< James 2 >
1 My brethren, do not have the faith of our Lord Jesus Christ, [Lord] of glory, with respect of persons:
मेरा भाइहरू हो, केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूले विश्वास नगर ।
2 for if there come unto your synagogue a man with a gold ring in splendid apparel, and a poor man also come in in vile apparel,
विचार गर कि कोही मानिस तिमीहरूको सभामा सुनका औँठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर प्रवेश गर्यो र त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा आयो ।
3 and ye look upon him who wears the splendid apparel, and say, Do thou sit here well, and say to the poor, Do thou stand there, or sit here under my footstool:
यदि तिमीहरूले त्यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्नुहोस्” भनेर भन्छौ, तर तिमीहरूले त्यस गरिब मानिसलाई “तँ यहीँ उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्छौ भने,
4 have ye not made a difference among yourselves, and become judges having evil thoughts?
के तिमीहरूले आफैँबिच न्याय गरिरहेका छैनौ र? के तिमीहरू दुष्ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र?
5 Hear, my beloved brethren: Has not God chosen the poor as to the world, rich in faith, and heirs of the kingdom, which he has promised to them that love him?
मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्वरले संसारका गरिबहरूलाई विश्वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनलाई चुन्नुभएन र?
6 But ye have despised the poor [man]. Do not the rich oppress you, and [do not] they drag you before [the] tribunals?
तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ । के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र? र तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र?
7 And [do not] they blaspheme the excellent name which has been called upon you?
तिमीहरू जसका हौ, उहाँको सुनामलाई तिनीहरूले नै अपमान गर्दैनन् र?
8 If indeed ye keep [the] royal law according to the scripture, Thou shalt love thy neighbour as thyself, ye do well.
तथापि, यदि तिमीहरूले “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने धर्मशास्त्रको राजकीय व्यवस्थालाई पुरा गर्दछौ भने, तिमीहरूले असलै गर्दछौ ।
9 But if ye have respect of persons, ye commit sin, being convicted by the law as transgressors.
तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायौ भने, तिमीहरूले पाप गरेका हुन्छौ, र तिमीहरू व्यवस्थाद्वारा व्यवस्थाको उल्लङ्घन गर्नेहरू भनी दोषी ठहरिन्छौ ।
10 For whoever shall keep the whole law and shall offend in one [point], he has come under the guilt of [breaking] all.
किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर एउटै कुरामा मात्र ठक्कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ ।
11 For he who said, Thou shalt not commit adultery, said also, Thou shalt not kill. Now if thou dost not commit adultery, but killest, thou art become transgressor of [the] law.
किनभने जसले “व्यभिचार नगर” भनेर भन्नुभयो उहाँले “हत्या नगर” पनि भन्नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरूले व्यवस्थाको उल्लङ्घन गर्छौ ।
12 So speak ye, and so act, as those that are to be judged by [the] law of liberty;
यसकारण, स्वतन्त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैँ गरी बोल र व्यवहार गर ।
13 for judgment [will be] without mercy to him that has shewn no mercy. Mercy glories over judgment.
किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँदछ । कृपा न्यायमाथि विजयी हुन्छ ।
14 What [is] the profit, my brethren, if any one say he have faith, but have not works? can faith save him?
मेरा भाइहरू हो, यदि कोही मानिसले उसित विश्वास छ भनी भन्दछ तर उसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्वासले उसलाई बचाउन सक्छ र?
15 Now if a brother or a sister is naked and destitute of daily food,
विचार गर, कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र उसको निम्ति दैनिक भोजनको अभाव छ ।
16 and one from amongst you say to them, Go in peace, be warmed and filled; but give not to them the needful things for the body, what [is] the profit?
विचार गर, कि तिमीहरूमध्ये कसैले उसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिँ तिनीहरूलाई दिँदैनौ भने, त्यसबाट के लाभ भयो र?
17 So also faith, if it have not works, is dead by itself.
यसै गरी, विश्वासले पनि काम गर्दैन भने त्यो मरेतुल्य हुन्छ ।
18 But some one will say, Thou hast faith and I have works. Shew me thy faith without works, and I from my works will shew thee my faith.
तर पनि कसैले यसो भन्ला, “तिमीहरूसँग विश्वास छ, र मसँग कामहरू छन् ।” कामविना तिमीहरूको विश्वास मलाई देखाऊ र मैले मेरा कामहरूद्वारा आफ्नो विश्वास तिमीहरूलाई देखाउनेछु ।
19 Thou believest that God is one. Thou doest well. The demons even believe, and tremble.
परमेश्वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्वास गर्दछौ; तिमीहरूले त्यो असल गर्दछौ । तर भूतात्माहरूले पनि विश्वास गर्दछन्, र तिनीहरू थरथर काम्छन् ।
20 But wilt thou know, O vain man, that faith without works is dead?
मूर्ख मानिस हो, के तिमी यो जान्न चाहन्छौ, कि कामविनाको विश्वास व्यर्थ हुन्छ?
21 Was not Abraham our father justified by works when he had offered Isaac his son upon the altar?
जब हाम्रा पुर्खा अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के उनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र?
22 Thou seest that faith wrought with his works, and that by works faith was perfected.
तिमीहरू देख्दछौ, कि उनका कामहरूसँगै विश्वासले कार्य गर्यो, र कामहरूद्वारा नै उनको विश्वास पूर्ण भयो ।
23 And the scripture was fulfilled which says, Abraham believed God, and it was reckoned to him as righteousness, and he was called Friend of God.
धर्मशास्त्रको यस्तो भन्ने वचन पुरा भयो, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो ।” र उनि परमेश्वरको मित्र कहलिए ।
24 Ye see that a man is justified on the principle of works, and not on the principle of faith only.
तिमीहरू देख्दछौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्वासद्वारा मात्र होइन ।
25 But was not in like manner also Rahab the harlot justified on the principle of works, when she had received the messengers and put [them] forth by another way?
त्यसै गरी, राहाब वेश्याले पनि गुप्तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिँदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी होइनन् र?
26 For as the body without a spirit is dead, so also faith without works is dead.
जसरी आत्मादेखि अलग हुँदा शरीर मर्दछ, त्यसै गरी कामबाट अलग हुँदा विश्वास पनि मर्दछ ।