< Hebrews 9 >
1 The first therefore also indeed had ordinances of service, and the sanctuary, a worldly one.
अब पहिलेको करारमा आराधनाका निम्ति नियमहरू र सांसारिक बासस्थान थिए ।
2 For a tabernacle was set up; the first, in which [were] both the candlestick and the table and the exposition of the loaves, which is called Holy;
किनकि एउटा बासस्थान तयार गरिएको थियो जसको पहिलो कोठाभित्र सामदान, टेबुल, र उपस्थितिको रोटी थिए, त्यसलाई पवित्रस्थान भनिन्थ्यो ।
3 but after the second veil a tabernacle which is called Holy of holies,
पर्दाको पछाडितिर अर्को दोस्रो कोठा थियो, जसलाई महा-पवित्रस्थान भनिन्थ्यो ।
4 having a golden censer, and the ark of the covenant, covered round in every part with gold, in which [were] the golden pot that had the manna, and the rod of Aaron that had sprouted, and the tables of the covenant;
यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि रहेको सुनको भाँडोमा मन्न राखिएको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलालेखहरू थिए ।
5 and above over it the cherubim of glory shadowing the mercy-seat; concerning which it is not now [the time] to speak in detail.
करारको सन्दुकको माथि ईश्वरीय महिमाका करूबहरूले प्रायश्चित्तको ढकनीलाई ढाकेका थिए, जसको बारेमा हामी अहिले पूर्ण रूपले वर्णन गर्न सक्दैनौँ ।
6 Now these things being thus ordered, into the first tabernacle the priests enter at all times, accomplishing the services;
यी थोकहरूलाई तयार गरिसकेपछि पुजारीहरू नियमित रूपमा बासस्थानको बाहिरी कोठामा सधैँ आफ्ना सेवाको काम गर्न प्रवेश गर्दथे ।
7 but into the second, the high priest only, once a year, not without blood, which he offers for himself and for the errors of the people:
तर प्रधान पुजारी मात्रै हरेक वर्षको एक पल्ट दोश्रो कोठामा प्रवेश गर्दथे । उनले रगत लिएर आफ्नै निम्ति र मानिसहरूले अजानमा गरेका अपराधहरूका निम्ति बलि चढाउँछन् ।
8 the Holy Spirit shewing this, that the way of the [holy of] holies has not yet been made manifest while as yet the first tabernacle has [its] standing;
पवित्र आत्माले देखाउनुभयो, कि पहिलो पवित्रस्थान रहुञ्जेलसम्म महा-पवित्रस्थानमा जाने मार्ग प्रकट गरिएको थिएन ।
9 the which [is] an image for the present time, according to which both gifts and sacrifices, unable to perfect as to conscience him that worshipped, are offered,
वर्तमान समयका लागि यो एक उदाहरण थियो । चढाइएका भेटी र बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन् ।
10 [consisting] only of meats and drinks and divers washings, ordinances of flesh, imposed until [the] time of setting things right.
ती विभिन्न किसिमका उत्सवका शुद्धिकरणहरू खाने र पिउने कुरासँग मात्रै सम्बन्धित छन् । ती सबै शरीरका निम्ति नियमहरू मात्रै थिए, जसलाई नयाँ प्रकारले सृजना नगरेसम्म क्रमिक रूपमा राखिएको थियो ।
11 But Christ being come high priest of the good things to come, by the better and more perfect tabernacle not made with hand, (that is, not of this creation, )
ख्रीष्ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको होइन, जुन यस सृजित संसारको होइन । (नोटः अन्य संस्करणहरूमा लेखिएको छ) ख्रीष्ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीजस्तै भएर आउनुभयो ।
12 nor by blood of goats and calves, but by his own blood, has entered in once for all into the [holy of] holies, having found an eternal redemption. (aiōnios )
बोका र बाछाहरूको रगतले नभई उहाँ आफ्नै रगतद्वारा सबैका निम्ति एकै चोटि त्यस महा-पवित्रस्थानभित्र प्रवेश गर्नुभयो र हाम्रो अनन्तको छुटकारलाई सुरक्षित गर्नुभयो । (aiōnios )
13 For if the blood of goats and bulls, and a heifer's ashes sprinkling the defiled, sanctifies for the purity of the flesh,
किनकि यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानीले छर्किंदा तिनीहरू अशुद्ध हुन्छन् र तिनीहरूका शरीरलाई शुद्ध पार्न तिनीहरू परमेश्वरमा समर्पित हुनुपर्छ भने,
14 how much rather shall the blood of the Christ, who by the eternal Spirit offered himself spotless to God, purify your conscience from dead works to worship [the] living God? (aiōnios )
झन् कति धेरै ख्रीष्टको रगतले हाम्रा विवेकलाई मृत कामहरूबाट शुद्ध पार्दछ र जीवित परमेश्वरको सेवा गर्न जसले अनन्त आत्माद्वारा दोषरहित प्रकारले आफैँलाई अर्पण गर्नुभयो? (aiōnios )
15 And for this reason he is mediator of a new covenant, so that, death having taken place for redemption of the transgressions under the first covenant, the called might receive the promise of the eternal inheritance. (aiōnios )
यसै कारणले गर्दा, उहाँ नयाँ करारको मध्यस्तकर्ता हुनुहुन्छ । यो मृत्युको कारणले गर्दा स्वतन्त्र गराइएकाहरू तिनीहरूका पापको सजायबाट पहिलो करारमा रहन्छन् ताकि परमेश्वरद्वारा बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकारलाई प्राप्त गर्न सकून् । (aiōnios )
16 (For where [there is] a testament, the death of the testator must needs come in.
किनकि जहाँ इच्छा हुन्छ, त्यहाँ त्यो बनाउने व्यक्तिको मृत्युलाई प्रमाणित गर्नुपर्ने हुन्छ ।
17 For a testament [is] of force when men are dead, since it is in no way of force while the testator is alive.)
किनकि एउटा इच्छा तब मात्र लागु हुन्छ, जब त्यहाँ मृत्यु भएको हुन्छ, किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्छ, तबसम्म यसको कुनै जोड हुँदैन ।
18 Whence neither the first was inaugurated without blood.
त्यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन ।
19 For every commandment having been spoken according to [the] law by Moses to all the people; having taken the blood of calves and goats, with water and scarlet wool and hyssop, he sprinkled both the book itself and all the people,
किनकि जब मोशाले मानिसहरूलाई व्यवस्थामा भएका हरेक आज्ञा दिए, उनले बाछा र बोकाहरूको रगत, पानी, रातो उन र हिसप लिएर त्यस मुट्ठा र सबै मानिस दुवैलाई छर्के ।
20 saying, This [is] the blood of the covenant which God has enjoined to you.
तब उनले भने, “यो करारको रगत हो, जुन परमेश्वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको थियो ।”
21 And the tabernacle too and all the vessels of service he sprinkled in like manner with blood;
यसरी नै, उनले पवित्रस्थान र सेवामा प्रयोग हुने सबै भाँडामा रगत छर्के ।
22 and almost all things are purified with blood according to the law, and without blood-shedding there is no remission.
अनि व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्दछ । रगत नबगाइकन क्षमा हुँदैन ।
23 [It was] necessary then that the figurative representations of the things in the heavens should be purified with these; but the heavenly things themselves with sacrifices better than these.
त्यसकारण, स्वर्गमा भएका थोकहरूका नक्कलहरूलाई जनावरहरूको बलिदानद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैँलाई झन् कति धेरै उत्तम बलिदानद्वारा शुद्ध पार्न आवश्यक पर्यो ।
24 For the Christ is not entered into holy places made with hand, figures of the true, but into heaven itself, now to appear before the face of God for us:
किनकि ख्रीष्ट हातद्वारा बनाइएको महा-पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिँ सत्यताको एक नक्कल मात्र हो । बरु, उहाँ आफैँ स्वर्गमा प्रवेश गर्नुभयो, अनि हाम्रा निम्ति अहिले उहाँ परमेश्वरको सामु उपस्थित हुनुहुन्छ ।
25 nor in order that he should offer himself often, as the high priest enters into the holy places every year with blood not his own;
उहाँ आफ्नै निम्ति घरिघरि बलि चढाउनका निम्ति त्यहाँ जानुभएको होइन, जसरी प्रधान पुजारीले हरेक वर्ष अर्काको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गर्दछन् ।
26 since he had [then] been obliged often to suffer from the foundation of the world. But now once in the consummation of the ages he has been manifested for [the] putting away of sin by his sacrifice. (aiōn )
त्यसो भएको भए, संसारको उत्पत्तिदेखि नै उहाँले धेरै पल्ट दुःख भोग्नुपर्ने हुन्थ्यो । तर यस युगको अन्त्यमा एक पल्ट उहाँको आफ्नै बलिद्वारा पापलाई हटाउन उहाँ सधैँका निम्ति एकै पल्ट प्रकट हुनुभएको हो । (aiōn )
27 And forasmuch as it is the portion of men once to die, and after this judgment;
हरेक व्यक्ति एक पटक मर्न निश्चित छ, र त्यसपछि न्याय आउँदछ ।
28 thus the Christ also, having been once offered to bear the sins of many, shall appear to those that look for him the second time without sin for salvation.
त्यसरी नै, ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई सधैँका निम्ति एकै पल्ट बलि हुनुभयो । पापसँग सामना गर्नलाई दोस्रो पल्ट उहाँ देखा पर्नुहुने होइन, तर मुक्तिका लागि धैर्यसाथ उहाँका निम्ति पर्खिरहनेहरूका लागि हो ।