< Luke 14 >
1 And it came about that when he went into the house of one of the chief Pharisees on the Sabbath, to have a meal, they were watching him.
एउटा विश्राम दिनमा जब उहाँ फरिसीहरूका एक जना अगुवाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए ।
2 And a certain man was there who had a disease.
हेर, त्यहाँ उहाँको अगाडि एउटा मानिस थियो जो छारे रोगबाट ग्रसित थियो ।
3 And Jesus, answering, said to the scribes and Pharisees, Is it right to make people well on the Sabbath or not?
येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्नुभयो, “विश्राम दिनमा निको पार्नु उचित छ वा छैन?
4 But they said nothing. And he made him well and sent him away.
तर तिनीहरू मौन रहे । त्यसैले, येशूले त्यसलाई समातेर निको पार्नुभयो र उसलाई पठाइदिनुभयो ।
5 And he said to them, Which of you, whose ox or ass has got into a water-hole, will not straight away get him out on the Sabbath?
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्राम दिनको दिन इनारमा खसेको देख्दा तुरुन्तै बाहिर निकाल्दैन र?”
6 And they had no answer to that question.
तिनीहरूले ती कुराहरूको जवाफ दिन सकेनन् ।
7 And he gave teaching in the form of a story to the guests who came to the feast, when he saw how they took the best seats; saying to them,
जब येशूले ख्याल गर्नुभयो कि कसरी ती जो बोलाइएकाहरूले आदरको आसन छान्ने गर्दथे, तिनीहरूलाई उहाँले एउटा उखान भन्नुभयो ।
8 When you get a request to come to a feast, do not take the best seat, for a more important man than you may be coming,
“जब तिमीहरूलाई कसैले विवाह भोजमा बोलाउँछ, आदरको ठाउँमा नबस किनकि तिमीभन्दा अझै आदरको मानिसलाई बोलाएको हुन सक्दछ ।
9 And then the giver of the feast will come to you and say, Give your place to this man; and you, with shame, will have to take the lowest seat.
जब बोलाइएका दुवै जना आउँदछन्, उसले तिमीलाई भन्दछ, ‘तपाईं बसेको यो ठाउँ उहाँका लागि छोडिदिनुहोस्‘भन्ला र लाजकासाथ तिमीले त्यो ठाउँ छोडेर तल्लो ठाउँमा बस्नुपर्ने हुन्छ ।
10 But when you come, go and take the lowest seat, so that when the giver of the feast comes, he may say to you, Friend, come up higher; and then you will have honour in the eyes of all the others who are there.
तर जब तिमीलाई निमन्त्रणा गरिन्छ, गएर कम महत्त्वको ठाउँमा बस, ताकि तिमीलाई बोलाउने मानिस आएर साथी माथिल्लो स्थानमा गएर बस्नुहोस् भनेर भनोस् । तब तिम्रो टेबलमा बस्नेहरूका बिचमा तिम्रो आदर हुनेछ ।
11 For every man who gives himself a high place will be put down, but he who takes a low place will be lifted up.
हरेक जसले आफूलाई उचाल्दछ त्यसलाई होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ ।
12 And he said to the master of the house, When you give a feast, do not send for your friends and your brothers and your family or your neighbours who have wealth, for they may give a feast for you, and so you will get a reward.
उहाँलाई बोलाउनुभएको मानिसलाई येशूले भन्नुभयो, “जब तिमीले कसैलाई खाना खान बोलाउँछौ, तब आफ्ना साथीहरू वा आफ्ना दाजुभाइहरू वा आफ्ना नातेदारहरू वा आफ्ना धनी छिमेकीहरूलाई नबोलाऊ किनकि तिनीहरूले पनि तिमीलाई त्यसको बदला बोलाउन सक्दछन् ।
13 But when you give a feast, send for the poor and the blind and those who are broken in body:
तर जब तिमीले भोज दिन्छौ, गरिब, लुला-लङ्गडा र दृष्टिविहीनहरूलाई बोलाऊ ।
14 And you will have a blessing, because they will not be able to give you any payment, and you will get your reward when the upright come back from the dead.
र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ ।”
15 And, hearing these words, one of those who were at table with him said to him, Happy is the man who will be a guest in the kingdom of God.
येशूसँगै टेबुलमा बस्दा तिनीहरूमध्ये एक जना जसले यी कुराहरू सुन्यो, जब उसले उहाँलाई भन्यो, “त्यो धन्यको हो जसले परमेश्वरको राज्यमा रोटी खानेछ ।”
16 And he said to them, A certain man gave a great feast, and sent word of it to a number of people.
तर येशूले त्यसलाई भन्नुभयो, “एक जना मानिसले ठुलो भोजको आयोजना गर्यो र धेरैलाई निम्तो दियो ।
17 And when the time had come, he sent his servants to say to them, Come, for all things are now ready.
जब भोज तयार भयो, तब उसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई बोलाउन पठायो ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’
18 And they all gave reasons why they were not able to come. The first said to him, I have got a new field, and it is necessary for me to go and see it: I am full of regret that I am unable to come.
तिनीहरू सबैले फरक-फरक किसिमको बहाना बनाउन थाले । पहिलोले भन्यो, ‘मैले भर्खर खेत किनेको छु र मैले गएर त्यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’
19 And another said, I have got some cattle, and I am going to make a test of them: I am full of regret that I am unable to come.
र अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जोत्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’
20 And another said, I have been married, and so I am not able to come.
र अर्को मानिसले भन्यो, ‘मैले श्रीमती विवाह गरेको छु, त्यसकारण म आउन सक्दिनँ ।’
21 And the servant came back and gave his master an account of these things. Then the master of the house was angry and said to the servant, Go out quickly into the streets of the town and get the poor, the blind, and those who are broken in body.
त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्टिविहीनहरूलाई यहाँ ल्याऊ ।’
22 And the servant said, Lord, your orders have been done, and still there is room.
तब सेवकले भन्यो, ‘मालिक, तपाईंको आदेशअनुसार सबै कुरा भयो, तरै पनि त्यहाँ अझै ठाउँ बाँकी छ ।’
23 And the lord said to the servant, Go out into the roads and the fields, and make them come in, so that my house may be full.
मालिकले सेवकलाई भने, ‘राजमार्गहरू, गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन अनुरोध गर, ताकि मेरो घर भरिएको होस् ।
24 For I say to you that not one of those who were requested to come will have a taste of my feast.
किनकि म तिमीलाई भन्दछु, पहिला बोलाएकाहरू कसैले पनि मेरो भोज चाख्न पाउने छैन ।’
25 Now a great number of people went with him.
ठुलो भिड उहाँसँग गइराखेको थियो, र उहाँ तिनीहरूतिर फर्केर भन्नुभयो,
26 And turning round, he said to them, If any man comes to me, and has not hate for his father and mother and wife and children and brothers and sisters, and even for his life, he may not be my disciple.
“यदि कोही मेरो पछि आउँछ भने र आफ्नो आमा, बुबा, श्रीमती, छोराछोरी, दाजुभाइ र दिदी-बहिननी, र आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।
27 Whoever does not take up his cross and come after me may not be my disciple.
जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन ।
28 For which of you, desiring to put up a tower, does not first give much thought to the price, if he will have enough to make it complete?
तिमीहरूमध्ये को होला, जसले एउटा धरहरा बनाउने इच्छा गर्दछ र पहिला बसेर निर्माण सम्पन्न गर्न सक्ने रुपियाँ-पैसा छ कि छैन भनेर त्यसको हिसाब गर्दैन र?
29 For fear that if he makes a start and is not able to go on with it to the end, all who see it will be laughing at him,
नत्रभने, उसले जग बसालिसकेपछि निर्माण सम्पन्न गर्न सकेन भने, यसलाई देख्ने सबैले उसको गिल्ला गर्नेछन् र
30 And saying, This man made a start at building and is not able to make it complete.
भन्नेछन्, ‘यो मानिसले निर्माण गर्न त सुरु गर्यो तर सिद्धयाउन सकेन ।’
31 Or what king, going to war with another king, will not first take thought if he will be strong enough, with ten thousand men, to keep off him who comes against him with twenty thousand?
अथवा त्यो कस्तो राजा हो, जसले आफूसँग भएको दस हजार मानिसका साथ अर्को बिस हजार मानिस भएको राजासँग सामना गर्न सक्छु कि सक्दिनँ भनी पहिला बसेर सल्लाह लिँदैन?
32 Or while the other is still a great distance away, he sends representatives requesting conditions of peace.
र यदि सक्दैन भने, अर्को सेना टाढा हुदाँ नै उसको राजदूत पठाएर शान्तिको शर्त राख्न सक्छ ।
33 And so whoever is not ready to give up all he has may not be my disciple.
त्यसैले, तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्न सक्दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।
34 For salt is good, but if the taste goes from it, of what use is it?
नुन असल हो, तर यदि नुनले यसको स्वाद गुमायो भने, यसलाई कसरी फेरि नुनिलो बनाउने?
35 It is no good for the land or for the place of waste; no one has a use for it. He who has ears, let him give ear.
यो जमिनको लागि काम लाग्दैन वा मलको थुप्रोको लागि पनि । यो कुल्चन र फ्याँक्न को लागि मात्र हुन्छ । जसको कान छ, त्यसले सुनोस् ।”