< 2 Samuel 9 >
1 And David said, Is there yet any that is left of the house of Saul, that I may shew him kindness for Jonathan's sake?
दाऊदले भने, “के शाऊलको परिवारका कोही बाँकी छन्, जसलाई जोनाथनको खातिर म दया देखाउन सक्छु?”
2 And there was of the house of Saul a servant whose name was Ziba; and they called him to David. And the king said to him, Art thou Ziba? And he said, Thy servant!
शाऊलको परिवारमा त्यहाँ सीबा नाम गरेका एक जना सेवक थिए, र उनीहरूले तिनलाई दाऊदकहाँ बोलाए । राजाले तिनलाई सोधे, “के तिमी सीबा हौ?” तिनले जवाफ दिए, “हो हजूर, म तपाईंको सेवक ।”
3 And the king said, Is there not yet any of the house of Saul, that I may shew the kindness of God to him? And Ziba said to the king, Jonathan has yet a son, who is lame on [his] feet.
त्यसैले राजाले भने, “के शाऊलको परिवारमा कुनै व्यक्ति बाँकी छैन जसलाई मैले परमेश्वरको दया देखाउन सक्छु?” सीबाले राजालाई जवाफ दिए, “जोनाथनको अझै एउटा छोरा छन्, जो आफ्नो खुट्टाको लङ्गडा छन् ।”
4 And the king said to him, Where is he? And Ziba said to the king, Behold, he is in the house of Machir the son of Ammiel, in Lodebar.
राजाले तिनलाई भने, “तिनी कहाँ छन्?” सीबाले राजालाई जवाफ दिए, “हे्र्नुहोस्, तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन् ।”
5 And king David sent, and fetched him out of the house of Machir the son of Ammiel, from Lodebar.
त्यसपछि राजा दाऊदले मानिसहरू पठाए र तिनलाई लो-देबारमा अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन लगाए ।
6 And Mephibosheth, the son of Jonathan, the son of Saul, came to David, and fell on his face and did obeisance. And David said, Mephibosheth. And he said, Behold thy servant!
त्यसैले शाऊलका नाति, जोनाथनका छोरा मपीबोशेत दाऊदकहाँ आए र दाऊदलाई आदर गर्न आफ्नो अनुहार भुईंमा घोप्टो पारे । दाऊदले भने, “ए मपपीबोशेत ।” तिनले जवाफ दिए, “हेर्नुहोस्, म तपाईंको सेवक हुँ ।”
7 And David said to him, Fear not; for I will certainly shew thee kindness for Jonathan thy father's sake, and will restore thee all the land of Saul thy father; and thou shalt eat bread at my table continually.
दाऊदले तिनलाई भने, “नडराऊ, किनकि तिम्रो बुबा जोनाथनको खातिर म तिमीलाई निश्चय नै दया देखाउने छु र तिम्रो हजुरबुबा शाऊलका सबै जमिन म तिमीलाई फिर्ता दिने छु र तिमी सधैं मेरो टेबलमा खाने छौ ।”
8 And he bowed himself, and said, What is thy servant, that thou shouldest look upon such a dead dog as I am?
मपीबोशेतले शिर झुकाएर भने, “तपाईंको दास के हो र, हजूरले मजस्तो मरेको कुकुरजस्तोलाई निगाह गर्नुहुन्छ?”
9 Then the king called Ziba, Saul's servant, and said to him, I have given to thy master's son all that belonged to Saul and to all his house.
त्यसपछि राजाले शाऊलका सेवक सीबालाई बोलाएर तिनलाई भने, “शाऊल र तिनका परिवारका सबै थोक मैले तिम्रो मालिकको नातिलाई दिएको छु ।
10 And thou, and thy sons, and thy servants, shall till the land for him, and thou shalt bring in [the fruits], that thy master's son may have food to eat. And Mephibosheth thy master's son shall eat bread at my table continually. Now Ziba had fifteen sons and twenty servants.
तिमी, तिम्रा छोराहरू र तिम्रा सेवकहरूले तिनको निम्ति जमिनमा खेतीपाती गर्नुपर्छ र तिमीले अन्नहरू कटानी गर्नुपर्छ ताकि तिम्रो मालिकको नातिलाई खानलाई भोजन हुने छ । किनकि तिम्रो मालिकको नाति मपीबोशेतले सदैब मेरो टेबलमा खानुपर्छ ।” यति बेला सीबाका पन्ध्र जना छोरा र बिस जना सेवकहरू थिए ।
11 And Ziba said to the king, According to all that my lord the king has commanded his servant, so will thy servant do. And Mephibosheth [said David] shall eat at my table, as one of the king's sons.
सीबाले राजालाई भने, “मेरा मालिक, हजूरले आफ्नो सेवकलाई आज्ञा गर्नुभएको सबै कुरा हजूरको सेवकले गर्ने छ ।” राजाले थपे, “मपीबोशेतको बारेमा, राजाका छोरामध्ये एक जनाझैं तिनले मेरो टेबलबाट खाने छन् ।”
12 And Mephibosheth had a young son, whose name was Mica. And all who dwelt in the house of Ziba were servants to Mephibosheth.
मपीबोशेतको एक जना जवान छोरा थिए, जसको नाउँ मीका थियो । सीबाका घरमा बस्ने सबै मपीबोशेतका सेवकहरू थिए ।
13 So Mephibosheth dwelt in Jerusalem; for he did eat continually at the king's table. And he was lame on both his feet.
त्यसैले मपीबोशेत यरूशलेममा बसे र तिनले सधैं राजाको टेबलमा खाए, यद्यपि तिनको दुवै खुट्टा लङ्गडा थिए ।