< Revelation 19 >
1 After these things I heard as it were the voice of much people in heaven, saying: Alleluia. Salvation, and glory, and power is to our God.
यी कुरापछि मैले ठुलो सङ्ख्यामा भएका मानिसहरूले चर्को सोरले स्वर्गमा यस भनिरहेको जस्तो सुनेँ, “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन् ।
2 For true and just are his judgments, who hath judged the great harlot which corrupted the earth with her fornication, and hath revenged the blood of his servants, at her hands.
उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्वीलाई त्यसको अनैतिक यौनले भ्रष्ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैँले बगाएकी थिई ।”
3 And again they said: Alleluia. And her smoke ascendeth for ever and ever. (aiōn )
तिनीहरूले दोस्रो चोटि भने, “हल्लेलूयाह! त्यसबाटै सदाकालका निम्ति धुवाँ निस्किरहन्छ ।” (aiōn )
4 And the four and twenty ancients, and the four living creatures fell down and adored God that sitteth upon the throne, saying: Amen; Alleluia.
चौबिस जना एल्डर र चार जीवित प्राणीहरू आफैँले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्वरलाई दण्डवत् गर्दै आराधना गरे । तिनीहरूले “आमेन । हल्लेलूयाह!” भनिरहेका थिए ।
5 And a voice came out from the throne, saying: Give praise to our God, all ye his servants; and you that fear him, little and great.
त्यसपछि सिंहासनबाट यसो भन्ने एउटा आवाज आयो, “तिमीहरू सबै उहाँका दासहरू हौ जसले उहाँको भय मान्दछन्, हाम्रा परमेश्वरको प्रशंसा गर ।”
6 And I heard as it were the voice of a great multitude, and as the voice of many waters, and as the voice of great thunders, saying, Alleluia: for the Lord our God the Almighty hath reigned.
अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्तिमान् परमेश्वरले राज्य गर्नुहुन्छ ।
7 Let us be glad and rejoice, and give glory to him; for the marriage of the Lamb is come, and his wife hath prepared herself.
हामी आनन्दित होऔँ र खुसी मनाऔँ, र उहाँलाई महिमा दिऔँ किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको छ, उहाँकी दुलहीले आफैँलाई तयार बनाएकी छन् ।”
8 And it is granted to her that she should clothe herself with fine linen, glittering and white. For the fine linen are the justifications of saints.
तिनलाई मलमलको वस्त्र लगाउन अनुमति दिइयो, (किनकि मलमलको वस्त्र उहाँका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन् ) ।
9 And he said to me: Write: Blessed are they that are called to the marriage supper of the Lamb. And he saith to me: These words of God are true.
स्वर्गदूतले मलाई भने, “यो लेखः ‘थुमाको विवाहको भोजमा निमन्त्रणा गरिएकाहरू धन्यका हुन् ।’ उनले मलाई यो पनि भने, ‘यी परमेश्वरका सत्य वचन हुन् ।’
10 And I fell down before his feet, to adore him. And he saith to me: See thou do it not: I am thy fellow servant, and of thy brethren, who have the testimony of Jesus. Adore God. For the testimony of Jesus is the spirit of prophecy.
उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परेँ, तर उनले मलाई “यसो नगर भन्नुभयो, किनभने म येशूको बारेमा गवाही राख्ने तिम्रा भाइहरू र एक सङ्गी दास मात्र हुँ । परमेश्वरको आराधना गर, किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्मा हुनुहुन्छ ।”
11 And I saw heaven opened, and behold a white horse; and he that sat upon him was called faithful and true, and with justice doth he judge and fight.
तब मैले स्वर्ग खोलिएको देखेँ, र मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई सत्य र विश्वासयोग्य भनिन्थ्यो । उहाँले न्यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ ।
12 And his eyes were as a flame of fire, and on his head were many diadems, and he had a name written, which no man knoweth but himself.
उहाँका आँखा आगोको ज्वालाजस्ता र उहाँका शिरमा धेरै मुकुट थिए । उहाँमाथि लेखिएको नाउँ उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन ।
13 And he was clothed with a garment sprinkled with blood; and his name is called, THE WORD OF GOD.
उहाँले रगतमा चोबलिएको वस्त्र पहिरिनुभएको थियो, र उहाँको नाउँलाई परमेश्वरको वचन भनेर बोलाइन्थ्यो ।”
14 And the armies that are in heaven followed him on white horses, clothed in fine linen, white and clean.
मलमलका सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेतो घोडामा उहाँलाई पछ्याइरहे ।
15 And out of his mouth proceedeth a sharp two edged sword; that with it he may strike the nations. And he shall rule them with a rod of iron; and he treadeth the winepress of the fierceness of the wrath of God the Almighty.
जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । सर्वशक्तिमान् परमेश्वरको क्रोधले दाखको कोललाई कुल्चन्छ ।
16 And he hath on his garment, and on his thigh written: KING OF KINGS, AND LORD OF LORDS.
उहाँको पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी एउटा नाउँ लेखिएको छ ।
17 And I saw an angel standing in the sun, and he cried with a loud voice, saying to all the birds that did fly through the midst of heaven: Come, gather yourselves together to the great supper of God:
मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्वरको ठुलो भोजका निम्ति भेला होओ ।
18 That you may eat the flesh of kings, and the flesh of tribunes, and the flesh of mighty men, and the flesh of horses, and of them that sit on them, and the flesh of all freemen and bondmen, and of little and of great.
तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्तिशाली सबैका मासु खानेछौ ।”
19 And I saw the beast, and the kings of the earth, and their armies gathered together to make war with him that sat upon the horse, and with his army.
मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए ।
20 And the beast was taken, and with him the false prophet, who wrought signs before him, wherewith he seduced them who received the character of the beast, and who adored his image. These two were cast alive into the pool of fire, burning with brimstone. (Limnē Pyr )
उहाँको उपस्थितिमा आश्चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्तासँगै त्यो पशु पक्राउ पर्यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्नि-कुण्डमा जिउँदै फालियो । (Limnē Pyr )
21 And the rest were slain by the sword of him that sitteth upon the horse, which proceedeth out of his mouth; and all the birds were filled with their flesh.
तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।