< 1 Chronicles 19 >
1 Now it came to pass that Naas the king of the children of Ammon died, and his son reigned is his stead.
त्यसको केही समयपछि अम्मोनीहरूका राजा नाहाशको मृत्यु भयो, र तिनको सट्टामा तिनका छोरा राजा भए ।
2 And David said: I will shew kindness to Hanon the son of Naas: for his father did a favour to me. And David sent messengers to comfort him upon the death of his father. But when they were come into the land of the children of Ammon, to comfort Hanon,
दाऊदले भने, “म नाहाशका छोरा हानूनलाई दया देखाउनेछु, किनकि तिनका पिताले मलाई दया देखाए ।” यसैले तिनका पिताको बारेमा सहानुभूति प्रकट गर्न दाऊदले दूतहरू पठाए । दाऊदका दूतहरू हानूनलाई सहानुभूति प्रकट गर्न अम्मोनीहरूको देशमा पसे ।
3 The princes of the children of Ammon said to Hanon: Thou thinkest perhaps that David to do honour to thy father hath sent comforters to thee: and thou dost not take notice, that his servants are come to thee to consider, and search, and spy out thy land.
तर अम्मोनी राजकुमारहरूले हानूनलाई भने, “दाऊदले तपाईंलाई सहानुभूति प्रकट गर्न मानिसहरू पठाउँदा तिनले तपाईंका पितालाई आदर गरेका हुन् भनी के तपाईं सम्झनुहुन्छ? तपाईंको देशलाई पराजित गर्नको निम्ति जाँच गर्नलाई तिनका सेवकहरू आएका होइनन् र?”
4 Wherefore Hanon shaved the heads and beards of the servants of David, and cut away their garments from the buttocks to the feet, and sent them away.
यसकारण हानूनले दाऊदका सेवकहरूलाई समाते, तिनीहरूका कपाल खौरिदिए, र काँधदेखि कम्मरसम्म तिनीहरूका आधा लुगा काटेर तिनीहरूलाई पठाइदिए ।
5 And when they were gone, they sent word to David, who sent to meet them (for they had suffered a great affront) and ordered them to stay at Jericho till their beards grew and then to return.
जब तिनीहरूले यो कुरा दाऊदलाई वर्णन गरिदिए, तिनले तिनीहरूसित भेट गर्न पठाए, किनकि तिनीहरूको साह्रै लाजमा पारिएका थिए । राजाले भने, “तिमीहरूका दाह्री फेरि नबढुञ्जेल यरीहोमा नै बस र त्यसपछि फर्क ।”
6 And when the children of Ammon saw that they had done an injury to David, Hanon and the rest of the people sent a thousand talents of silver, to hire them chariots and horsemen out of Mesopotamia, and out of Syria Maacha, and out of Soba.
जब अम्मोनीहरूले आफूहरूला दाऊदको दृष्टिमा दुर्घन्दित भएको देखे, तब हानून र अम्मोनीहरूले अराम-नाहारैम, अराम-माका र सोबाबाट रथहरू र सारथिहरू ज्यालामा ल्याउन एक हजार तोडा चाँदी पठाए ।
7 And they hired two and thirty thousand chariots, and the king of Maacha, with his people. And they came and camped over against Medaba. And the children of Ammon gathered themselves together out of their cities, and came to battle.
उनीहरूले बत्तीस हजार रथ र सारथिहरू, अनि माकाका राजा र उनका मानिसहरूलाई ज्यालामा लिए, र उनीहरू आएर मेदबाको सामुन्ने छाउनी बनाए । त्यसपछि अम्मोनीहरूचाहिं आ-आफ्ना सहरहरूबाट भेला भएर लडाइँ गर्न आए ।
8 And when David heard of it, he sent Joab, and all the army of valiant men:
जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए ।
9 And the children of Ammon came out and put their army in array before the gate of the city: and the kings, that were come to their aid, stood apart in the field.
अम्मोनका मानिसहरू आए र सहरको मूल ढोकामा लडाइँको निम्ति पङ्क्तिवद्ध भए । सहायताका निम्ति आएका राजाहरू भने खुला मैदानमा थिए ।
10 Wherefore Joab understanding that the battle was set against him before and behind, chose out the bravest men of all Israel, and marched against the Syrians,
जब योआबले आफूलाई अगि र पछि दुवैतिर लडाइँले घेरेको थाहा पाए, तब तिनले केही असल इस्राएली फौजलाई लिए र अरामीहरूको विरुद्ध तयार पारे ।
11 And the rest of the people he delivered into the hand of Abisai his brother, and they went against the children of Ammon.
तिनका अरू बाँकी फौजलाई तिनले आफ्ना भाइ अबीशैको कमाण्डमा दिए, र उनीहरूलाई तिनले अम्मोनीहरूको विरुद्ध यद्धमा खडा गरे ।
12 And he said: If the Syrians be too strong for me, then thou shalt help me: but if the children of Ammon be too strong for thee, I will help thee.
योआबले भने, “अरामीहरू मेरो निम्ति साह्रै शक्तिशाली भए भने अबीशै तिमीले मेरो उद्धार गर्नुपर्छ । अम्मोनीहरू तिम्रो निम्ति साह्रै शक्तिशाली भए भने म आएर तिम्रो उद्धार गर्नेछु ।
13 Be of good courage and let us behave ourselves manfully for our people, and for the cities of our God: and the Lord will do that which is good in his sight.
साहसिलो होऊ! हामी आफ्ना मानिस र हाम्रा परमेश्वरका सहरहरूका निम्ति साहसिलो होऔं, किनकि परमप्रभुको दृष्टिमा जे असल छ उहाँले त्यही गर्नुहुनेछ ।”
14 So Joab and the people that were with him, went against the Syrians to the battle: and he put them to flight.
यसैले योआब र तिनका सेनाका फौज अरामीहरूका विरुद्ध अगाडि बढे । तिनीहरू इस्राएलको सेनाको सामुबाट भाग्न बाध्य पारिए ।
15 And the children of Ammon seeing that the Syrians were fled, they likewise fled from Abisai his brother, and went into the city: and Joab also returned to Jerusalem.
जब अम्मोनका सेनाले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागे र सहरभित्र फर्के । यसकारण योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा फिर्ता गए ।
16 But the Syrians seeing that they had fallen before Israel, sent messengers, and brought to them the Syrians that were beyond the river: and Sophach, general of the army of Adarezer, was their leader.
जब अरामीहरूले आफू इस्राएलद्वारा परास्त भएका देखे, तब तिनीहरूले यूफ्रेटिस नदीको पारिबाट हददेजेरका कमाण्डर शोपकको कमाण्डमा भएका अरू अरामी सेनालाई बोलाए ।
17 And it was told David, and he gathered together all Israel, and passed the Jordan, and came upon them, and put his army in array against them, and they fought with him.
जब दाऊदलाई यसको बारेमा बताइयो, तिनले जम्मै इस्राएललाई जम्मा गरे, यर्दन नदी पार गरे र उनीहरूकहाँ गए । तिनले आरामीहरूको विरुद्ध लडाइँ गर्न सेनाको तयारी गरे र तिनीहरूले तिनीसँग युद्ध गरे ।
18 But the Syrian fled before Israel: and David slew of the Syrians seven thousand chariots, and forty thousand footmen, and Sophach the general of the army.
आरामीहरू इस्राएलदेखि भागे, र दाऊदले अरामीहरूका सात हजार सारथिहरू र चालीस हजार पैदल सिपाहीहरू मारे । तिनले सेनाका कमाण्डर शोपकलाई पनि मारे ।
19 And when the servants of Adarezer saw themselves overcome by Israel, they went over to David, and served him: and Syria would not help the children of Ammon any more.
हददेजेरका अधीनमा भएका राजाहरूले जब आफू इस्राएलद्वारा परास्त भएका देखे, तब तिनीहरूले दाऊदसँग सन्धि गरे र तिनको सेवा गरे । यसैले अरामका मानिसहरूले फेरि कहिल्यै अम्मोनीहरूलाई सहायता दिनलाई राजी भएनन् ।