< Psalms 28 >
1 Of David. To You, O LORD, I call; be not deaf to me, O my Rock. For if You remain silent, I will be like those descending to the Pit.
दावीदको भजन। हे याहवेह, म तपाईंलाई पुकार्दछु; तपाईं मेरा चट्टान हुनुहुन्छ, मेरो पुकार नसुनेजस्तो नगर्नुहोस्; किनकि यदि तपाईं मौन रहनुभयो भने, म चिहानमा पर्नेहरूजस्तै हुनेछु।
2 Hear my cry for mercy when I call to You for help, when I lift up my hands toward Your holy sanctuary.
मेरा हातहरू तपाईंको महा-पवित्रस्थानतर्फ पसार्दा, मदतको निम्ति मैले तपाईंलाई पुकार्दा, तपाईंको कृपाको निम्ति मेरो पुकार सुन्नुहोस्।
3 Do not drag me away with the wicked, and with the workers of iniquity, who speak peace to their neighbors while malice is in their hearts.
मलाई दुष्टहरूसित मर्नलाई नलैजानुहोस्; ती दुष्ट काम गर्नेहरूसित, जो छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्छन्, तर तिनीहरूका हृदयमा भने उनीहरूलाई क्षति पुर्याउने योजना गर्छन्।
4 Repay them according to their deeds and for their works of evil. Repay them for what their hands have done; bring back on them what they deserve.
तिनीहरूका काम र तिनीहरूले गरेका दुष्ट कामअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्; तिनीहरूका हातका कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहोस्; र तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरूलाई दिनुहोस्।
5 Since they show no regard for the works of the LORD or what His hands have done, He will tear them down and never rebuild them.
किनकि तिनीहरूले याहवेहका कामहरू, र उहाँका हातले गरेका कामहरूको इज्जत गर्दैनन्; उहाँले तिनीहरूलाई नष्ट पार्नुहुनेछ, र तिनीहरूलाई फेरि पुनर्निर्माण गर्नुहुनेछैन।
6 Blessed be the LORD, for He has heard my cry for mercy.
याहवेहलाई प्रशंसा होस्; किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्नुभएको छ।
7 The LORD is my strength and my shield; my heart trusts in Him, and I am helped. Therefore my heart rejoices, and I give thanks to Him with my song.
याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ; मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ; मेरो हृदय आनन्दले उफ्रन्छ, र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु।
8 The LORD is the strength of His people, a stronghold of salvation for His anointed.
याहवेह आफ्नो प्रजाको निम्ति शक्ति हुनुहुन्छ, र आफ्नो अभिषिक्त जनको निम्ति मुक्तिको किल्ला हुनुहुन्छ।
9 Save Your people and bless Your inheritance; shepherd them and carry them forever.
तपाईंको प्रजाहरूलाई बचाउनुहोस् र तपाईंको उत्तराधिकारलाई आशिष् दिनुहोस्; तिनीहरूका गोठालो हुनुहोस् र सदाकालको निम्ति तिनीहरूलाई सम्हाल्नुहोस्।