< Psalms 76 >

1 For the choirmaster. With stringed instruments. A Psalm of Asaph. A song. God is known in Judah; His name is great in Israel.
परमेश्‍वरले आफैलाई यहूदामा प्रकट गर्नुभएको छ । इस्राएलमा उहाँको नाउँ महान् छ ।
2 His tent is in Salem, His dwelling place in Zion.
उहाँको पाल शालेममा छ । उहाँको बासस्‍थान सियोनमा छ ।
3 There He shattered the flaming arrows, the shield and sword and weapons of war.
त्यहाँ उहाँले धनुको काँड, तरवार, ढाल र युद्धका अन्य हतियारहरू नष्‍ट गर्नुभयो । सेला
4 You are resplendent with light, more majestic than mountains filled with game.
पर्वतहरूमाथि तपाईंले आफ्‍ना शिकारहरू मारेर ओर्लनुहुँदा तपाईं चम्‍किनुहुन्‍छ र आफ्‍नो माहिमा प्रकट गर्नुहुन्छ ।
5 The valiant lie plundered; they sleep their last sleep. No men of might could lift a hand.
साहसी हृदय भएकाहरू लुटिएका थिए । तिनीहरू मस्त निद्रमा परे । सबै योद्धाहरू असहाय थिए ।
6 At Your rebuke, O God of Jacob, both horse and rider lie stunned.
हे याकूबको परमेश्‍वर, तपाईंले हप्काउनुहुँदा घोडाचढी र घोडा दुवै मस्त निद्रामा परे ।
7 You alone are to be feared. When You are angry, who can stand before You?
तपाईंको, हो तपाईंकै भय मानिन्छ । तपाईं रिसाउनुहुँदा तपाईंको सामु को खडा हुन सक्छ र?
8 From heaven You pronounced judgment, and the earth feared and was still
स्वर्गबाट तपाईंले आफ्नो न्याय सुनाउनुभयो । पृथ्वी भयभीत र चूपचाप थियो ।
9 when God rose up to judge, to save all the lowly of the earth.
हे परमेश्‍वर, जति बेला तपाईं न्याय गर्न र पृथ्वीका सबै थिचोमिचोमा परेकाहरूलाई बचाउन उठ्नुभयो । सेला
10 Even the wrath of man shall praise You; with the survivors of wrath You will clothe Yourself.
निश्‍चय नै, मानवजातिको विरुद्धमा तपाईंको क्रोधपूर्ण न्यायले तपाईंलाई प्रशंसा ल्याउनेछ । तपाईंको क्रोधबाट बाँकी रहेकाहरूले तपाईंले आफूलाई घेर्नुहोस् ।
11 Make and fulfill your vows to the LORD your God; let all the neighboring lands bring tribute to Him who is to be feared.
परमप्रभु आफ्‍ना परमेश्‍वरसँग भाकल गर र ती पुरा गर । उहाँको वरिपरि भएका सबै जनाले उहाँलाई उपहारहरू ल्याऊन् जसको भय मान्‍नुपर्छ ।
12 He breaks the spirits of princes; He is feared by the kings of the earth.
उहाँले शासकहरूका आत्मा नाश पार्नुहुन्छ । पृथ्वीका राजाहरूले उहाँको भय मान्छन् ।

< Psalms 76 >