< Psalms 55 >
1 For the choirmaster. With stringed instruments. A Maskil of David. Listen to my prayer, O God, and do not ignore my plea.
हे परमेश्वर, मेरो प्रार्थनामा कान थाप्नुहोस् । मेरो बिन्तीबाट आफूलाई नलुकाउनुहोस् ।
2 Attend to me and answer me. I am restless in my complaint, and distraught
मलाई ध्यान दिनुहोस् र मलाई जवाफ दिनुहोस् । मेरो कष्टमा मलाई विश्रम हुँदैन ।
3 at the voice of the enemy, at the pressure of the wicked. For they release disaster upon me and revile me in their anger.
मेरा शत्रुहरूका आवाजको कारणले, दुष्टहरूका थिचोमिचोका कारणले । किनकि तिनीहरूले ममाथि कष्ट ल्याउँछन् र रिसमा मलाई सताउँछन् ।
4 My heart murmurs within me, and the terrors of death assail me.
मेरो हृदय मभित्र काम्छ र मृत्युका त्रासहरू ममाथि परेका छन् ।
5 Fear and trembling grip me, and horror has overwhelmed me.
डर र कम्पन ममाथि आइपरेको छ र त्रासले मलाई व्याकुल बनाएको छ ।
6 I said, “Oh, that I had wings like a dove! I would fly away and find rest.
मैले भनें, “मसित ढुकुरका जस्ता पखेटाहरू भए त! तब म उडेर जाने र विश्रम लिने थिएँ ।
7 How far away I would flee! In the wilderness I would remain.
हेर्नुहोस्, तब म टाढा जाने थिएँ । म उजाड-स्थानमा बस्ने थिएँ । सेला
8 I would hurry to my shelter, far from this raging tempest.”
आँधी र हुरीबाट बच्न हतार गरेर म शरणस्थाणमा जाने थिएँ ।”
9 O Lord, confuse and confound their speech, for I see violence and strife in the city.
हे परमप्रभु, तिनीहरूलाई भस्म पार्नुहोस् । तिनीहरूको भाषा खल्बल्याउनुहोस्! किनकि मैले सहरमा हिंसा र कलह देखेको छु ।
10 Day and night they encircle the walls, while malice and trouble lie within.
दिनरात तिनीहरू पर्खालहरूमा चढेर घुम्छन् । अधर्म र हानि यसको माझमा छन् ।
11 Destruction is within; oppression and deceit never leave the streets.
यसको बिचमा दुष्टता छ । थिचोमिचो र छलले यसका गल्लीहरूलाई छोड्दैनन् ।
12 For it is not an enemy who insults me; that I could endure. It is not a foe who rises against me; from him I could hide.
किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्यो सहनेथिएँ । न त मेरो विरुद्ध उठ्ने मलाई घृणा गर्ने व्यक्ति नै थियो, तब म त्यसबाट लुक्नेथिएँ ।
13 But it is you, a man like myself, my companion and close friend.
तर यो त त्यही, म समानको मानिस, मेरो मित्र र मेरो घनिष्ठ साथी थियो ।
14 We shared sweet fellowship together; we walked with the crowd into the house of God.
हामीले एकसाथ मीठो सङ्गति गर्थ्यौं । भीडको साथमा हामी परमेश्वरको भवनमा जान्थ्यौं ।
15 Let death seize them by surprise; let them go down to Sheol alive, for evil is with them in their homes. (Sheol )
तिनीहरूमाथि अचानक मृत्यु आइ लागोस् । तिनीहरू जिउँदै चिहानमा जाऊन् किनकि तिनीहरू जहाँ बस्छन् त्यहाँ तिनीहरूकै माझमा दुष्टता छ । (Sheol )
16 But I call to God, and the LORD saves me.
मेरो बारेमा, म परमेश्वरलाई पुकार्छु र पमरप्रभुले मलाई बचाउनुहुनेछ ।
17 Morning, noon, and night, I cry out in distress, and He hears my voice.
साँझ, बिहान र मध्यन्हमा म गुनासो गर्छु र विलाप गर्छु । उहाँले मेरो आवाज सुन्नुहुनेछ ।
18 He redeems my soul in peace from the battle waged against me, even though many oppose me.
मेरो विरुद्धमा भएको युद्धबाट उहाँले मेरो जीवनलाई सुरक्षित छुट्टाउनुहुन्छ, किनकि मेरो विरुद्धमा युद्ध गर्नेहरू धैरै जना थिए ।
19 God will hear and humiliate them— the One enthroned for the ages— (Selah) because they do not change and they have no fear of God.
परमेश्वर, जसले अनन्तदेखि राज्य गर्नुहुन्छ उहाँले तिनीहरूका कुरा सुन्नुहुनेछ र तिनीहरूको अपमान गर्नुहुनेछ । सेला तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूले परमेश्वरको भय मान्दैनन् ।
20 My companion attacks his friends; he violates his covenant.
मेरो मित्रले आफूसँग मिलापमा भएकाहरूका विरुद्धमा आफ्नो हात उठाएको छ । उसले बाँधेको करारलाई उसले आदर गरेको छैन ।
21 His speech is smooth as butter, but war is in his heart. His words are softer than oil, yet they are swords unsheathed.
उसको मुखले नौनीझैं चिप्लो थियो, तर त्यसको हृदय शत्रुतापूर्ण थियो । त्यसका शब्दहरू तेलभन्दा पनि चिल्ला थिए, तापनि तिनीहरू वास्तवमा नाङ्गो तरवारहरू नै थिए ।
22 Cast your burden upon the LORD and He will sustain you; He will never let the righteous be shaken.
आफ्ना बोझहरू परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ । उहाँले धर्मी मानिसलाई कहिल्यै पनि डग्न दिनुहुन्न ।
23 But You, O God, will bring them down to the Pit of destruction; men of bloodshed and deceit will not live out half their days. But I will trust in You.
तर हे परमेश्वर, तपाईंले दुष्टलाई तल विनाशको खडलमा लानुहुनेछ । रक्तपात गर्नेहरू र छली मानिसहरू अरूभन्दा आधा आयुसम्म पनि बँच्दैनन्, तर म तपाईंमा नै भरोसा गर्छु ।