< Numbers 24 >
1 And when Balaam saw that it pleased God to bless Israel, he did not go according to his custom to meet the omens, but turned his face towards the wilderness.
परमप्रभुले इस्राएललाई आशिष् दिन नै रुचाउनुहुन्छ भन्ने जब बालामले देखे, तिनी अरू बेलाझैँ टुनामुना गर्नलाई गएनन् । बरु, तिनले मरुभूमितिर हेरे ।
2 And Balaam lifted up his eyes, and sees Israel encamped by their tribes; and the Spirit of God came upon him.
तिनले आँखा खोलेर इस्राएल कुल-कुल गरी आ-आफ्नो छाउनीमा देखे र परमेश्वरका आत्मा तिनीमाथि आयो ।
3 And he took up his parable and said, Balaam son of Beor says, the man who sees truly says,
तिनले यो अगमवाणी पाए र भने, “बओरका छोरा बालाम बोल्न लाग्दै छ, जुन मानिसका आँखा खुला छन्, त्यसका वाणी ।
4 he says who hears the oracle of the Mighty One, who saw a vision of God in sleep; his eyes were opened:
तिनले परमप्रभुको वचन सुन्छ र बोल्छ । त्यसले सर्वशक्तिमान्बाट दर्शन प्राप्त गर्छ, जसको सामु त्यसले आँखा खुला राखेर दण्डवत् गर्छ ।
5 How goodly [are] your habitations, Jacob, and your tents, Israel!
हे याकूब, तिम्रा पालहरू र तिमी बस्ने ठाउँ कति सुन्दर छन्!
6 as shady groves, and as gardens by a river, and as tents which God pitched, and as cedars by the waters.
तिनीहरू उपत्यकाझैँ, नदी किनारको बगैँचाझैँ, परमप्रभुले रोप्नुभएको एलवाहरूजस्तै र पानी छेउका देवदारुजस्तै फैलिएका छन् ।
7 There shall come a man out of his seed, and he shall rule over many nations; and the kingdom of Gog shall be exalted, and his kingdom shall be increased.
तिनीहरूका गाग्राहरूबाट पानी बग्छ र तिनीहरूका बिउहरू सुसिंचित छन् । तिनीहरूका राजा अगागभन्दा उच्च छन् र तिनीहरूका राज्यलाई आदर गरिने छ ।
8 God led him out of Egypt; he has as it were the glory of a unicorn: he shall consume the nations of his enemies, and he shall drain their marrow, and with his darts he shall shoot through the enemy.
परमेश्वरले तिनलाई मिश्रबाट जङ्गली साँढेको जस्तै सामर्थ्यमा ल्याउनुहुन्छ । तिनले त्यसको विरुद्ध लड्ने जातिहरूलाई निल्छन् । तिनले तिनीहरूका हड्डीहरूलाई टुक्रा-टुक्रा पार्ने छन् । तिनले तिनीहरूलाई आफ्ना वाणहरूले हान्छन् ।
9 He lay down, he rested as a lion, and as a young lion; who shall stir him up? they that bless you are blessed, and they that curse you are cursed.
तिनले सिंह, सिंहनीझै ढुक्छन् । तिनलाई उठाउने कसको आँट छ र? तिनलाई आशिष् दिने सबै आशिषित्् होऊन्; तिनलाई सराप दिने सबै श्रापित होऊन् ।”
10 And Balac was angry with Balaam, and clapped his hands together; and Balac said to Balaam, I called you to curse my enemy, and behold you have decidedly blessed [him] this third time.
बालाकको क्रोध बालामप्रति उर्लियो र तिनले आफ्ना हात ठटाए । बालाकले बालामलाई भने, “मैले मेरा शत्रुहरूलाई सराप दिन तपाईंलाई बोलाएँ, तर तपाईंले तिनीहरूलाई तिन पटकसम्म आशिष् दिनुभयो ।
11 Now therefore flee to your place: I said, I will honour you, but now the Lord has deprived you of glory.
त्यसैले अहिले नै गइहाल्नुहोस् । मैले तपाईंलाई भव्य इनाम दिन्छु भनेको थिएँ, तर परमप्रभुले तपाईंलाई इनाम पाउनबाट वञ्चित गर्नुभएको छ ।”
12 And Balaam said to Balac, Did I not speak to your messengers also whom you sent to me, saying,
त्यसपछि बालामले बालाकलाई जवाफ दिए, “तपाईंले मकहाँ पठाउनुभएका सन्देशवाहकहरूलाई भने,
13 If Balac should give me his house full of silver and gold, I shall not be able to transgress the word of the Lord to make it good or bad by myself; whatever things God shall say, them will I speak.
'बालाकलाई चाँदी र सुनले भरिएको तिनको दरबार नै दिए पनि, म परमप्रभुको बाहिर मैले चाहेको असल वा खराब कुनै पनि कुरा गर्न सक्दिनँ । म परमप्रभुले मलाई भन्नुहुने कुरा मात्र बताउन सक्छु ।' के मैले तिनीहरूलाई यो कुरा भनेको थिइनँ र?
14 And now, behold, I return to my place; come, I will advise you of what this people shall do to your people in the last days.
त्यसैले अब म मेरा मानिसहरूकहाँ फर्केर जाने छु । तर यी मानिसहरूले तपाईंका मानिसहरूलाई आगामी दिनहरूमा के गर्ने छन् पहिले तपाईंलाई चेताउनी दिन दिनुहोस् ।”
15 And he took up his parable and said, Balaam the son of Beor says, the man who sees truly says,
बालामले अगमवाणी गर्न थाले, “बओरका छोरा बालाम भन्छ, त्यो मानिस जसको आँखा खुला छन्, त्यसको वाणी ।
16 hearing the oracles of God, receiving knowledge from the Most High, and having seen a vision of God in sleep; his eyes were opened.
यो परमेश्वरको वचन सुन्नेको व्यक्तिको अगमवाणी हो, जससँग सर्वोच्चको ज्ञान छ, जससँग सर्वशक्तिमान्बाट आएको दर्शन छ, जसले उहाँको सामु खुला आँखाले दण्डवत् गर्छ ।
17 I will point to him, but not now; I bless him, but he draws not near: a star shall rise out of Jacob, a man shall spring out of Israel; and shall crush the princes of Moab, and shall spoil all the sons of Seth.
म उहाँलाई देख्छु, तर उहाँ अहिले यहाँ हुनुहुन्न । म उहाँलाई हेर्छु, तर उहाँ नजिक हुनुहुन्न । याकूबबाट एउटा तारा निस्की आउने छ र इस्राएलबाट राजदण्डको उदय हुने छ । तिनले मोआबका अगुवाहरूलाई चकनाचुर पार्ने छन् र शेथका सबै सन्तानलाई नष्ट पार्नेछन् ।
18 And Edom shall be an inheritance, and Esau his enemy shall be an inheritance [of Israel], and Israel wrought valiantly.
त्यसपछि एदोम इस्राएलको सम्पत्ति बन्ने छ र सेइर इस्राएलको अधीनमा हुने छ इस्राएलका शत्रुहरू जसलाई इस्राएलले बलले जित्नेछ ।
19 And [one] shall arise out of Jacob, and destroy out of the city him that escapes.
याकूबबाट एउटा राजा आउने छ जसले शासन गर्ने छ र तिनले तिनीहरूका सहरहरूका बाँचेकाहरूलाई नष्ट पार्ने छन् ।”
20 And having seen Amalec, he took up his parable and said, Amalec [is] the first of the nations; yet his seed shall perish.
त्यसपछि बालामले अमालेकतिर हेरे र अगमवाणी गर्न थाले, “अमालेक एक पटक जातिहरूमध्ये सबैभन्दा ठुलो थियो, तर त्यसको अन्त विनाश हुने छ ।”
21 And having seen the Kenite, he took up his parable and said, your dwelling-place [is] strong; yet though you should put your nest in a rock,
अनि बालामले केनीहरूतिर हेरे र अगमवाणी गर्न थाले, “तिमीहरू बस्ने ठाउँ बलियो छ र तिमीहरूका गुँड चट्टान हुने छ ।
22 and though Beor should have a skilfully contrived hiding-place, the Assyrians shall carry you away captive.
तथापि अश्शूरले तिमीहरूलाई कैद गरेर लाँदा तिमीहरू आगोले नष्ट हुने छौ ।
23 And he looked upon Og, and took up his parable and said, Oh, oh, who shall live, when God shall do these things?
बालामले तिनको अन्तिम अगमवाणी भने, “धिक्कार! परमेश्वरले यसो गर्नुहुँदा कोचाँहि बाँच्छ?
24 And one shall come forth from the hands of the Citians, and shall afflict Assur, and shall afflict the Hebrews, and they shall perish together.
कित्तीमको समुद्री तटबाट जहाजहरू आउने छन्; तिनीहरूले अश्शूरलाई आक्रमण गर्नेछन् र एबेरमाथि विजय हासिल गर्ने छन्, तर तिनीहरू अन्त पनि विनाशमा नै हुने छन् ।
25 And Balaam rose up and departed and returned to his place, and Balac went to his own home.
त्यसपछि बालाम उठे र हिँडे । तिनी आफ्नै घरतिर फर्के र बालाक पनि गए ।