< Psalms 54 >
1 For the choirmaster. With stringed instruments. A Maskil of David. When the Ziphites went to Saul and said, “Is David not hiding among us?” Save me, O God, by Your name, and vindicate me by Your might!
हे परमेश्वर, मलाई तपाईंको नाउँद्वारा बचाउनुहोस् र तपाईंको शक्तिले न्याय गर्नुहोस् ।
2 Hear my prayer, O God; listen to the words of my mouth.
हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस् । मेरो मुखका शब्दहरूमा कान थाप्नुहोस् ।
3 For strangers rise up against me, and ruthless men seek my life— men with no regard for God.
किनकि विदेशीहरू मेरो विरुद्धमा उठेका छन् र निर्दयी मानिसहरूले मेरो ज्यान लिन खोजेका छन् । तिनीहरूले आफ्नो सामु परमेश्वरलाई राखेका छैनन् । सेला
4 Surely God is my helper; the Lord is the sustainer of my soul.
हेर, परमेश्वर मेरो सहायक हुनुहुन्छ । मलाई उचाल्नुहुने परमप्रभु नै हुनुहुन्छ ।
5 He will reward my enemies with evil. In Your faithfulness, destroy them.
उहाँले मेरा शत्रुहरूलाई खराबीको प्रतिफल दिनुहुनेछ । आफ्नो विश्वस्ततामा तिनीहरूको नाश गर्नुहोस्!
6 Freely I will sacrifice to You; I will praise Your name, O LORD, for it is good.
म तपाईंलाई स्वेच्छा बलि चढाउनेछु । हे परमप्रभु, म तपाईंको नाउँलाई धन्यवाद दिनेछु, किनकि यो असल छ ।
7 For He has delivered me from every trouble, and my eyes have stared down my foes.
किनकि उहाँले मलाई हरेक कष्टबाट बचानुभएको छ । मेरो आँखाले मेरा शत्रहरूमाथि विजयको दृष्टिले हरेको छ ।