक जना थिए, जो पास-दम्मीममा लडाइँको निम्ति भेला भएका पलिश्तीहरूलाई चुनौती दिँदा दावीदसँग थिए। तब इस्राएलका अरू सेनाहरू पछि हटेका थिए।
10 but Eleazar took his stand and went on killing Philistines until his hand stuck to his sword. The Lord saved them by granting them a great victory. The Israelite army did return, but only to strip the dead.
तर एलाजार आफ्नै ठाउँमा खडा रहेर हात गलेर तरवारमै नटाँसिएसम्म तिनले पलिश्तीहरूसँग युद्ध गरिरहे। त्यस दिन याहवेहले ठूलो विजय दिनुभयो। तर बाँकी सेनाहरूचाहिँ मरेकाहरूलाई लुट्नको लागि मात्र एलाजारकहाँ फर्केर आए।
11 After him came Shammah, son of Agee, the Hararite. When the Philistines gathered at Lehi, in a field full of lentils, the Israelite army ran away from them,
त्यसपछि तेस्रो वीर मानिस हरारी आगीका छोरा शम्मा थिए। जब पलिश्तीहरू दाल खेतमा भेला भए, तब इस्राएली सेनाहरू पलिश्तीहरूबाट भागे।
12 but Shammah took his stand in the middle of the field, defending it and killing the Philistines. The Lord gave them a great victory.
तर शम्माचाहिँ त्यस खेतको बीचमा खडा भए। तिनले त्यस खेतलाई सुरक्षा दिइराखे; र पलिश्तीहरूलाई मारे। अनि याहवेहले त्यस दिन ठूलो विजय दिनुभयो।
13 At harvest time, the Three, who were part of the Thirty leading warriors, went down to meet David when he was at the cave of Adullam. The Philistine army was camped in the valley of Rephaim.
कटनीको समयमा तीस जना मुख्य वीरहरूमध्ये तीन जना अदुल्लामको गुफामा दावीदकहाँ आए। एक दल पलिश्तीहरूचाहिँ रपाईमको बेँसीमा छाउनी हालेर बसेका थिए।
14 At the time David was in the stronghold, and the Philistine garrison was in Bethlehem.
त्यस बेला दावीद गढीमा थिए। अनि पलिश्ती सेनाहरूचाहिँ बेथलेहेममा थिए।
15 David was feeling really thirsty, and he said, “If only someone could bring me a drink of water from the well beside the entrance gate to Bethlehem!”
दावीदले पानीको इच्छा गरेर भने, “अहो, कसैले बेथलेहेमको मूलढोकाको छेउको इनारबाट मलाई पानी पिउनलाई ल्याइदिए हुनेथियो!”
16 The Three leading warriors broke through the Philistine defenses, took some water from the well at Bethelehem's gate, and brought it back to David. But David refused to drink it, and poured it out as an offering to the Lord.
यसकारण ती तीन जना वीरहरू पलिश्तीहरूको छाउनीबाट छिरेर गए। अनि बेथलेहेमको मूलढोकाको छेउको कुवाबाट पानी लिएर दावीदकहाँ फर्किआए। तर तिनले त्यो पानी पिउन इन्कार गरे। तिनले पिउनको सट्टा पानीलाई याहवेहको सामु खन्याइदिए।
17 “Lord, never let me do this!” he said. “Isn't it like drinking the blood of these men who risked their lives?” So he did not drink it. This is just some of the things the Three leading warriors did.
तिनले भने, “हे याहवेह, मबाट यस्तो काम नहोस्! के यो पानी आफ्ना जीवनलाई जोखिममा पार्ने मानिसहरूको रगत होइन र?” यसकारण दावीदले त्यो पानी पिएनन्। ती तीन वीर मानिसहरूका वीरताका कामहरू यस्ता थिए।
18 Abishai, Joab's brother, was leader of the second Three. Using his spear, he once killed 300 men, and became famous among the Three.
सरूयाहका छोरा योआबको भाइ अबीशैचाहिँ तीन जनाका अगुवा थिए। तिनले तीन सय मानिसहरूको विरुद्धमा आफ्नो भाला उठाए र मारे। यसैले तिनी पनि ती तीन जना वीरहरूझैँ प्रसिद्ध भए।
19 He was the most highly regarded of the Three and was their commander, though he was not one of the first Three.
के ती तीन जनाभन्दा तिनको बढी आदर भएको थिएन र? यद्यपि तिनी उनीहरूमध्ये एक थिएनन्, तापनि तिनी उनीहरूका सेनापति भए।
20 Benaiah, son of Jehoiada, a strong warrior from Kabzeel, did many amazing things. He killed two sons of Ariel of Moab. He also went after a lion into a pit in the snow and killed it.
कब्सेलबाट यहोयादाका छोरा बनायाह एक जना वीर योद्धा थिए, जसले धेरै वीरताका कामहरू गरेका थिए। तिनले मोआबका दुई जना वीर योद्धाहरूलाई मारे। हिउँ परेको दिन एउटा खाडलमा तल ओर्लेर तिनले एउटा सिंहलाई मारे।
21 Another time he killed a huge Egyptian. The Egyptian had a spear in his hand but Benaiah attacked him with just a club. He grabbed the spear from the Egyptian's hand, and killed him with his own spear.
तिनले एक जना डरलाग्दो ठूलो रूप भएको इजिप्टियनलाई मारे। त्यस इजिप्टियनको हातमा एउटा भाला थियो, तापनि त्यसको विरुद्धमा बनायाहले एउटा लहुरो लिएर गए। तिनले त्यस इजिप्टियनको हातबाट भाला खोसेर त्यसलाई त्यसकै भालाले मारे।
22 These were the kind of things Benaiah did that made him as famous as the Three leading warriors.
यहोयादाका छोरा बनायाहका वीरताका कामहरू यस्तै थिए; तिनी पनि ती तीन वीर मानिसहरूजस्तै प्रसिद्ध थिए।
23 He was the most highly regarded of the Thirty, though he was not one of the Three. David put him in charge of his personal bodyguard.
तिनको पनि तीस जनाभन्दा बढी सम्मान भयो, तर ती तीन जना वीर मानिसहरूसँग गनिएनन्। दावीदले तिनलाई आफ्ना अङ्गरक्षकहरूमाथि सेनापति नियुक्त गरे।
24 Included in the Thirty were: Asahel, Joab's brother; Elhanan, son of Dodo, from Bethlehem;
ती तीस जनामा यी व्यक्तिहरू थिए: योआबका भाइ असाहेल, बेथलेहेमबासी दोदोका छोरा एल्हानान,
25 Shammoth the Harorite; Elika the Harodite,
हरोदी शम्मा, हरोदी एलीका,
26 Helez the Paltite; Ira, son of Ikkesh, from Tekoa;
पल्ती हेलेस, तकोका इक्केशका छोरा ईरा,
27 Abiezer from Anathoth; Mebunnai the Hushathite;
अनातोतका अबीएजेर, हूशातीका सिब्बेकै,
28 Zalmon the Ahohite; Maharai the Netophahite;
अहोहीका सल्मोन, नतोपाती महरै,
29 Heleb, son of Baanah the Netophahite; Ittai, son of Ribai from Gibeah of the Benjamites;
नतोपातीबाट बानाहका छोरा हेलेद, बेन्यामीनको गेबाबाट रीबैका छोरा इत्तै,
30 Benaiah the Pirathonite; Hiddai from the streams of Gaash;
पिरातोनीका बनायाह, गाशका खोल्साबाट हिद्दै,
31 Abi-albon the Arbathite; Azmaveth the Baharumite;
अर्बातीका अबी-अल्बोन, बहूरीमी अज्मावेत,
32 Eliahba the Shaalbonite; the sons of Jashem; Jonathan,
शाल्बोनी एल्याहबा, याशेनका छोराहरू, हरारीबाट
33 son of Shagee the Hararite; Ahiam, son of Sachar the Hararite;
शम्माका छोरा जोनाथन, हरारीबाट शरारका छोरा अहीआम,
34 Eliphelet, son of Ahasbai, son of the Maacathite, Eliam, son of Ahithophel, the Gilonite,
माकातीबाट आहसबैका छोरा एलीपेलेत, गीलोनीबाट अहीतोपेलका छोरा एलीआम,
35 Hezro the Carmelite, Paarai the Arbite,
कर्मेलबाट हेस्रो, अर्बीबाट पारै,
36 Igal, son of Nathan of Zobah, Bani the Gadite,
सोबाबाट नातानका छोरा यिगाल, हग्रीका छोरा,
37 Zelek the Ammonite, Naharai the Beerothite, the armor-bearer of Joab, son of Zeruiah,
अम्मोनीका सेलेक, बेरोतीका नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्ने थिए,
38 Ira the Ithrite; Gareb the Ithrite;
यित्रीबाट ईरा, यित्रीबाट गारेब
39 and Uriah the Hittite; a total of thirty-seven.
र हित्ती उरियाह।