< 2 Timothy 2 >
1 Thou therefore, my son, be strong in the grace which is in Christ Jesus:
त्यसैकारण, मेरा बालक, येशू ख्रीष्टमा भएको अनुग्रहमा बलियो होऊ ।
2 And the things which thou hast heard of me by many witnesses, the same commend to faithful men, who shall be fit to teach others also.
र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।
3 Labour as a good soldier of Christ Jesus.
येशू ख्रीष्टको असल सिपाहीझैँ मसँग कष्ट भोग ।
4 No man, being a soldier to God, entangleth himself with secular businesses; that he may please him to whom he hath engaged himself.
सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् ।
5 For he also that striveth for the mastery, is not crowned, except he strive lawfully.
कोही खेलमा भाग लिन्छ भने, उसले नियमअनुसार नखेली मुकुट जित्न सक्दैन ।
6 The husbandman, that laboureth, must first partake of the fruits.
परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्त गर्नुपर्छ ।
7 Understand what I say: for the Lord will give thee in all things understanding.
मैले भनेका कुरामा विचार गर, किनकि परमेश्वरले तिमीलाई सबै कुरामा समझशक्ति दिनुहुनेछ ।
8 Be mindful that the Lord Jesus Christ is risen again from the dead, of the seed of David, according to my gospel.
मैले सुसमाचारको सन्देशमा भनेअनुसार दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्टको सम्झना गर ।
9 Wherein I labour even unto bands, as an evildoer; but the word of God is not bound.
जुन कुराको लागि मैले अपराधीझैँ बन्धनमा पर्ने अवस्थासम्म कष्ट भोगेँ । तर परमेश्वरको वचन बन्धनमा परेको छैन ।
10 Therefore I endure all things for the sake of the elect, that they also may obtain the salvation, which is in Christ Jesus, with heavenly glory. (aiōnios )
त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्टमा भएको मुक्ति प्राप्त गरून् । (aiōnios )
11 A faithful saying: for if we be dead with him, we shall live also with him.
यो भनाइ भरोसायोग्य छः “हामी उहाँसँगै मर्यौँ भने, हामी उहाँसँगै जीवित पनि हुनेछौँ ।
12 If we suffer, we shall also reign with him. If we deny him, he will also deny us.
हामीले सह्यौँ भने, हामीले उहाँसँगै राज्य गर्नेछौँ । हामीले उहाँलाई इन्कार गर्यौँ भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ ।
13 If we believe not, he continueth faithful, he can not deny himself.
हामी उहाँमा विश्वासयोग्य भएनौँ भने, उहाँ विश्वासयोग्य हुनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्न ।
14 Of these things put them in mind, charging them before the Lord. Contend not in words, for it is to no profit, but to the subverting of the hearers.
तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्वरको अगाडि चेतावनी देओ, किनभने तिनीहरूले केही फाइदा गर्दैनन् र यी कुराहरू सुन्नेहरूलाई नोक्सान मात्र पुग्छ ।
15 Carefully study to present thyself approved unto God, a workman that needeth not to be ashamed, rightly handling the word of truth.
सत्यको वचनलाई होसियारीसाथ प्रयोग गर्ने शर्माउन नपर्ने कामदारजस्तै परमेश्वरको उपस्थितिमा स्वीकारयोग्य हुन भरमग्दुर प्रयत्न गर ।
16 But shun profane and vain babblings: for they grow much towards ungodliness.
भक्तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्तिहीनतातर्फ डोर्याउँछ ।
17 And their speech spreadeth like a canker: of whom are Hymeneus and Philetus:
तिनीहरूको वचन निको नहुने सइनको घाउजस्तै फैलिनेछ । तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन् ।
18 Who have erred from the truth, saying, that the resurrection is past already, and have subverted the faith of some.
ती मानिसहरू सत्यताबाट टाढा हराइरहेका छन् र तिनीहरूले येशूको पुनरुत्थान पहिले नै भइसकेको छ भनेर भन्दछन्, र तिनीहरूमध्ये कतिको विश्वासलाई खल्बल्याइरहेका छन् ।
19 But the sure foundation of God standeth firm, having this seal: the Lord knoweth who are his; and let every one depart from iniquity who nameth the name of the Lord.
तथापि यस छाप सहितको परमेश्वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” ।
20 But in a great house there are not only vessels of gold and silver, but also of wood and earth: and some indeed unto honour, but some unto dishonour.
सम्पन्न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुदैनन्, तर त्यहाँ माटा र काठका भाँडा पनि हुन्छन्, र कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्छन् ।
21 If any man therefore shall cleanse himself from these, he shall be a vessel unto honour, sanctified and profitable to the Lord, prepared unto every good work.
कसैले अनादरयोग्य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।
22 But flee thou youthful desires, and pursue justice, faith, charity, and peace, with them that call on the Lord out of a pure heart.
जवानीको अभिलाषाबाट अलग बस, र शुद्ध हृदयले परमेश्वरलाई पुकार्नेहरूसँगै धार्मिकता, विश्वास, प्रेम, शान्तिको खोजी गर ।
23 And avoid foolish and unlearned questions, knowing that they beget strifes.
तर मूर्ख र अज्ञानी प्रश्नहरूले वादविवाद ल्याउँछन् भन्ने जानेर तिनबाट अलग बस ।
24 But the servant of the Lord must not wrangle: but be mild towards all men, apt to teach, patient,
परमेश्वरका सेवकहरूले झगडा गर्नुहुँदैन, तर तिनीहरू सबैका लागि दयालु, सिकाउन सक्ने र धैर्यवान् हुनुपर्दछ ।
25 With modesty admonishing them that resist the truth: if peradventure God may give them repentance to know the truth,
उहाँका विरोधीहरूलाई विनम्रतामा सुधार्ने हुनुपर्छ । सायद परमेश्वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्चात्ताप दिनुहुनेछ ।
26 And they may recover themselves from the snares of the devil, by whom they are held captive at his will.
अनि दुष्टले आफ्नो इच्छा पुरा गर्नको लागि पारेको पासोबाट उम्किएर तिनीहरूको चेतना फर्किनेछ ।