< Psalms 122 >
1 A Song of Degrees. I was glad when they said to me, Let us go into the house of the Lord.
तिनीहरूले मलाई, “हामी परमप्रभुको मन्दिरमा जाऔं” भन्दा म खुसी हुन्थें ।
2 Our feet stood in thy courts, O Jerusalem.
ए यरूशलेम, हाम्रा खुट्टाहरू तेरा ढोकाहरूभित्र खडा छन् ।
3 Jerusalem is built as a city whose fellowship is complete.
ए यरूशलेम, होसियार भएर योजना गरी बनाइएको सहर हो ।
4 For thither the tribes went up, the tribes of the Lord, as a testimony for Israel, to give thanks unto the name of the Lord.
कुलहरू, परमप्रभुका कुलहरू, इस्राएलको साक्षीको रूपमा परमप्रभुको नाउँमा धन्यवाद दिनलाई यरूशलेममा जान्छन् ।
5 For there are set thrones for judgment, [even] thrones for the house of David.
त्यहाँ न्यायका सिंहासनहरू, दाऊदको घरानाको सिंहासनहरू खडा गरिएका थिए ।
6 Pray now for the peace of Jerusalem: and [let there be] prosperity to them that love thee.
यरूशलेमको शन्तिको निम्ति प्रार्थना गर । “तँलाई प्रेम गर्नेहरूलाई शान्ति मिलोस् ।
7 Let peace, I pray, be within thine host, and prosperity in thy palaces.
तेरो रक्षा गर्ने पर्खालहरूभित्र शान्ति रहोस् र तिनीहरूले तेरा किल्लाहरूभित्र शान्ति पाऊन् ।”
8 For the sake of my brethren and my neighbours, I have indeed spoken peace concerning thee.
मेरा दाजुभाइ र मित्रहरूका खातिर, म भन्नेछु, “तँभित्र शान्ति होस् ।”
9 Because of the house of the Lord our God, I have diligently sought thy good.
परमप्रभु हाम्रा परमेश्वरको मन्दिरको खातिर, म तेरो भलाइ खोज्नेछु ।