< Psalms 113 >
1 Hallelujah! Give praise, O servants of the LORD; praise the name of the LORD.
याहवेहको प्रशंसा गर! हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर! याहवेहको नामको प्रशंसा गर!
2 Blessed be the name of the LORD both now and forevermore.
अहिलेदेखि लिएर सदासर्वदा, याहवेहको नामको प्रशंसा भइरहोस्!
3 From where the sun rises to where it sets, the name of the LORD is praised.
सूर्योदयदेखि सूर्यास्तसम्म नै याहवेहको नामको प्रशंसा हुनुपर्छ!
4 The LORD is exalted over all the nations, His glory above the heavens.
याहवेह सबै राष्ट्रहरूमाथि सर्वोच्च हुनुहुन्छ; र उहाँको महिमा आकाशभन्दा उच्च छ।
5 Who is like the LORD our God, the One enthroned on high?
याहवेह हाम्रा परमेश्वरजस्तो को छ र? उहाँ उच्च सिंहासनमा विराजमान हुनुहुन्छ,
6 He humbles Himself to behold the heavens and the earth.
जो स्वर्ग र पृथ्वीलाई हेर्न भनी तल निहुरनुहुन्छ।
7 He raises the poor from the dust and lifts the needy from the dump
उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ, अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ।
8 to seat them with nobles, with the princes of His people.
उहाँले तिनीहरूलाई राजकुमारहरूसित, आफ्नै प्रजाका राजकुमारहरूसित बसाउनुहुन्छ।
9 He settles the barren woman in her home as a joyful mother to her children. Hallelujah!
उहाँले बाँझी स्त्रीलाई सन्तान दिनुभएर उनलाई सुखी आमाको रूपमा उनको घरमा स्थिर गरिदिनुहुन्छ। याहवेहको प्रशंसा गर!