< 1 Samuel 19 >
1 Then Saul instructed his son Jonathan and all his officials to kill David. But Jonathan really liked David,
शाऊलले आफ्ना छोरा जोनाथन र सबै सेवकहरूलाई दावीदलाई हत्या गर्नू भनी भने। तर जोनाथनले दावीदलाई औधी मन पराउँथे।
2 so he warned him, “My father Saul is trying to kill you. So be careful tomorrow morning—find a place to hide and stay hidden.
अनि तिनले दावीदलाई यसो भनेर होशियार गराए, “मेरा पिता शाऊलले तपाईंलाई मार्ने मौका खोज्दैहुनुहुन्छ। भोलि बिहान सतर्क रहनुहोस्। कहीँ लुक्न जानुहोस् र त्यहीँ बस्नुहोस्।
3 I'll go out with my father and stand in the field near to where you are hiding. I'll talk to him about you and see what I can find out, then I'll let you know.”
म बाहिर गएर तपाईं हुनुभएको खेतमा आफ्ना पितासँग उभिनेछु। म उहाँसित तपाईंको बारेमा कुरा गर्नेछु। अनि मैले थाहा पाएको कुरा तपाईंलाई बताउनेछु।”
4 Then Jonathan spoke positively about David to his father Saul, and told him, “The king should not do anything bad to his servant David because he's not done anything bad to you—he has always served you well.
जोनाथनले आफ्ना पिता शाऊलसँग दावीदको बारेमा राम्रो कुरा गरेर तिनलाई भने, “राजा, हजुरले आफ्ना सेवक दावीदलाई केही हानि नगर्नुहोस्। तिनले केही खराबी गरेका छैनन्। अनि तिनले जे गरेका छन्, त्यसबाट तपाईंलाई नै धेरै फाइदा भएको छ।
5 He took his life in his hands when he killed the Philistine, and the Lord brought about great salvation for the whole of Israel. You saw it and you were delighted, so why would you sin and spill innocent blood by killing David without having any reason?”
तिनले आफ्नो ज्यानसमेत जोखिममा पारेर त्यस पलिश्तीलाई मारे। याहवेहले सारा इस्राएलका निम्ति ठूलो विजय दिनुभयो। त्यो हजुरले पनि देख्नुभयो, र तपाईं प्रसन्न हुनुभयो। अनि तिनै दावीदलाई कुनै कारणविना मारेर तिनीजस्ता निर्दोष मानिसको हानि तपाईं किन गर्नुहुन्छ?”
6 Saul accepted what Jonathan had to say, and promised with an oath: “I swear on the life of the Lord, he won't be put to death.”
शाऊलले जोनाथनको कुरा सुने। तब यस्तो शपथ खाए, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्चय नै दावीद मारिनेछैन।”
7 Later Jonathan called David and told him all that had been said. Then he took him to Saul, and David worked for Saul as he had before.
यसकारण जोनाथनले दावीदलाई बोलाएर सम्पूर्ण कुरा भने। तब तिनले दावीदलाई शाऊलकहाँ ल्याए, र दावीद पहिलेझैँ शाऊलको उपस्थितिमा रहे।
8 War broke out once again, and David went to fight the Philistines. He attacked them so forcefully that they ran away in defeat.
एक पटक फेरि युद्ध मच्चियो। अनि दावीद पलिश्तीहरूसँग युद्ध गर्न गए। तिनले तिनीहरूमाथि ठूलो आक्रमण गरे। तिनीहरू तिनको सामुबाट भागे।
9 A while later an evil spirit from the Lord came on Saul while he was sitting in his house with his spear in his hand. As David played the lyre,
तर जब शाऊल आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसिरहेका थिए, तब त्यही बेला याहवेहबाटको एउटा हानिकारक आत्मा तिनीमाथि आयो। त्यस बेला दावीदचाहिँ वीणा बजाइरहेका थिए।
10 Saul tried to pin David to the wall with the spear. David managed to dodge the spear which embedded itself in the wall. Then David escaped and ran away into the night.
अनि शाऊलले त्यस भालाले भित्तैमा उनिने गरी तिनलाई प्रहार गर्न कोसिस गरे। तर दावीदले छले; अनि शाऊलको भाला भित्तामा गएर भासियो। त्यसै रात दावीद त्यहाँबाट सुरक्षासाथ भाग्न सफल भए।
11 Saul sent some messengers to David's house to keep watch and kill him in the morning. But Michal, David's wife, warned him, “If you don't get away tonight, tomorrow you'll be killed.”
शाऊलले भोलिपल्ट बिहान दावीदलाई मार्न भनी तिनको घरमा चियो गर्न मानिसहरू पठाए। तर तिनकी पत्नी मीकलले तिनलाई होशियार गराएर भनिन्, “यदि तपाईं आज राति नै आफ्नो प्राणको लागि भाग्नुभएन भने भोलि बिहान तपाईं मारिनुहुनेछ।”
12 Michal lowered David down from a window, and he ran off, managing to escape.
यसकारण मीकलले दावीदलाई एउटा झ्यालबाट ओरालिदिइन्। तब तिनी भागे, र उम्कन सफल भए।
13 Then she took a home idol and laid it in the bed, put a goat hair wig on its head, and covered it with bedclothes.
त्यसपछि मीकलले एउटा मूर्ति ल्याएर त्यसलाई ओछ्यानमा सुताइन्। अनि त्यसलाई लुगाले ढाकिदिइन्, र टाउकोमा चाहिँ बाख्राका केही रौँहरू राखिदिइन्।
14 When Saul sent the messengers to arrest David, Michal told them, “He's sick.”
जब शाऊलले दावीदलाई पक्रन भनी मानिसहरू पठाए, तब मीकलले भनिन्, “उहाँ त बिरामी हुनुहुन्छ।”
15 Saul sent the messengers back to see David, saying, “Bring him to me in the bed so I can kill him.”
तब शाऊलले दावीदलाई हेर्न भनी ती मानिसहरूलाई फेरि पठाएर भने, “त्यसको पलङसितै त्यसलाई मकहाँ ल्याओ, र म त्यसलाई मार्नेछु!”
16 But when the messengers went into the bedroom, there was the idol in the bed with the goat hair wig on its head.
तर जब ती मानिसहरू भित्र पसे, तब पलङमा मूर्ति थियो, र त्यसको शिरमा चाहिँ बाख्राका रौँ थिए।
17 “Why did you trick me like this—helping my enemy get away so he could escape?” Saul asked Michal. “He told me, ‘Get out of my way! I don't want to have to kill you!’” Michal replied.
तब शाऊलले मीकललाई भने, “किन तैँले मलाई यसरी छल गरिस्, र मेरो शत्रुलाई भाग्न दिइस्?” तब मीकलले भनिन्, “तिनले मलाई भने, ‘मलाई भाग्न देऊ। नत्रता म तिमीलाई मार्नेछु?’”
18 This is how David got away and escaped. He went to Samuel at Ramah and explained to him everything that Saul had done to him. Then he and Samuel went to stay in Naioth.
जब दावीद भागे, र तिनी उम्कन सफल भए, तब तिनी रामामा शमूएलकहाँ गए। अनि शाऊलले तिनलाई गरेका सबै कुराहरू शमूएललाई सुनाइदिए। तब तिनी र शमूएल नैयोतको गाउँमा गए, र त्यहीँ बस्न थाले।
19 When Saul got to hear that David was at Naioth in Ramah,
“दावीद रामा सहरको नैयोत गाउँमा छन्,” भनेर शाऊलकहाँ खबर आइपुग्यो।
20 he sent messengers to arrest him. But when they saw a group of prophets prophesying with Samuel leading out, the Spirit of God came on Saul's messengers and they started prophesying too.
यसकारण तिनले दावीदलाई पक्रन मानिसहरू पठाए। तर जब तिनीहरूले शमूएलको नेतृत्वमा एक दल अगमवक्ताहरूले अगमवाणी गरिरहेका देखे, तब परमेश्वरको आत्मा शाऊलका मानिसहरूमाथि आउनुभयो। अनि तिनीहरूले पनि अगमवाणी बोल्न थाले।
21 Saul was told what had happened, so he sent more messengers, and they started prophesying as well.
शाऊललाई यो कुरा सुनाइयो। तब तिनले अझ धेरै मानिसहरू पठाए, र तिनीहरूले पनि अगमवाणी बोल्न थाले। शाऊलले तेस्रो पटक मानिसहरू पठाए। तब तिनीहरूले पनि अगमवाणी गरे।
22 For the third time Saul sent messengers, and they also started prophesying.
आखिरमा तिनी आफैँ रामाको सहरतिर गए, र सेकूमा भएको ठूलो कुवामा आइपुगे। तिनले सोधे, “शमूएल र दावीद कहाँ छन्?” तिनीहरूले भने, “रामाको नैयोत गाउँमा छन्।”
23 In the end Saul went himself to Ramah and arrived at the large cistern at Secu. “Where are Samuel and David?” he asked. “At Naioth in Ramah,” someone told him. So Saul went on to Naioth at Ramah, but the Spirit of God even came on him, and he was prophesying as he walked along until he arrived in Naioth.
यसकारण शाऊल रामाको नैयोतमा गए। तर परमेश्वरको आत्मा तिनीमाथि पनि आउनुभयो। अनि तिनी पनि नैयोत नआइपुगेसम्म अगमवाणी बोल्दै हिँडे।
24 Then Saul also took off his clothes and he too prophesied in Samuel's presence. Then he fell down and lay there naked all that day and all that night. That's why it is said, “Is Saul one of the prophets too?”
तिनले आफ्नो पोशाक उतारे। अनि शमूएलको उपस्थितिमा पनि अगमवाणी गरे। तिनी त्यस दिनभरि र रातभरि नाङ्गै बसे। यसैकारण मानिसहरू भन्छन्, “के शाऊल पनि अगमवक्ताहरू मध्येका एक हुन् र?”