< Nehemiah 11 >
1 And the princes of the people dwelt in Jerusalem; and the rest of the people cast lots, to bring one of ten to dwell in Jerusalem, the holy city, and nine parts in the cities.
मानिसहरूका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दस जनामध्ये एक जना पवित्र सहर यरूशलेममा बस्नलाई चिट्ठा हाले, अनि अरू नौ जना तिनीहरूका आ-आफ्नै सहरमा बसे ।
2 And the people blessed all the men that willingly offered themselves to dwell in Jerusalem.
तब राजीखुसीले यरूशलेममा बस्ने दिने सबैलाई मानिसहरूले आशीर्वाद दिए ।
3 And these are the chiefs of the province that dwelt in Jerusalem; but in the cities of Judah dwelt every one in his possession in their cities, Israel, the priests, and the Levites, and the Nethinim, and the children of Solomon's servants.
यरूशलेममा बस्ने प्रादेशिक अधिकारीहरू यी नै हुन् । तथापि केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा आ-आफ्नै जग्गाजमिनमा बसोबास गरे ।
4 And in Jerusalem dwelt some of the children of Judah and of the children of Benjamin. Of the children of Judah: Athaiah the son of Uzziah, the son of Zechariah, the son of Amariah, the son of Shephatiah, the son of Mahalaleel, of the children of Pherez;
यहूदा कुलका केही सन्तानहरू र बेन्यामीन कुलका केही मानिसहरूचाहिँ यरूशलेममा नै बसे । यहूदाका मानिसहरू यी नै हुन्: फारेसको परिवारका अतायाह, जो उज्जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्याहका छोरा, जो महलालेलका छोरा थिए ।
5 and Maaseiah the son of Baruch, the son of Col-hozeh, the son of Hazaiah, the son of Adaiah, the son of Joiarib, the son of Zechariah, the son of Shiloni.
शेलहको परिवारका मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो योयारीबका छोरा, जो जकरियाका छोरा थिए ।
6 All the children of Pherez that dwelt in Jerusalem were four hundred and sixty-eight valiant men.
यरूशलेममा बसोबास गर्ने फारेसको परिवारका सबै सन्तान जम्मा ४६८ जना थिए । तिनीहरू कहलिएका मानिसहरू थिए ।
7 And these are the children of Benjamin: Sallu the son of Meshullam, the son of Joed, the son of Pedaiah, the son of Kolaiah, the son of Maaseiah, the son of Ithiel, the son of Isaiah;
बेन्यामीनका सन्तानहरू यी नै हुन्: सल्लू, जो मशुल्लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इथीएलका छोरा, जो यशयाहका छोरा थिए,
8 and after him, Gabbai, Sallai, nine hundred and twenty-eight:
र तिनका पछि लाग्नेहरू गब्बै र सल्लै– सबै जम्मा ९२८ जना थिए ।
9 and Joel the son of Zicri was their overseer, and Judah the son of Senuah was second over the city.
जिक्रीका छोरा योएलचाहिँ तिनीहरूका प्रमुख अधिकृत थिए, र हस्सेनूअका छोरा यहूदा दोस्रो जिल्लाको हेर-विचार गर्ने अधिकृत थिए ।
10 Of the priests: Jedaiah [the son of] Joiarib, Jachin,
पूजाहारीहरूबाट: यदायाह, योयारीबका छोरा, याकीन,
11 Seraiah the son of Hilkijah, the son of Meshullam, the son of Zadok, the son of Meraioth, the son of Ahitub, the ruler of the house of God.
सरायाह, जो हिल्कियाहका छोरा, जो मशुल्लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो परमेश्वरका मन्दिरको देखरेख गर्ने मुख्य अधिकृत अहीतूबका छोरा थिए,
12 And their brethren that did the work of the house, eight hundred and twenty-two; and Adaiah the son of Jeroham, the son of Pelaliah, the son of Amzi, the son of Zechariah, the son of Pashhur, the son of Malchijah;
र मन्दिरको निम्ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्मा ८२२ जना मानिस थिए । अदायाह, जो यरोहामका छोरा, जो पेलाल्याहका छोरा, जो अम्सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए ।
13 and his brethren, chief fathers, two hundred and forty-two; and Amassai the son of Azareel, the son of Ahzai, the son of Meshillemoth, the son of Immer;
तिनका दाजुभाइहरू जो परिवारका मुखियाहरू थिए– सबै जम्मा २४२ जना थिए । अमाश्शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्लेमोतका छोरा, जो इम्मेरका छोरा थिए,
14 and their brethren, mighty men of valour, a hundred and twenty-eight: and their overseer was Zabdiel the son of Gedolim.
र तिनका दाजुभाइहरू जो योग्य मानिसहरू थिए– सबै जम्मा १२८ जना साहसिला लडाकाहरू थिए । तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्गदोलीमका छोरा जब्दीएल थिए ।
15 And of the Levites: Shemaiah the son of Hasshub, the son of Azrikam, the son of Hashabiah, the son of Bunni;
लेवीहरूबाट: शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो बुन्नीका छोरा थिए ।
16 and Shabbethai and Jozabad, of the chiefs of the Levites, [who were] over the outward work of the house of God;
लेवीहरूका दुई जना अगुवाहरू सब्बतै र योजाबाद थिए, जो परमप्रभुको मन्दिरको बाहिरका कामका जिम्मावाल थिए ।
17 and Mattaniah the son of Mica, the son of Zabdi, the son of Asaph, [who was] the principal to begin the thanksgiving in prayer; and Bakbukiah, the second among his brethren; and Abda the son of Shammua, the son of Galal, the son of Jeduthun:
मत्तन्याह, जो मीयकाका छोरा, जो जब्दीका छोरा, जो आसापका छोरा थिए । तिनी स्तुति-प्रशंसा र प्रार्थनाको सेवाका निर्देशक थिए । तिनका दाजुभाइहरूमध्ये दोस्रो स्थान लिने बक्बुक्याह थिए । अब्दा, जो शम्मूअका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए ।
18 all the Levites in the holy city were two hundred and eighty-four.
पवित्र सहरमा लेवीहरूको सङ्ख्या जम्मा २८४ थियो ।
19 And the doorkeepers, Akkub, Talmon, and their brethren, that kept watch at the gates, were a hundred and seventy-two.
द्वारपालहरू: अक्कूब, तल्मोन र तिनीहरूका सहयोगीहरू सबै जम्मा १७२ जना थिए, जो मूल ढोकामा पहरा बस्थे ।
20 And the residue of Israel, the priests, [and] the Levites, were in all the cities of Judah, every one in his inheritance.
बाँकी इस्राएलीहरू, पुजारीहरू र लेवीहरू यहूदाका सबै सहरहरूमा बसोबास गरे । हरेक आ-आफ्नै पुर्खाका अधिकारको जग्गामा बसे ।
21 And the Nethinim dwelt in Ophel; and Ziha and Gispa were over the Nethinim.
मन्दिरका सेवकहरू ओफेल डाँडामा बसे, अनि सीहा र गिश्पा तिनीहरूका जिम्मावाल थिए ।
22 And the overseer of the Levites at Jerusalem was Uzzi the son of Bani, the son of Hashabiah, the son of Mattaniah, the son of Mica, of the sons of Asaph, the singers, for the work of the house of God.
यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्जी थिए, जो बानीका छोरा, जो हशब्याहका छोरा, जो मत्तन्याहका छोरा, जो मीयकाका छोरा थिए । उज्जीचाहिँ आसापका सन्तान थिए । ती आसापका सन्तानहरू परमेश्वरको मन्दिरका सेवाको निम्ति गाउने जिम्मा लिएकाहरू थिए ।
23 For it was the king's commandment concerning them, and there was a settled portion for the singers, due for each day.
तिनीहरू राजाको आदेशमुनि थिए, र हरेक दिनको आवश्यकताअनुसार ती गायकहरूलाई कडा आदेश दिइन्थ्यो ।
24 And Pethahiah the son of Meshezabeel, of the children of Zerah the son of Judah, was at the king's hand in all matters concerning the people.
मानिसहरूका सबै कामकाजको सम्बन्धमा राजाको तर्फबाट पतहियाह थिए, जो यहूदाका छोरा जेरहका परिवारका मशेजेबेलका छोरा थिए ।
25 And as to the hamlets in their fields, [some] of the children of Judah dwelt in Kirjath-Arba and its dependent villages, and in Dibon and its dependent villages, and in Jekabzeel and its dependent villages,
गाउँहरू र तिनीहरूका खेतहरूको सम्बन्धमा यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका गाउँहरू, अनि दीबोन र त्यसका गाउँहरू, अनि यकब्सेल र त्यसका गाउँहरू,
26 and in Jeshua, and in Moladah, and in Beth-phelet,
येशूअ, मोलादा, बेथ-पालेत,
27 and in Hazar-Shual, and in Beer-sheba and its dependent villages,
हसरशूआल, बेर्शेबा र त्यसका गाउँहरू,
28 and in Ziklag, and in Meconah and its dependent villages;
सिक्लग, मकोना र त्यसका गाउँहरू,
29 and in En-Rimmon, and in Zorah, and in Jarmuth,
एन-रिम्मोन, सोरा, यर्मूत,
30 Zanoah, Adullam, and their hamlets, in Lachish and its fields, in Azekah and its dependent villages: and they encamped from Beer-sheba unto the valley of Hinnom.
जानोह, अदुल्लाम र त्यसका गाउँहरू, लाकीश र त्यसका खेतहरू, र आजेका र त्यसका गाउँहरूमा बसे । यसरी तिनीहरू बेर्शेबादेखि हिन्नोमको बेँसीसम्म देश बसे ।
31 And the children of Benjamin from Geba [dwelt] in Michmash and Aija and Bethel, and their dependent villages,
बेन्यामीनका गेबाबाटका सन्तानहरूचाहिँ मिकमाश, अय्या, बेथेल र त्यसका गाउँहरू,
32 in Anathoth, Nob, Ananiah,
अनातोत, नोब र हननिया,
33 Hazor, Ramah, Gittaim,
हासोर, रामा, गित्तैम,
34 Hadid, Zeboim, Neballat,
हादीद, सबोयीम, नबलत,
35 Lod, and Ono, the valley of craftsmen.
लोद, ओनो र कारिगरहरूको बेँसीमा बसे ।
36 And of the Levites there were divisions of Judah [dwelling] in Benjamin.
यहूदामा बसोबास गर्ने केही लेवीहरूलाई बेन्यामीनका मानिसहरूका निम्ति सेवा गर्न तोकिए ।