< 1 Corinthians 10 >

1 For I would not have you ignorant, brethren, that all our fathers were under the cloud, and all passed through the sea;
भाइहरू हो, तिमीहरूले यो जान भनी म चाहन्छु, कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बिचबाट भएर गए ।
2 and all were baptised unto Moses in the cloud and in the sea;
सबैले बादल र समुद्रमा मोशामा बप्‍तिस्मा पाएका थिए,
3 and all ate the same spiritual food,
र सबैले एउटै आत्मिक भोजन खाए ।
4 and all drank the same spiritual drink, for they drank of a spiritual rock which followed [them]: (now the rock was the Christ; )
सबैले उस्तै आत्मिक पानी पिए । किनकि तिनीहरूले आत्मिक चट्टानबाट पिए, अनि त्यो चट्टान ख्रीष्‍ट हुनुहुन्थ्यो ।
5 yet God was not pleased with the most of them, for they were strewed in the desert.
तर तिनीहरूमध्ये धेरै जनासित परमेश्‍वर प्रसन्‍न हुनुभएन, र तिनीहरूका लासहरू उजाड-स्थानभरि छरिएका थिए ।
6 But these things happened [as] types of us, that we should not be lusters after evil things, as they also lusted.
तिनीहरूले जस्तै हामीले दुष्‍ट कुराहरूको इच्छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए ।
7 Neither be ye idolaters, as some of them; as it is written, The people sat down to eat and to drink, and rose up to play.
तिनीहरूमध्ये धेरै झैँ तिमीहरू मूर्तिपूजक नहोओ । यस्तो लेखिएको छ, “मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे ।”
8 Neither let us commit fornication, as some of them committed fornication, and fell in one day three and twenty thousand.
तिनीहरू धेरैले गरेझैँ हामीले यौन अनैतिक कार्य नगरौँ, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्‍ये तेइस हजार मरे ।
9 Neither let us tempt the Christ, as some of them tempted, and perished by serpents.
हामीले ख्रीष्‍टको परीक्षा गर्नुहुँदैन जसरी तिनीहरूले गरे र सर्पहरूद्वारा नष्‍ट भए ।
10 Neither murmur ye, as some of them murmured, and perished by the destroyer.
तिनीहरूमध्ये धेरै जसोले गनगन गरेझैँ हामीले नगरौँ, जसले गर्दा तिनीहरू मृत्युको दूतद्वारा नष्‍ट भएका थिए ।
11 Now all these things happened to them [as] types, and have been written for our admonition, upon whom the ends of the ages are come. (aiōn g165)
हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए । यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन्– हाम्रो निम्ति जसमा युगको अन्त्य आएको छ । (aiōn g165)
12 So that let him that thinks that he stands take heed lest he fall.
यसैकारण, कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि ऊ नलडोस् ।
13 No temptation has taken you but such as is according to man's nature; and God is faithful, who will not suffer you to be tempted above what ye are able [to bear], but will with the temptation make the issue also, so that [ye] should be able to bear [it].
मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौँ । तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ । उहाँले तिमीहरूलाई तिमीहरूको शक्‍तिभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुन्‍न । तिमीहरूले तिनलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने उपाय पनि प्रदान गर्नुहुन्छ ।
14 Wherefore, my beloved, flee from idolatry.
त्यसकारण, मेरा प्रियहरू हो, मूर्तिपूजाबाट अलग बस ।
15 I speak as to intelligent [persons]: do ye judge what I say.
म समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्दछु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक ।
16 The cup of blessing which we bless, is it not [the] communion of the blood of the Christ? The bread which we break, is it not [the] communion of the body of the Christ?
हामीले आशिष् दिने आशिष्‌को कचौरा ख्रीष्‍टको रगतमा भएको सहभागिता होइन र? हामीले भाँच्ने रोटी ख्रीष्‍टको शरीरमा भएको सहभागिता होइन र?
17 Because we, [being] many, are one loaf, one body; for we all partake of that one loaf.
रोटीको टुक्रा एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौँ । हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौँ ।
18 See Israel according to flesh: are not they who eat the sacrifices in communion with the altar?
इस्राएलका मानिसहरूलाई हेरः के वेदीमा चढाइएको बलि खानेहरू वेदीका सहभागी होइनन् र?
19 What then do I say? that what is sacrificed to an idol is anything, or that an idol is anything?
त्यसो भए, म के भन्दै छु? के त्यो मूर्ति कुनै कुरा हो? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो?
20 But that what [the nations] sacrifice they sacrifice to demons, and not to God. Now I do not wish you to be in communion with demons.
तर म अन्यजाति मूर्तिपूजकहरूको बलिदानको बारेमा भन्दछु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्‍वरलाई होइन! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ ।
21 Ye cannot drink [the] Lord's cup, and [the] cup of demons: ye cannot partake of [the] Lord's table, and of [the] table of demons.
तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा सङ्गति गर्न सक्दैनौ ।
22 Do we provoke the Lord to jealousy? are we stronger than he?
अथवा के हामीले प्रभुलाई डाही बनाउने? के हामी उहाँभन्दा बलिया छौँ?
23 All things are lawful, but all are not profitable; all things are lawful, but all do not edify.
“हरेक कुरा न्यायसङ्गत छ”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा न्यायसङ्गत छन्”, तर सबै कुराले मानिसको निर्माण गर्दैनन् ।
24 Let no one seek his own [advantage], but that of the other.
कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस् । बरु, हरेकले आफ्नो छिमेकीको भलाइ खोजोस् ।
25 Everything sold in the shambles eat, making no inquiry for conscience sake.
तिमीहरूले बजारमा जे बेचिन्छ त्यसलाई विवेकका खातिर कुनै प्रश्‍न नगरी खान सक्छौ ।
26 For the earth [is] the Lord's and its fulness.
किनकि “पृथ्‍वी प्रभुको हो र त्यसमा भएका सबै कुरा उहाँकै हुन् ।”
27 But if any one of the unbelievers invite you, and ye are minded to go, all that is set before you eat, making no inquiry for conscience sake.
तिमीहरूलाई विश्‍वास नगर्ने कुनै व्यक्‍तिले खानलाई निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर पनि प्रश्‍न नसोधी खाओ ।
28 But if any one say to you, This is offered to holy purposes, do not eat, for his sake that pointed it out, and conscience sake;
तर कसैले तिमीहरूलाई “यो खाना मूर्तिपूजामा चढाइएको खाना हो” भन्यो भने त्यो नखाओ । योचाहिँ जसले तिमीहरूलाई जानकारी दियो उसको र तिमीहरूको विवेकको खातिर हो ।
29 but conscience, I mean, not thine own, but that of the other: for why is my liberty judged by another conscience?
मैले तिमीहरूको आफ्नो विवेकको बारेमा भनेको होइनँ, तर अरू व्यक्‍तिको विवेकको बारेमा भनेको हुँ । किनकि अरूको विवेकलाई मेरो स्वतन्‍त्रताको न्याय हुन किन दिने र?
30 If I partake with thanksgiving, why am I spoken evil of for what I give thanks for?
म कृतज्ञतासाथ खानामा सहभागी हुन्छु भने मैले धन्यवाद दिएको कुरामा म किन निन्दित हुने?
31 Whether therefore ye eat, or drink, or whatever ye do, do all things to God's glory.
त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ, वा तिमीहरू जे गर्छौ, सबै परमेश्‍वरको महिमाको निम्ति गर ।
32 Give no occasion to stumbling, whether to Jews, or Greeks, or the assembly of God.
तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्‍वरको मण्डलीको अपमान नगर ।
33 Even as I also please all in all things; not seeking my own profit, but that of the many, that they may be saved.
म सबै मानिसहरूलाई सबै कुरामा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । धेरैले उद्धार पाऊन् भनेर म यो गर्दछु ।

< 1 Corinthians 10 >