< Psalms 66 >
1 For the choirmaster. A song. A Psalm. Make a joyful noise to God, all the earth!
हे सारा पृथ्वी, परमेश्वरको निम्ति आनन्दले कराओ ।
2 Sing the glory of His name; make His praise glorious.
उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ ।
3 Say to God, “How awesome are Your deeds! So great is Your power that Your enemies cower before You.
परमेश्वरलाई भन, “तपाईंका कामहरू कति भयानक छन् । तपाईंको शक्तिको महान्ताद्वारा तपाईंका शत्रुहरू तपाईंको अधीनतामा आउनेछन् ।
4 All the earth bows down to You; they sing praise to You; they sing praise to Your name.”
सारा पृथ्वीले तपाईंको आराधना गर्नेछ र तपाईंको स्तुति गाउने छ । तिनीहरूले तपाईंको नाउँको स्तुति गाउनेछन् ।” सेला
5 Come and see the works of God; how awesome are His deeds toward mankind.
आओ र परमेश्वरका कामहरू हेर । मानवजातिका सन्तानहरूका निम्ति उहाँले गर्नुभएका कामहरूमा उहाँ भयवह हुनुहुन्छ ।
6 He turned the sea into dry land; they passed through the waters on foot; there we rejoiced in Him.
उहाँले समुद्रलाई सुख्खा जमिन बनाउनुभयो । तिनीहरूले नदीमा खुट्टाले हिंडेर तरे । त्यहाँ हामी उहाँमा आनन्दित भयौं ।
7 He rules forever by His power; His eyes watch the nations. Do not let the rebellious exalt themselves.
उहाँले आफ्नो शक्तिले सदासर्वदा शासन गर्नुहुन्छ । उहाँका आँखाहरूले जातिहरूलाई नियाल्छन् । विद्रोहीहरूले आफैलाई उच्च नपारून् । सेला
8 Bless our God, O peoples; let the sound of His praise be heard.
हे मानिसहरू हो, परमेश्वरलाई धन्यको भन । उहाँको प्रशंसाको आवाज सुनियोस् ।
9 He preserves our lives and keeps our feet from slipping.
उहाँले हामीलाई जीवितहरूका माझमा राख्नुहुन्छ र उहाँले हाम्रा खुट्टाहरूलाई चिप्लन दिनुहुन्न ।
10 For You, O God, have tested us; You have refined us like silver.
हे परमेश्वर, तपाईंले हामीलाई जाँच्नुभएको छ । तपाईंले हामीलाई चाँदीलाई जाँचेझैं जाँच गर्नुभएको छ ।
11 You led us into the net; You laid burdens on our backs.
तपाईंले हामीलाई जालभित्र ल्याउनुभयो । तपाईंले हाम्रो पिठ्युमाथि गह्रौं बोझ राख्नुभयो ।
12 You let men ride over our heads; we went through fire and water, but You brought us into abundance.
तपाईंले मानिसहरूलाई हाम्रा शिरहरूमा टेक्न लगाउनुभएको छ । हामी आगो र पानीबाट भएर गयौ, तर तपाईंले हामीलाई फराकिलो ठाउँमा ल्याउनुभयो ।
13 I will enter Your house with burnt offerings; I will fulfill my vows to You—
म तपाईंको मन्दिरमा होमबलि लएर आउनेछु । म तपाईंमा आफ्नो भाकल पुरा गर्नेछु,
14 the vows that my lips promised and my mouth spoke in my distress.
जुन म संकष्टमा हुँदा मेरा ओठहरूले प्रतिज्ञा गरे र मेरो मुखले बोले ।
15 I will offer You fatlings as burnt offerings, with the fragrant smoke of rams; I will offer bulls and goats.
म तपाईंलाई थुमाहरूको सुगन्धित बास्नासहितको पशुहरूको होमबलि चढाउनेछु । म साँढेहरू र बोकाहरू चढाउनेछु । सेला
16 Come and listen, all you who fear God, and I will declare what He has done for me.
हे सबै परमेश्वरको भय मान्नेहरू हो, आओ र सुन । र उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु ।
17 I cried out to Him with my mouth and praised Him with my tongue.
मैले आफ्नो मुखले उहाँमा पुकारा गरें र मेरो जिब्रोले उहाँको प्रशंसा गर्यो ।
18 If I had cherished iniquity in my heart, the Lord would not have listened.
मैले आफ्नो हृदयभित्र पाप देखेको भए, परमप्रभुले मेरो पुकारा सुन्नुहुनेथिएन ।
19 But God has surely heard; He has attended to the sound of my prayer.
तर परमेश्वरले साँच्चै सुन्नुभएको छ । उहाँले मेरो प्रार्थनाको आवाजमा ध्यान दिनुभएको छ ।
20 Blessed be God, who has not rejected my prayer or withheld from me His loving devotion!
परमेश्वर धन्यको हुनुहुन्छ, जसले मेरो प्रार्थना वा उहाँको करारको विश्वस्ततालाई मबाट हटाउनुभएको छैन ।