< Zechariah 1 >

1 In the eighth month, in the second year of Darius, came the word of Jehovah unto Zechariah the prophet, the son of Berechiah, the son of Iddo, saying,
दारा राजाको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा, अगमवक्ता जकरियाकहाँ आयो:
2 Jehovah hath been very wroth with your fathers.
“याहवेह तेरा पितापुर्खाहरूसँग अति क्रोधित हुनुभएको थियो।
3 And thou shalt say unto them, Thus saith Jehovah of hosts: Return unto me, saith Jehovah of hosts, and I will return unto you, saith Jehovah of hosts.
त्यसैकारण मानिसहरूलाई भन्: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘मकहाँ फर्क,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म तिमीहरूकहाँ फर्कनेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
4 Be ye not as your fathers, unto whom the former prophets cried, saying, Thus saith Jehovah of hosts: Turn ye now from your evil ways, and from your evil doings; but they did not hearken nor attend unto me, saith Jehovah.
तिमीहरूका पितापुर्खाहरू जस्ता नहोओ, जसलाई पहिलेका अगमवक्ताहरूले यसरी घोषणा गरेका थिए: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘तिमीहरूका दुष्‍ट चालहरूबाट र तिमीहरूका दुष्‍ट कामहरूबाट फर्क।’ तर तिनीहरूले मेरो कुरा सुनेनन् अथवा मेरा कुरामा ध्यानै दिएनन्, याहवेह घोषणा गर्नुहुन्छ।
5 Your fathers, where are they? and the prophets, do they live for ever?
तिमीहरूका पितापुर्खाहरू अहिले कहाँ छन्? अनि ती अगमवक्ताहरू, के तिनीहरू सदा जीवित छन्?
6 But my words and my statutes, which I commanded my servants the prophets, did they not overtake your fathers? And they turned and said, Like as Jehovah of hosts thought to do unto us, according to our ways and according to our doings, so hath he dealt with us.
तर हेर मैले आफ्ना सेवक, अगमवक्ताहरूलाई आज्ञा दिएका मेरा वचनहरू र आदेशहरू के तिमीहरूका पितापुर्खाहरू माथि आइलागेनन् र? “त्यसपछि तिनीहरूले पश्‍चात्ताप गरे र भने, ‘आफूले निश्‍चय गर्नुभएझैँ, सेनाहरूका याहवेहले हाम्रा चालहरू र कामहरूअनुसार हामीलाई सुहाउने व्यवहार गर्नुभएको छ।’”
7 Upon the four and twentieth day of the eleventh month, which is the month Shebat, in the second year of Darius, came the word of Jehovah unto Zechariah the prophet, the son of Berechiah, the son of Iddo, saying,
दारा राजाको शासनकालको दोस्रो वर्षको एघारौँ महिना, अर्थात् शबात महिनाको चौबीसौँ दिनमा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा अगमवक्ता जकरियाकहाँ आयो।
8 I saw by night, and behold, a man riding upon a red horse, and he stood among the myrtle-trees that were in the low valley; and behind him were red, bay, and white horses.
रातको समयमा मैले दर्शन देखेँ, र त्यहाँ मेरो सामु रातो घोडामाथि सवार भएका एक जना मानिस थिए। तिनी खोल्साका मेहदीका रूखहरूका बीचमा उभिरहेका थिए। तिनको पछिल्तिर राता, खैरा र सेता घोडाहरू थिए।
9 And I said, My lord, what are these? And the angel that talked with me said unto me, I will shew thee what these are.
मैले सोधेँ, “मेरो प्रभु, यी के हुन्?” मसँग कुरा गरिरहने स्वर्गदूतले जवाफ दिए, “म तिमीलाई देखाउनेछु कि तिनीहरू के हुन्।”
10 And the man that stood among the myrtle-trees answered and said, These are they whom Jehovah hath sent to walk to and fro through the earth.
तब मेहदीका रूखहरूका बीचमा उभिरहेका मानिसले जवाफ दिए, “यिनीहरू तिनै हुन्, जसलाई याहवेहले पृथ्वीका चारैतिर जाऊन् भनी पठाउनुभएको हो।”
11 And they answered the angel of Jehovah that stood among the myrtle-trees, and said, We have walked to and fro through the earth, and behold, all the earth sitteth still and is at rest.
अनि तिनीहरूले मेहदीका रूखहरूका बीचमा उभिरहेका याहवेहका स्वर्गदूतलाई बताए, “हामी पृथ्वीभरि गयौँ, र सारा संसार विश्राम र शान्तिमा रहेको भेट्टायौँ।”
12 And the angel of Jehovah answered and said, Jehovah of hosts, how long wilt thou not have mercy on Jerusalem and on the cities of Judah, against which thou hast had indignation these seventy years?
त्यसपछि याहवेहका स्वर्गदूतले भने, “हे सेनाहरूका याहवेह, तपाईंले कहिलेसम्म यरूशलेम र यहूदाका सहरहरूबाट आफ्नो कृपा रोकिराख्नुहुन्छ, जससित तपाईं यी सत्तरी वर्षदेखि रिसाउनुभएको छ?”
13 And Jehovah answered the angel that talked with me good words, comforting words.
यसकारण मसँग कुरा गर्ने ती स्वर्गदूतसित याहवेहले दयालु र सान्त्वनाका वचनहरू बोल्नुभयो।
14 And the angel that talked with me said unto me, Cry, saying, Thus saith Jehovah of hosts: I am jealous for Jerusalem and for Zion with a great jealousy,
तब मसँग कुरा गरिरहने स्वर्गदूतले भने, “यो वचन घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘म यरूशलेम र सियोनको निम्ति अति डाही भएको छु,
15 and I am wroth exceedingly with the nations that are at ease; for I was but a little wroth, and they helped forward the affliction.
तर ती राष्ट्रहरू, जसले सुरक्षित छौँ भनेर सोचिरहेका छन्, तिनीहरूप्रति म अति क्रोधित छु। म मेरा मानिसहरूसँग धेरै रिसाएको थिइनँ, तर अरू राष्ट्रहरूले तिनीहरूको सङ्कष्‍टलाई झन् बढाइदिए।’
16 Therefore thus saith Jehovah: I am returned to Jerusalem with mercies: my house shall be built in it, saith Jehovah of hosts, and the line shall be stretched forth upon Jerusalem.
“यसकारण याहवेह यसो भन्‍नुहुन्छ: ‘म कृपालु भएर यरूशलेममा फर्कनेछु, र त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। अनि नाप्‍ने डोरीले यरूशलेमलाई नापिनेछ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
17 Cry further, saying, Thus saith Jehovah of hosts: My cities shall yet overflow with prosperity, and Jehovah shall yet comfort Zion, and shall yet choose Jerusalem.
“यसो भन्दै अझै घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘मेरा सहरहरू फेरि समृद्धिले भरिनेछन्, र याहवेहले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र यरूशलेमलाई चुन्‍नुहुनेछ।’”
18 And I lifted up mine eyes, and saw, and behold four horns.
त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो सामु चार वटा सिङहरू थिए!
19 And I said unto the angel that talked with me, What are these? And he said to me, These are the horns which have scattered Judah, Israel, and Jerusalem.
मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, “यी के हुन्?” “तिनले मलाई जवाफ दिए, यी सिङहरू हुन्, जसले यहूदा, इस्राएल र यरूशलेमलाई तितरबितर पारिदिएका थिए।”
20 And Jehovah shewed me four craftsmen.
तब याहवेहले मलाई चार जना कारिगरहरू देखाउनुभयो।
21 And I said, What come these to do? And he spoke, saying, Those are the horns which scattered Judah, so that no man lifted up his head; but these are come to affright them, to cast out the horns of the nations, which lifted up the horn against the land of Judah to scatter it.
मैले सोधेँ, “यिनीहरू के गर्न आउँदैछन्?” उहाँले मलाई जवाफ दिनुभयो, “यहूदालाई तितरबितर पारिदिने यी सिङहरू नै हुन्, जसले गर्दा कसैले पनि आफ्नो शिर उठाउन सकेन, तर यहूदाका मानिसहरूलाई तितरबितर पार्ने यहूदाको देशको विरुद्धमा आफ्ना सिङहरू उठाउने राष्ट्रहरूलाई त्रसित तुल्याउन र फ्याँकिदिनलाई यी कारिगरहरू आएका हुन्।”

< Zechariah 1 >