< Matthew 26 >
1 And it came to pass when Jesus had finished all these sayings, he said to his disciples,
येशूले यी सबै वचन भनिसक्नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
2 Ye know that after two days the passover takes place, and the Son of man is delivered up to be crucified.
“तिमीहरूलाई थाहा छ, कि दुई दिनपछि निस्तार-चाड आउँदै छ, र मानिसका पुत्र क्रुसमा टाँगिनको निम्ति सुम्पिनेछ ।”
3 Then the chief priests and the elders of the people were gathered together to the palace of the high priest who was called Caiaphas,
त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू तथा मानिसहरूका एल्डरहरू एकसाथ भेला भए ।
4 and took counsel together in order that they might seize Jesus by subtlety and kill him;
तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्त्र गरे ।
5 but they said, Not in the feast, that there be not a tumult among the people.
किनकि तिनीहरूले यसरी भनिरहेका थिए, “चाडको बेलामा भने होइन, ताकि मानिसहरूका माझ खैलाबैला नमच्चियोस् ।”
6 But Jesus being in Bethany, in Simon the leper's house,
अनि जब येशू बेथानियामा सिमोन भन्ने एक जना कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो,
7 a woman, having an alabaster flask of very precious ointment, came to him and poured it out upon his head as he lay at table.
उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्त्री उहाँकहाँ आई, र उसले त्यसलाई उहाँको शिरमा खन्याइदिई ।
8 But the disciples seeing it became indignant, saying, To what end [was] this waste?
तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो?
9 for this might have been sold for much and been given to the poor.
यसलाई ठुलो रकममा बेच्न सकिन्थ्यो, र गरिबलाई दिन सकिन्थ्यो ।”
10 But Jesus knowing [it] said to them, Why do ye trouble the woman? for she has wrought a good work toward me.
तर येशूले यो जानेर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले यी स्त्रीलाई किन दुःख दिइरहेका छौ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन् ।
11 For ye have the poor always with you, but me ye have not always.
गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ रहनेछैन ।
12 For in pouring out this ointment on my body, she has done it for my burying.
किनकि जब यी स्त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन् ।
13 Verily I say to you, Wheresoever these glad tidings may be preached in the whole world, that also which this [woman] has done shall be spoken of for a memorial of her.
साँच्चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसकै ठाउँमा प्रचार गरिँदा, यी स्त्रीले जे गरेकी छन्, तिनको सम्झनामा यो चर्चा गरिनेछ ।”
14 Then one of the twelve, he who was called Judas Iscariote, went to the chief priests
त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरूकहाँ गयो,
15 and said, What are ye willing to give me, and I will deliver him up to you? And they appointed to him thirty pieces of silver.
र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्का छुट्ट्याइदिए ।
16 And from that time he sought a good opportunity that he might deliver him up.
त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्यो ।
17 Now on the first [day] of [the feast of] unleavened bread, the disciples came to Jesus, saying, Where wilt thou that we prepare for thee to eat the passover?
अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने, “हामीले तपाईंको निम्ति निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ?”
18 And he said, Go into the city unto such a one, and say to him, The Teacher says, My time is near, I will keep the passover in thy house with my disciples.
उहाँले भन्नुभयो, “सहरमा एक जना व्यक्तिकहाँ जाओ र उसलाई भन, ‘गुरुले भन्नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ । म तिम्रो घरमा चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहन्छु ।’”
19 And the disciples did as Jesus had directed them, and they prepared the passover.
येशूले जस्तो निर्देशन दिनुभएको थियो, चेलाहरूले त्यस्तै गरे, र उनीहरूले निस्तार-चाडको निम्ति तयारी गरे ।
20 And when the evening was come he lay down at table with the twelve.
जब साँझ पर्यो, उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्नुभयो ।
21 And as they were eating he said, Verily I say to you, that one of you shall deliver me up.
जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।”
22 And being exceedingly grieved they began to say to him, each of them, Is it I, Lord?
उनीहरू सबै अति दुःखित भए, र हरेकले उहाँलाई यसरी सोध्न थाले, “प्रभु, म त निश्चय नै होइन होला?”
23 But he answering said, He that dips his hand with me in the dish, he it is who shall deliver me up.
उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, उसले नै मलाई धोका दिनेछ ।
24 The Son of man goes indeed, according as it is written concerning him, but woe to that man by whom the Son of man is delivered up; it were good for that man if he had not been born.
मानिसका पुत्र त्यहीअनुसार नै जानेछन् जसरी उनको बारेमा लेखिएको छ । तर धिक्कार त्यस व्यक्तिलाई जसको कारण मानिसका पुत्रलाई धोका हुन्छ! त्यो व्यक्ति त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो ।”
25 And Judas, who delivered him up, answering said, Is it I, Rabbi? He says to him, Thou hast said.
यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, उसले भन्यो, “रब्बी, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्नुभयो, “तिमी आफैँले त्यो भनेका छौ ।”
26 And as they were eating, Jesus, having taken [the] bread and blessed, broke [it] and gave [it] to the disciples, and said, Take, eat: this is my body.
उहाँ र चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्यवाद दिनुभयो र त्यो भाँच्नुभयो । उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ । यो मेरो शरीर हो ।”
27 And having taken [the] cup and given thanks, he gave [it] to them, saying, Drink ye all of it.
उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो, अनि त्यो उनीहरूलाई दिनुभयो र भन्नुभयो, “तिमीहरू सबैले यसलाई पिओ ।
28 For this is my blood, that of the [new] covenant, that shed for many for remission of sins.
किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ ।
29 But I say to you, that I will not at all drink henceforth of this fruit of the vine, until that day when I drink it new with you in the kingdom of my Father.
तर म तिमीहरूलाई भन्दछु, म यस बोटको फलबाट अब फेरि पिउनेछैन, जबसम्म मेरा पिताको राज्यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिन ।”
30 And having sung a hymn, they went out to the mount of Olives.
उहाँहरू सबैले भजन गाइसक्नुभएपछि उहाँहरू जैतून डाँडातर्फ लाग्नुभयो ।
31 Then saith Jesus to them, All ye shall be offended in me during this night. For it is written, I will smite the shepherd, and the sheep of the flock shall be scattered abroad.
त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “आज राती मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र बथानका सबै भेडा तितरबितर हुनेछन् ।’
32 But after that I shall be risen, I will go before you to Galilee.
तर म उठाइएपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।”
33 And Peter answering said to him, If all shall be offended in thee, I will never be offended.
तर पत्रुसले उहाँलाई भने, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ ।”
34 Jesus said to him, Verily I say to thee, that during this night, before [the] cock shall crow, thou shalt deny me thrice.
येशूले उनलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आज राती भाले बास्नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।”
35 Peter says to him, If I should needs die with thee, I will in no wise deny thee. Likewise said all the disciples also.
पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” अनि अरू सबै चेलाले पनि त्यसै भने ।
36 Then Jesus comes with them to a place called Gethsemane, and says to the disciples, Sit here until I go away and pray yonder.
त्यसपछि येशू उनीहरूसँगै गेतसमनी भन्ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, “म अलि पर गएर प्रार्थना गर्छु, तर तिमीहरूचाहिँ यहीँ बस ।”
37 And taking with [him] Peter and the two sons of Zebedee, he began to be sorrowful and deeply depressed.
उहाँले पत्रुस र जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो, र शोकित र व्याकुल हुन थाल्नुभयो ।
38 Then he says to them, My soul is very sorrowful even unto death; remain here and watch with me.
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो आत्मा अत्यधिक शोकले भरिएर मरेतुल्य भएको छ । यहीँ बस र मसँगै जागा रहो ।”
39 And going forward a little he fell upon his face, praying and saying, My Father, if it be possible let this cup pass from me; but not as I will, but as thou [wilt].
उहाँ अलि पर जानुभयो, आफ्ना घुँडा टेक्दै घोप्टो पर्नुभयो र प्रार्थना गर्नुभयो । उहाँले भन्नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटिजाओस् । तर, मैले इच्छा गरेजस्तो होइन, तपाईंको इच्छाजस्तो होस् ।”
40 And he comes to the disciples and finds them sleeping, and says to Peter, Thus ye have not been able to watch one hour with me?
उहाँ चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, र उहाँले पत्रुसलाई भन्नुभयो, “के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ?
41 Watch and pray, that ye enter not into temptation: the spirit indeed [is] ready, but the flesh weak.
जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर । आत्मा त तयार छ, तर शरीर भने कमजोर छ ।”
42 Again going away a second time he prayed saying, My Father, if this cannot pass [from me] unless I drink it, thy will be done.
उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, र भन्नुभयो, “हे मेरा पिता, यदि मैले नपीकन यो हुँदैन भने, तपाईंकै इच्छा पुरा होस् ।”
43 And coming he found them again sleeping, for their eyes were heavy.
उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए ।
44 And leaving them, he went away again and prayed the third time, saying the same thing.
त्यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र पर जानुभयो । उहाँले तेस्रो पल्ट प्रार्थना गर्नुभयो र उही वचन दोहोर्याउनुभयो ।
45 Then he comes to the disciples and says to them, Sleep on now and take your rest; behold, the hour has drawn nigh, and the Son of man is delivered up into the hands of sinners.
त्यसपछि येशू चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ? हेर, त्यो घडी आइसकेको छ, र मानिसका पुत्रलाई पापीहरूको हातमा धोकासाथ सुम्पिँदै छ ।
46 Arise, let us go; behold, he that delivers me up has drawn nigh.
उठ, अब हामी जाऔँ । हेर, मलाई धोका दिनेचाहिँ नजिकै छ ।”
47 And while he was yet speaking, behold, Judas, one of the twelve, came, and with him a great crowd with swords and sticks from the chief priests and elders of the people.
जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए । मुख्य पुजारीहरू र मानिसहरूका एल्डरहरूको एउटा ठुलो भिड ऊसँगै आयो । तिनीहरू लाठीहरू र तरवारहरू बोकेर आए ।
48 Now he that delivered him up had given them a sign, saying, Whomsoever I shall kiss, he it is: seize him.
अब जुन व्यक्तिले येशूलाई धोका दिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन् । उनलाई नै पक्रनू ।”
49 And immediately coming up to Jesus he said, Hail, Rabbi, and covered him with kisses.
तुरुन्तै ऊ येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन!” अनि उसले उहाँलाई चुम्बन गर्यो ।
50 But Jesus said to him, [My] friend, for what purpose art thou come? Then coming up they laid hands upon Jesus and seized him.
येशूले उसलाई भन्नुभयो, “मित्र, तिमीले जे गर्न आएका छौ त्यो गरिहाल ।” त्यसपछि तिनीहरू आए, र येशूमाथि हात राखे, र उहाँलाई पक्रे ।
51 And behold, one of those with Jesus stretched out his hand and drew his sword, and smiting the bondman of the high priest took off his ear.
हेर, येशूसँग भएकाहरूमध्ये एक जनाले आफ्नो हात उठायो; आफ्नो तरवार थुत्यो, र मुख्य पुजारीको एउटा नोकरमाथि प्रहार गर्यो, अनि उसको कान काटिदियो ।
52 Then saith Jesus to him, Return thy sword to its place; for all who take the sword shall perish by the sword.
त्यसपछि येशूले उसलाई भन्नुभयो, “आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्ट पारिनेछन् ।
53 Or thinkest thou that I cannot now call upon my Father, and he will furnish me more than twelve legions of angels?
के तिमीहरू विचार गर्दछौ, कि मैले मेरा पितालाई पुकार्न सक्दिनँ र? के उहाँले मेरो निम्ति स्वर्गदूतहरूका बाह्र पल्टन पठाइदिनुहुन्न र?
54 How then should the scriptures be fulfilled that thus it must be?
तर यस्तो हुनुपर्छ भनी धर्मशास्त्रले भनेको कसरी पुरा हुने थियो त?”
55 In that hour Jesus said to the crowds, Are ye come out as against a robber with swords and sticks to take me? I sat daily [with you] teaching in the temple, and ye did not seize me.
त्यति बेला येशूले भिडलाई भन्नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैँ मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसेँ, अनि तिमीहरूले मलाई पक्रेनौ ।
56 But all this is come to pass that the scriptures of the prophets may be fulfilled. Then all the disciples left him and fled.
तर यी सबै कुरा भए, ताकि अगमवक्ताहरूले लेखेका कुरा पुरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे ।
57 Now they that had seized Jesus led [him] away to Caiaphas the high priest, where the scribes and the elders were assembled.
जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ शास्त्रीहरू र एल्डरहरू एकसाथ भेला भएका थिए ।
58 And Peter followed him at a distance, even to the palace of the high priest, and entering in sat with the officers to see the end.
तर पत्रुसले प्रधान पुजारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे । उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे ।
59 And the chief priests and the elders and the whole sanhedrim sought false witness against Jesus, so that they might put him to death.
अब मुख्य पुजारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए ।
60 And they found none, though many false witnesses came forward. But at the last two false witnesses came forward
थुप्रै झुटा गवाह अगि आए तापनि उनीहरूले कुनै प्रमाण भेट्टाएनन् । तर पछि दुई जना अगि आए,
61 and said, He said, I am able to destroy the temple of God, and in three days build it.
र भने, “यो मानिसले यसो भन्यो, ‘मैले परमेश्वरको मन्दिरलाई भत्काएर यसलाई तिन दिनमा पुनर्निर्माण गर्न सक्छु’ ।”
62 And the high priest standing up said to him, Answerest thou nothing? What do these witness against thee?
प्रधान पुजारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो?”
63 But Jesus was silent. And the high priest answering said to him, I adjure thee by the living God that thou tell us if thou art the Christ the Son of God.
तर येशू चुप रहनुभयो । प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्ट अर्थात् परमेश्वरका पुत्र हौ?”
64 Jesus says to him, Thou hast said. Moreover, I say to you, From henceforth ye shall see the Son of man sitting at the right hand of power, and coming on the clouds of heaven.
येशूले तिनलाई जवाफ दिनुभयो, “त्यो तपाईं आफैँले नै भन्नुभएको छ । तर म तपाईंलाई भन्दछु, कि अबदेखि उसो तपाईंले मानिसका पुत्रलाई सर्वशक्तिमान्को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्नुहुनेछ ।”
65 Then the high priest rent his clothes, saying, He has blasphemed: what need have we any more of witnesses? behold, now ye have heard the blasphemy.
त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्यो? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्वर-निन्दा सुन्नुभएको छ ।
66 What think ye? And they answering said, He is liable to the penalty of death.
तपाईंहरू के विचार गर्नुहुन्छ?” उनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ ।”
67 Then they spit in his face, and buffeted him, and some struck him with the palms of their hand,
त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए,
68 saying, Prophesy to us, Christ, Who is it who struck thee?
र भने, “हे ख्रीष्ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो?”
69 But Peter sat without in the palace-court; and a maid came to him, saying, And thou wast with Jesus the Galilaean.
अब पत्रुसचाहिँ बाहिर आँगनमा बसिरहेका थिए र एउटी दासी उनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र?”
70 But he denied before all, saying, I do not know what thou sayest.
तर उनले तिनीहरू सबैका अगि यसो भन्दै यस कुरालाई इन्कार गरे, “तिमीले केको बारेमा कुरा गरिरहेका छौ, मलाई त्यो थाहा छैन ।”
71 And when he had gone out into the entrance, another [maid] saw him, and says to those there, This [man] also was with Jesus the Nazaraean.
जब उनी ढोकातिर बाहिर गए, अर्की दासीले उनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, “यो व्यक्ति पनि नासरतको येशूसँग थियो ।”
72 And again he denied with an oath: I do not know the man.
अनि उनले पुनः शपथ खाँदै इन्कार गरे, “म यी मानिसलाई चिन्दिनँ ।”
73 And after a little, those who stood [there], coming to [him], said to Peter, Truly thou too art of them, for also thy speech makes thee manifest.
त्यसको केही समयपछि त्यहाँ उभिरहेका मानिसहरू आए र पत्रुसलाई भने, “निश्चय नै तिमी पनि तिनीहरूमध्ये कै एक हौ, किनकि तिम्रो बोलीले नै यो सङ्केत गर्दछ ।”
74 Then he began to curse and to swear, I know not the man. And immediately [the] cock crew.
त्यसपछि उनले सराप्न र शपथ खान लागे, “म यी मानिसलाई चिन्दिनँ,” अनि तुरुन्तै भाले बास्यो ।
75 And Peter remembered the word of Jesus, who had said [to him], Before [the] cock crow thou shalt deny me thrice. And he went forth without, and wept bitterly.
अनि येशूले भन्नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।” त्यसपछि उनी बाहिर गए र धुरुधुरु रोए ।