< 1 Peter 4 >
1 Christ, then, having suffered for us in [the] flesh, do ye also arm yourselves with the same mind; for he that has suffered in [the] flesh has done with sin,
यसैकारण, जसरी ख्रीष्टले शरीरमा कष्ट भोग्नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर । जसले शरीरमा कष्ट भोगेको छ उसले पाप गर्न छोडेको हुन्छ ।
2 no longer to live the rest of [his] time in [the] flesh to men's lusts, but to God's will.
यो व्यक्तिले अब उसो मानवीय अभिलाषामा होइन, तर आफ्नो बाँकी जीवन परमेश्वरको इच्छाको निम्ति जिउँछ ।
3 For the time past [is] sufficient [for us] to have wrought the will of the Gentiles, walking in lasciviousness, lusts, wine-drinking, revels, drinkings, and unhallowed idolatries.
किनकि अन्यजातिले इच्छा गरेजस्तो कामुकता, कुवासना, मद्यपान, मोजमज्जा, पियक्कडपन, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा धेरै समय खर्च भइसकेको छ ।
4 Wherein they think it strange that ye run not with [them] to the same sink of corruption, speaking injuriously [of you];
तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन् । त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् ।
5 who shall render account to him who is ready to judge [the] living and [the] dead.
तिनीहरूले जीवित र मरेकाहरूको न्याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन् ।
6 For to this [end] were the glad tidings preached to [the] dead also, that they might be judged, as regards men, after [the] flesh, but live, as regards God, after [the] Spirit.
त्यसैले, मरिसकेकाहरूलाई यो वचन प्रचारिएको थियो । शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्वरअनुसार जिऊन् ।
7 But the end of all things is drawn nigh: be sober therefore, and be watchful unto prayers;
सबै कुराको अन्त्य आउँदै छ । त्यसैले, आफ्नो मन ठिक ठाउँमा लगाओ र तिमीहरूका प्रार्थनाको खातिर आफ्नो विचारमा सचेत रहो ।
8 but before all things having fervent love among yourselves, because love covers a multitude of sins;
सबै कुराभन्दा बढी एक-अर्कालाई उत्कट प्रेम गर, किनकि प्रेमले एक-अर्काको दोष पत्ता लगाउँदैन ।
9 hospitable one to another, without murmuring;
गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर,
10 each according as he has received a gift, ministering it to one another, as good stewards of [the] various grace of God.
जसरी तिमीहरू हरेकले वरदान पाएका छौ । परमेश्वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर ।
11 If any one speak — as oracles of God; if any one minister — as of strength which God supplies; that God in all things may be glorified through Jesus Christ, to whom is the glory and the might for the ages of ages. Amen. (aiōn )
यदि कोही बोल्छ भने उसले परमेश्वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्वरले दिनुहुने शक्तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्टद्वारा परमेश्वर महिमित हुनुभएको होस् । महिमा र शक्ति सदासर्वदा उहाँकै हुन् । आमेन । (aiōn )
12 Beloved, take not [as] strange the fire [of persecution] which has taken place amongst you for [your] trial, as if a strange thing was happening to you;
प्रिय हो, तिमीहरूलाई जाँच गर्नको निम्ति कुनै अग्निमय परीक्षा आइपरेमा त्यसलाई अनौठो नसम्झ ।
13 but as ye have share in the sufferings of Christ, rejoice, that in the revelation of his glory also ye may rejoice with exultation.
तर जति तिमीहरू ख्रीष्टको दुःख भोग्छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्नेछौँ ।
14 If ye are reproached in [the] name of Christ, blessed [are ye]; for the [Spirit] of glory and the Spirit of God rests upon you: [on their part he is blasphemed, but on your part he is glorified.]
तिमीहरू ख्रीष्टको नाउँको कारण अपमानित भयौ भने तिमीहरू धन्यका हौ, किनकि महिमाका आत्मा र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ ।
15 Let none of you suffer indeed as murderer, or thief, or evildoer, or as overseer of other people's matters;
तर तिमीहरू कसैले पनि हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्तिको रूपमा दुःख भोग्नु नपरोस् ।
16 but if as a christian, let him not be ashamed, but glorify God in this name.
तरै पनि ख्रीष्टियान भएको कारणले कसैले पीडा भोग्छ भने उसले लाज नमानोस्, तर त्यही नाममा परमेश्वरको महिमा गरोस् ।
17 For the time of having the judgment begin from the house of God [is come]; but if first from us, what [shall be] the end of those who obey not the glad tidings of God?
किनकि यो परमेश्वरको परिवारबाट न्याय सुरु हुने समय हो । अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्वरको वचन नमान्नेको अवस्था कस्तो होला?
18 And if the righteous is difficultly saved, where shall the impious and [the] sinner appear?
अनि “धर्मी जनको उद्धारचाहिँ उसको कठिनाइले हुन्छ भने, अधर्मी र पापीको अवस्था के होला?”
19 Wherefore also let them who suffer according to the will of God commit their souls in well-doing to a faithful Creator.
त्यसैले परमेश्वरको इच्छामा दुःख भोग्नेहरूले असल काम गर्दै आफ्नो आत्मा सृष्टिकर्तालाई सुम्पून् ।