< Hosea 9 >

1 Rejoice not, Israel, exultingly, as the peoples; for thou hast gone a whoring from thy God, thou hast loved harlot's hire upon every corn-floor.
ए इस्राएल, अरू मानिसहरूझैं आनन्दित नहोओ । किनकि आफ्ना परमेश्‍वरलाई त्यागेर, तिमीहरूले विश्‍वासहीन भएका छौ । अन्‍नका सबै खलामा वेश्‍यालाई तिर्नुपर्ने ज्याला तिर्न तिमीहरू मन पराउँछौ ।
2 The floor and the winepress shall not feed them, and the new wine shall fail her.
तर अन्‍नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्‍त हुनेछैन ।
3 They shall not dwell in Jehovah's land; but Ephraim shall return to Egypt, and in Assyria shall they eat that which is unclean.
तिनीहरू परमप्रभुको देशमा सधैंभरि रहनेछैनन्, बरु, एफ्राइम मिश्रदेशमा फर्कनेछ, र एक दिन तिनीहरूले अश्‍शूरमा अशुद्ध भोजन खानेछन् ।
4 They shall pour out no [offerings of] wine to Jehovah, neither shall their sacrifices be pleasing unto him: they shall be unto them as the bread of mourners; all that eat thereof shall be defiled: for their bread shall be for themselves; it shall not come into the house of Jehovah.
तिनीहरूले परमप्रभुलाई दाखमद्यको भेटी चढाउनेछैनन्, न त तिनीहरूले उहाँलाई प्रसन्‍न तुल्याउनेछन् । तिनीहरूका बलिदानहरू तिनीहरूका निम्ति शोक गर्नेको भोजनझैं हुनेछ । जतिले त्यो खान्छन् ती सबै अशुद्ध हुनेछन् । किनकि तिनीहरूका भोजन तिनीहरूकै निम्ति मात्र हुनेछ । त्यो परमप्रभुको मन्‍दिरमा आउनेछैन ।
5 What will ye do in the day of assembly, and in the day of the feast of Jehovah?
तोकिएको चाडको दिनमा, परमप्रभुको निम्ति चाडको दिनमा तिमीहरू के गर्नेछौ?
6 For behold, they are gone away because of destruction: Egypt shall gather them up, Moph shall bury them: their pleasant things of silver, nettles shall possess them; thorns shall be in their tents.
किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्‍नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ ।
7 The days of visitation are come; the days of recompence are come: Israel shall know [it]: the prophet is a fool, the inspired man is mad, because of the greatness of thine iniquity, and the great enmity.
दण्डका दिनहरू आउँदैछन् । बदलाका दिनहरू आउँदैछन् । सबै इस्राएलीहरूले यी कुरा जानून् । तिमीहरूका घोर अधर्म र वैरभावका कारणले, अगमवक्ता मुर्ख हुन्‍छ र प्रेरणा पाएको मानिसचाहि बौलाह हुनेछ ।
8 Is Ephraim a watchman with my God? [nay] the prophet is a fowler's snare on all his ways, enmity in the house of his God.
अगमवक्ताचाहिं एफ्राइममाथि मेरा परमेश्‍वरको निम्ति रेखदेख गर्ने व्‍यक्‍ति हो । तर त्यसका सबै मार्गहरूमा चराको पासो थापिएको छ, र त्‍यसको परमेश्‍वरको मन्‍दिरमा त्योप्रति शत्रुता छ ।
9 They have deeply corrupted themselves as in the days of Gibeah. He will remember their iniquity, he will visit their sins.
गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्‍ट पारेका छन् । तिनीहरूको अधर्म परमेश्‍वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ ।
10 I found Israel as grapes in the wilderness; as first-ripe fruit on the fig-tree, I saw your fathers at the beginning: they went to Baal-Peor, and separated themselves unto that shame, and became abominations like their lover.
परमप्रभु भन्‍नुहुन्छ, “मैले इस्राएललाई भेट्‍टाउँदा, त्‍यो उजाड-स्‍थानमा दाख पाएको जस्‍तै थियो । नेभाराको बोटमा ऋतुको पहिलो फलझैं, मैले तिमीहरूका पुर्खाहरूलाई भेट्‍टाएँ । तर तिनीहरू बाल-पोरमा गए, र तिनीहरूले आफैंलाई त्यस लज्‍जास्पद मूर्तिकहाँ अर्पण गरे । तिनीहरूले प्रेम गर्ने मूर्तिहरूझैं तिनीहरू पनि घृणित भए ।
11 As for Ephraim, their glory shall fly away as a bird, — no birth, no pregnancy, no conception!
एफ्राइमको बारेमाचाहिं, तिनीहरूको महिमा चराझैं उडिजानेछ । त्यहाँ कुनै जन्‍म, कुनै गर्ववास, र कुनै गर्भधारण हुनेछैन ।
12 For even should they bring up their children, yet will I bereave them, [that] not a man [remain]: for woe also to them when I shall have departed from them!
तिनीहरूले छोराछोरीलाई हुर्काएको भए पनि, एउटै पनि बाँकी नरहने गरी म तिनीहरूलाई लैजानेछु । तिनीहरूबाट म फर्कँदा, तिनीहरूलाई धिक्‍कार होस् ।
13 Ephraim, as I saw [him], was a Tyre planted in a beautiful place; but Ephraim shall bring forth his children to the slayer.
मैले एफ्राइमलाई टुरोसजस्तै सुन्दर मैदानमा रोपिएको देखेको छु, तर एफ्राइमले आफ्ना छोराछोरीलाई त्यसकहाँ लानेछ, जसले तिनीहरूको हत्‍या गर्नेछ ।”
14 Give them, Jehovah — what wilt thou give? — give them a miscarrying womb and dry breasts.
हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्— तपाईंले तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूलाई तुहिने गर्भ र दूध नआउने स्तन दिनुहोस् ।
15 All their wickedness is in Gilgal; for there I hated them: because of the wickedness of their doings, I will drive them out of my house, I will love them no more: all their princes are rebellious.
“तिनीहरूले गिलगालमा गरेका सबै दुष्‍टताका कारणले, तिनीहरूलाई मैले त्‍यहाँ घृणा गर्न सुरु गरें । तिनीहरूका पापी कामहरूका कारणले, मेरो मन्‍दिरबाट म तिनीहरूलाई धपाउनेछु । म तिनीहरूलाई फेरि प्रेम गर्नेछैनँ । तिनीहरूका सबै अधिकारीहरू विद्रोहीहरू हुन् ।
16 Ephraim is smitten: their root is dried up, they shall bear no fruit; yea, though they should bring forth, yet will I slay the beloved [fruit] of their womb.
एफ्राइम रोगले ग्रस्‍त भएको छ, र तिनीहरूको जरा सुकेका छ । तिनीहरूले फल दिंदैनन् । तिनीहरूका छोराछोरी भए पनि, तिनीहरूका अति प्रिय छोराछोरीलाई म मार्नेछु ।”
17 My God hath rejected them, because they hearkened not unto him; and they shall be wanderers among the nations.
मेरा परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुहुन्छ किनभने तिनीहरूले उहाँको आज्ञा मानेका छैनन् । जातिहरूका बिचमा तिनीहरू फिरन्‍तेहरू हुनेछन् ।

< Hosea 9 >