< Psalms 59 >
1 Unto the end, destroy not, for David for an inscription of It title, when Saul sent and watched his house to kill him. Deliver me from my enemies, O my God; and defend me from them that rise up against me.
हे मेरा परमेश्वर, मलाई मेरा शत्रुहरूबाट बचाउनुहोस् । मेरो विरुद्धमा उठ्नेहरूदेखि मलाई उच्चमा राख्नुहोस् ।
2 Deliver me from them that work iniquity, and save me from bloody men.
अधर्म गर्नेहरूबाट मलाई सुरक्षित राख्नुहोस् र रक्तपिपासु मानिसहरूबाट मलाई बचाउनुहोस् ।
3 For behold they have caught my soul: the mighty have rushed in upon me:
हेर्नुहोस्, तिनीहरूले मेरो ज्यान लिन ढुकेर बस्छन् । शक्तिशाली मानिसहरू मेरो विरुद्ध एकसाथ भेला हुन्छन्, तर हे परमप्रभु, मेरो पाप वा अपराधको कारणले होइन ।
4 Neither is it my iniquity, nor my sin, O Lord: without iniquity have I run, and directed my steps.
म दोषरहित भए तापनि तिनीहरू मतिर झम्टन तयार छन् । जाग्नुहोस् र मलाई सहायता गर्नुहोस् र हेर्नुहोस् ।
5 Rise up thou to meet me, and behold: even thou, O Lord, the God of hosts, the God of Israel. Attend to visit all the nations: have no mercy on all them that work iniquity.
हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर, तपाई जाग्नुहोस् र जातिहरूलाई दण्ड दिनुहहोस् । कुनै पनि दुष्ट अपराधीहरूप्रति दयालु नहुनुहोस् । सेला
6 They shall return at evening, and shall suffer hunger like dogs: and shall go round about the city.
तिनीहरू साँझमा फर्कन्छन्, तिनीहरू कुकुरहरूझैं कराउँछन् र सहरका वरिपरि जान्छन् ।
7 Behold they shall speak with their mouth, and a sword is in their lips: for who, say they, hath heard us?
हेर्नुहोस्, तिनीहरूका मुखले नराम्रा कुरा बोल्छन् । तिनीहरूका ओठहरूमा तरवारहरू छन्, किनकि तिनीहरू भन्छन्, “हाम्रा कुरा कसले सुन्छ?”
8 But thou, O Lord, shalt laugh at them: thou shalt bring all the nations to nothing.
तर हे परमप्रभु, तपाईं तिनीहरूमाथि हाँस्नुहुन्छ । तपाईंले सबै जातिहरूलाई उपहास गर्नुहुन्छ ।
9 I will keep my strength to thee: for thou art my protector:
हे परमेश्वर, मेरो बल, म तपाईंमा नै ध्यान दिनेछु । तपाईं मेरो अग्लो धरहरा हुनुहुन्छ ।
10 My God, his mercy shall prevent me.
मेरो परमेश्वरले मलाई उहाँको करारको विश्वस्ततासहित भेट्नुहुनेछ । परमेश्वरले मेरा शत्रुहरूमाथि मेरो इच्छा देख्न मलाई दिनुहुनेछ ।
11 God shall let me see over my enemies: slay them not, lest at any time my people forget. Scatter them by thy power; and bring them down, O Lord, my protector:
तिनीहरूलाई नमार्नुहोस्, नत्र मेरा मानिसहरूले बिर्सनेछन् । हे परमप्रभु, हाम्रो ढाल, तिनीहरूलाई तपाईंको शक्तिले तितरबितर पार्नुहोस् र तिनीहरूलाई ढाल्नुहोस् ।
12 For the sin of their mouth, and the word of their lips: and let them be taken in their pride. And for their cursing and lying they shall be talked of,
तिनीहरूका मुखका पापहरू र तिनीहरूका ओठहरूका शब्दहरूका निम्ति, तिनीहरूलाई आफ्नै घमण्डमा कब्जा गरियोस् र तिनीहरूलले व्यक्त गरेका सराप र झूटको निम्ति ।
13 When they are consumed: when they are consumed by thy wrath, and they shall be no more. And they shall know that God will rule Jacob, and all the ends of the earth.
तिनीहरूलाई क्रोधमा भस्म पार्नुहोस्, तिनीहरूलाई भस्म पार्नुहोस् ताकि तिनीहरू कदापि नरहून् । परमेश्वरले याकूबामाथि र पृथ्वीको अन्तिम छेउसम्म राज्य गर्नुहुन्छ भनी तिनीहरूले जानून् । सेला
14 They shall return at evening and shall suffer hunger like dogs: and shall go round about the city.
तिनीहरू कुकुरझैं कराउँदै सहरभरि गएर साँझमा फर्कन्छन् ।
15 They shall be scattered abroad to eat, and shall murmur if they be not filled.
तिनीहरू खाने कुरा खोज्दै घुम्छन् र तिनीहरू तृप्त भएनन् भने तिनीहरू कुकुरजस्तै कराउँछन् ।
16 But I will sing thy strength: and will extol thy mercy in the morning. For thou art become my support, and my refuge, in the day of my trouble.
तर म तपाईंको सामर्थ्यको स्तुति गाउनेछु र बिहान म तपाईंको अटल प्रेमको स्तुति गाउनेछु । किनकि मेरो संकष्टको समय तपाईं मेरो उच्च धरहरा र शरणस्थान हुनुभएको छ ।
17 Unto thee, O my helper, will I sing, for thou art God my defence: my God my mercy.
हे मेरो सामर्थ्य, म तपाईंको स्तुति गाउनेछु । किनकि परमेश्वरचाहिं मेरो उच्च धरहरा, करारको विश्वस्तताको परमेश्वर हुनुहुन्छ ।