< Psalms 120 >
1 A Song of degrees. In my trouble I called unto Jehovah, and he answered me.
मेरो संकष्टमा मैले परमप्रभुमा पुकारा गरें र उहाँले मलाई जवाफ दिनुभयो ।
2 Jehovah, deliver my soul from the lying lip, from the deceitful tongue.
हे परमप्रभु, आफ्ना ओठहरूले झुटा बोल्नेहरू र आफ्ना जिब्राहरूले छल गर्नेहरूबाट मेरो जीवनलाई बचाउनुहोस् ।
3 What shall be given unto thee, what shall be added unto thee, thou deceitful tongue?
ए झुटा बोल्ने जिब्रो, उहाँले तँलाई कस्तो दण्ड दिनुहुनेछ र तँलाई अझ धेरै के गर्नुहुनेछ?
4 Sharp arrows of a mighty one, with burning coals of broom-wood.
झाडीको भुङ्ग्रोमा तताएर धारिलो बनाइएको योद्धाका काँडहरूले उहाँले तँलाई दण्ड दिनुहुनेछ ।
5 Woe is me, that I sojourn in Meshech, that I dwell among the tents of Kedar!
मलाई धिक्कार होस्, किनभने म मेशेकमा अस्थायी रूपमा मात्र बस्छु । पहिले केदारका पालहरूका माझमा म बस्थें ।
6 My soul hath long dwelt with them that hate peace.
किनकि शान्तिलाई घृणा गर्नेहरूसँग म धेरै लामो समय बसेको छु ।
7 I [am for] peace; but when I speak, they [are] for war.
म शान्तिको पक्षमा छु, तर जब म बोल्छु, तिनीहरू युद्धको निम्ति हुन्छन् ।