< Psalms 69 >
1 For the choirmaster. To the tune of “Lilies.” Of David. Save me, O God, for the waters are up to my neck.
सङ्गीत निर्देशकको निम्ति, “लिली फूल” को रागमा आधारित, दावीदको भजन। हे परमेश्वर, मलाई बचाउनुहोस्; किनकि पानी मेरो घाँटीसम्म आइसकेको छ।
2 I have sunk into the miry depths, where there is no footing; I have drifted into deep waters, where the flood engulfs me.
म गहिरो दलदलमा डुब्दैछु, जहाँ उभिने ठाउँ नै छैन। म गहिरो पानीमा डुबेको छु; बाढीहरू ममाथि उर्लन्छन्।
3 I am weary from my crying; my throat is parched. My eyes fail, looking for my God.
सहायताको लागि पुकार गर्दा-गर्दा म थाकिसकेको छु; मेरो घाँटी सुकेको छ। मेरा परमेश्वरको खोजी गर्दा-गर्दा मेरा आँखाहरू कमजोर भएका छन्।
4 Those who hate me without cause outnumber the hairs of my head; many are those who would destroy me— my enemies for no reason. Though I did not steal, I must repay.
कारणविना मलाई घृणा गर्नेहरू मेरो टाउकोका केशभन्दा धेरै छन्; कारणविना मेरा शत्रुहरू धेरै छन्, जसले मलाई मार्न खोजिहिँड्छन्। जुन कुरा मैले चोरेकै छैनँ, मलाई त्यसको भरपाई गर्न बाध्य तुल्याइएको छु।
5 You know my folly, O God, and my guilt is not hidden from You.
हे परमेश्वर, तपाईं मेरो मूर्खता जान्नुहुन्छ; मेरा दोषहरू तपाईंबाट लुकेका छैनन्।
6 May those who hope in You not be ashamed through me, O Lord GOD of Hosts; may those who seek You not be dishonored through me, O God of Israel.
हे प्रभु, सेनाहरूका याहवेह, तपाईंमा आशा राख्नेहरू मेरो कारणले शर्ममा नपरून्; हे इस्राएलका परमेश्वर, तपाईंलाई खोज्नेहरू मेरो कारणले लाजमा नपरून्।
7 For I have endured scorn for Your sake, and shame has covered my face.
किनकि तपाईंको खातिर मैले तिरस्कार सहेको छु; मेरो अनुहार लाजले ढाकेको छ।
8 I have become a stranger to my brothers and a foreigner to my mother’s sons,
मेरा आफन्तका बीचमा म विदेशी भएको छु, मेरा साक्खै दाजुभाइ-दिदीबहिनीहरूका बीच म बिरानो भएको छु;
9 because zeal for Your house has consumed me, and the insults of those who insult You have fallen on me.
किनकि तपाईंको घरप्रतिको जोशले मलाई खाएको छ, र तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि आइपरेको छ।
10 I wept and fasted, but it brought me reproach.
जब म रुन्छु, र उपवास बस्छु, मैले अपमान सहनैपर्छ;
11 I made sackcloth my clothing, and I was sport to them.
जब म भाङ्ग्रा लगाउँछु, मानिसहरू मेरो हाँसो गर्दछन्।
12 Those who sit at the gate mock me, and I am the song of drunkards.
सहरको मूलढोकामा बस्ने मानिसहरूले मेरो ठट्टा उडाउँछन्; अनि म मतवालाहरूको गीत बनेको छु।
13 But my prayer to You, O LORD, is for a time of favor. In Your abundant loving devotion, O God, answer me with Your sure salvation.
तर हे याहवेह, तपाईंको ग्रहणयोग्य समयमा, म तपाईंलाई प्रार्थना गर्दछु; हे परमेश्वर, तपाईंको अचुक प्रेममा, तपाईंको निश्चित छुटकाराले मलाई उत्तर दिनुहोस्।
14 Rescue me from the mire and do not let me sink; deliver me from my foes and out of the deep waters.
मलाई दलदले हिलोबाट बचाउनुहोस्! मलाई डुब्न नदिनुहोस्, घृणा गर्नेहरूबाट, गहिरो पानीबाट मलाई बचाउनुहोस्!
15 Do not let the floods engulf me or the depths swallow me up; let not the Pit close its mouth over me.
मलाई पानीको बाढीले नछोपोस् वा पानीको गहिराइले मलाई ननिलोस्, वा चिहानको मुख ममाथि बन्द नहोस्!
16 Answer me, O LORD, for Your loving devotion is good; turn to me in keeping with Your great compassion.
हे याहवेह, तपाईंको अचुक प्रेमको उत्तमतामा मलाई जवाफ दिनुहोस्; तपाईंको महान् कृपामा मतिर फर्कनुहोस्।
17 Hide not Your face from Your servant, for I am in distress. Answer me quickly!
तपाईंको सेवकबाट आफ्नो मुहार नलुकाउनुहोस्; मलाई चाँडै जवाफ दिनुहोस्, किनकि म सङ्कटमा परेको छु।
18 Draw near to my soul and redeem me; ransom me because of my foes.
मेरो नजिक आएर मेरो उद्धार गर्नुहोस्; मेरा शत्रुहरूका कारण मलाई छुटाउनुहोस्!
19 You know my reproach, my shame and disgrace. All my adversaries are before You.
म अपमानित भएको, म शर्ममा परेको, र मेरो बेइज्जत भएको तपाईंलाई थाहा छ; मेरा सबै शत्रुहरू तपाईंकै सामु छन्।
20 Insults have broken my heart, and I am in despair. I looked for sympathy, but there was none, for comforters, but I found no one.
अपमानले गर्दा मेरो मन टुटेको छ; र म निरीह भएको छु; मलाई सहानुभूति देखाउने कोही छन् कि भनेर खोजी गरेँ, तर कोही थिएनन्; र सान्त्वना दिनेहरू पनि खोजेँ, तर कोही भेटिनँ।
21 They poisoned my food with gall and gave me vinegar to quench my thirst.
मेरो खानामा तिनीहरूले पित्त हाले, म तिर्खाउँदा सिर्का पिउन दिए।
22 May their table become a snare; may it be a retribution and a trap.
तिनीहरूका अगि राखिएको भोजन तिनीहरूका निम्ति पासो बनोस्; र तिनीहरूका समृद्धि नै तिनीहरूको पासो बनोस्!
23 May their eyes be darkened so they cannot see, and their backs be bent forever.
तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्; तिनीहरूका ढाड सदा कुप्रिरहून्!
24 Pour out Your wrath upon them, and let Your burning anger overtake them.
तपाईंको क्रोध तिनीहरूमाथि खन्याउनुहोस्; तपाईंको रिसको आगो तिनीहरूमाथि आइपरोस्!
25 May their place be deserted; let there be no one to dwell in their tents.
तिनीहरूको स्थान उजाड भइजाओस्; तिनीहरूका पालहरूमा बास गर्ने कोही नहोस्।
26 For they persecute the one You struck and recount the pain of those You wounded.
किनकि तपाईंले ताडना दिनु भएकाहरूलाई तिनीहरूले सताउँछन्, र तपाईंले घाइते पार्नुभएकाहरूका बारेमा तिनीहरूले कुरा काट्छन्।
27 Add iniquity to their iniquity; let them not share in Your righteousness.
तपाईंले तिनीहरूको अपराधमाथि अपराधको हिसाब राख्नुहोस्; र तिनीहरू तपाईंको मुक्तिमा सहभागी हुन नपाऊन्।
28 May they be blotted out of the Book of Life and not listed with the righteous.
जीवनको पुस्तकबाट तिनीहरूका नाम मेटिओस्, र धर्मी जनहरूसँग तिनीहरू गन्ती नहोऊन्।
29 But I am in pain and distress; let Your salvation protect me, O God.
तर म त दुःखित र पीडित छु— हे परमेश्वर, तपाईंको मुक्तिले मलाई सुरक्षा गरोस्!
30 I will praise God’s name in song and exalt Him with thanksgiving.
गीत गाएर म परमेश्वरको नामको प्रशंसा गर्नेछु, र धन्यवादसाथ उहाँलाई महिमा गर्नेछु।
31 And this will please the LORD more than an ox, more than a bull with horns and hooves.
यस कुराले याहवेहलाई साँढेको बलिभन्दा बढी सिङ र खुर भएको बहरको बलिले भन्दा बढी प्रसन्न पार्नेछ।
32 The humble will see and rejoice. You who seek God, let your hearts be revived!
थिचोमिचोमा परेकाहरू यो कुरा देखेर रमाउनेछन्— हे परमेश्वरलाई खोज्नेहरू हो, तिमीहरूको हृदय नयाँ जोसले भरियोस्।
33 For the LORD listens to the needy and does not despise His captive people.
याहवेहले अभावमा परेकाहरूको पुकार सुन्नुहुन्छ, र बन्धनमा परेका आफ्ना मानिसहरूलाई अवहेलना गर्नुहुन्न।
34 Let heaven and earth praise Him, the seas and everything that moves in them.
स्वर्ग, पृथ्वी, समुद्र र तिनमा हिँड्डुल गर्ने सारा सृष्टिले परमेश्वरको प्रशंसा गरून्!
35 For God will save Zion and rebuild the cities of Judah, that they may dwell there and possess it.
किनकि परमेश्वरले सियोनलाई बचाउनुहुनेछ, र यहूदाका सहरहरूलाई पुनर्निर्माण गर्नुहुनेछ। तब उहाँका मानिसहरू त्यहाँ बस्नेछन्, र त्यसमाथि कब्जा गर्नेछन्;
36 The descendants of His servants will inherit it, and those who love His name will settle in it.
उहाँका सेवकहरूका सन्तानहरू त्यहाँ उत्तराधिकार हुनेछन्; अनि उहाँको नामलाई प्रेम गर्नेहरू त्यहाँ बास गर्नेछन्।