< Numbers 7 >

1 On the day Moses finished setting up the tabernacle, he anointed and consecrated it and all its furnishings, along with the altar and all its utensils.
मोशाले पवित्र वासस्थान पुरा गरेका दिन तिनले यसलाई यसका सबै सरसामानसँगै परमप्रभुको निम्ति अलग गरे । तिनले यसका भाँडाकुँडाहरूलाई पनि त्यसै गरे । तिनले तिनीहरूलाई पनि अभिषेक गरे र परप्रभुको निम्ति अर्पण गरे ।
2 And the leaders of Israel, the heads of their families, presented an offering. These men were the tribal leaders who had supervised the registration.
त्यस दिन इस्राएलका अगुवाहरू, तिनीहरूका आ-आफ्ना पुर्खाहरूका परिवारका मुखियाहरूले बलिदानहरू चढाए । यी मानिसहरू कुलका प्रमुखहरू थिए । तिनीहरूले पुरुषहरूको जनगणनाको देखरेख गरेका थिए ।
3 They brought as their offering before the LORD six covered carts and twelve oxen—an ox from each leader and a cart from every two leaders—and presented them before the tabernacle.
तिनीहरूले आफ्‍ना बलिदानहरू परमप्रभुको सामु ल्याए । तिनीहरूले छोपिएका छवटा गाडा र बाह्रवटा गोरु ल्याए । तिनीहरूले दुई-दुई जना अगुवाको निम्ति एउटा गाडा र हरेक अगुवाले एउटा-एउटा गोरु ल्याए । तिनीहरूले यी थोकहरूलाई पवित्र वासस्थानको सामु चढाए ।
4 And the LORD said to Moses,
त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,
5 “Accept these gifts from them, that they may be used in the work of the Tent of Meeting. And give them to the Levites, to each man according to his service.”
“तिनीहरूले चढाएका बलिहरू स्वीकार गर् र तिनीहरूलाई भेट हुने पालको कामको निम्ति प्रयोग गर् ।”
6 So Moses took the carts and oxen and gave them to the Levites.
मोशाले गाडाहरू र गोरुहरू लिएर तिनले ती लेवीहरूलाई दिए ।
7 He gave the Gershonites two carts and four oxen, as their service required,
तिनले दुईवटा गाडा र चारवटा गोरु तिनीहरूका कामलाई आवश्यक पर्ने हुनाले गेर्शोनका सन्तानहरूलाई दिए ।
8 and he gave the Merarites four carts and eight oxen, as their service required, all under the direction of Ithamar son of Aaron the priest.
तिनले चारवटा गाडा र आठवटा गोरु पुजारी हारूनका छोरा ईतामारको देखरेखमा भएका मरारीहरूका सन्तानहरूलाई दिए । यो तिनीहरूका कामलाई आवश्‍यक पर्ने भएकोले तिनले यसो गरे ।
9 But he did not give any to the Kohathites, since they were to carry on their shoulders the holy objects for which they were responsible.
तर तिनले कहातका सन्तानहरूलाई ती कुनै पनि कुरा दिएनन्, किनभने तिनीहरूका कामहरू परमप्रभुसँग सम्बन्धित थियो जसलाई तिनीहरूले आ-आफ्ना काँधहरूमाथि बोक्‍नुपर्थ्यो ।
10 When the altar was anointed, the leaders approached with their offerings for its dedication and presented them before the altar.
मोशाले वेदीलाई अभिषेक गरेका दिन अगुवाहरूले वेदीको अर्पणको निम्ति आ-आफ्ना सामानहरू चढाए । अगुवाहरूले वेदीको सामु भेटीहरू चढाए ।
11 And the LORD said to Moses, “Each day one leader is to present his offering for the dedication of the altar.”
परमप्रभुले मोशालाई भन्‍नुभयो, “हरेक अगुवाले वेदीको समर्पणको निम्ति आ-आफ्नो दिनमा आ-आफ्नो भेटीहरू चढाउनुपर्छ ।”
12 On the first day Nahshon son of Amminadab from the tribe of Judah drew near with his offering.
पहिलो दिनमा, यहूदाको कुलका अम्मीनादाबका छोरा नहशोनले आफ्नो भेटी चढाए ।
13 His offering was one silver platter weighing a hundred and thirty shekels, and one silver bowl weighing seventy shekels, both according to the sanctuary shekel and filled with fine flour mixed with oil for a grain offering;
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
14 one gold dish weighing ten shekels, filled with incense;
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
15 one young bull, one ram, and one male lamb a year old for a burnt offering;
तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
16 one male goat for a sin offering;
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
17 and a peace offering of two oxen, five rams, five male goats, and five male lambs a year old. This was the offering of Nahshon son of Amminadab.
तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीनादाबका छोरा नहशोनको भेटी थियो ।
18 On the second day Nethanel son of Zuar, the leader of Issachar, drew near.
दोस्रो दिनमा इस्साखारका अगुवा सूआरका छोरा नतनेलले आफ्नो भेटी चढाए ।
19 The offering he presented was one silver platter weighing a hundred and thirty shekels, and one silver bowl weighing seventy shekels, both according to the sanctuary shekel and filled with fine flour mixed with oil for a grain offering;
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
20 one gold dish weighing ten shekels, filled with incense;
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
21 one young bull, one ram, and one male lamb a year old for a burnt offering;
तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
22 one male goat for a sin offering;
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
23 and a peace offering of two oxen, five rams, five male goats, and five male lambs a year old. This was the offering of Nethanel son of Zuar.
तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो सूआरका छोरा नतनेलको भेटी थियो ।
24 On the third day Eliab son of Helon, the leader of the Zebulunites, drew near.
तेस्रो दिनमा जबूलूनका सन्तानहरूका अगुवा हेलोनका छोरा एलीआबले आफ्नो भेटी चढाए ।
25 His offering was one silver platter weighing a hundred and thirty shekels, and one silver bowl weighing seventy shekels, both according to the sanctuary shekel and filled with fine flour mixed with oil for a grain offering;
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
26 one gold dish weighing ten shekels, filled with incense;
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
27 one young bull, one ram, and one male lamb a year old for a burnt offering;
तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
28 one male goat for a sin offering;
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
29 and a peace offering of two oxen, five rams, five male goats, and five male lambs a year old. This was the offering of Eliab son of Helon.
तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो हेलोनका छोरा एलीआबको भेटी थियो ।
30 On the fourth day Elizur son of Shedeur, the leader of the Reubenites, drew near.
चौथो दिनमा, रूबेनका सन्तानहरूका अगुवा शदेऊरका छोरा एलीसूरले आफ्नो भेटी चढाए ।
31 His offering was one silver platter weighing a hundred and thirty shekels, and one silver bowl weighing seventy shekels, both according to the sanctuary shekel and filled with fine flour mixed with oil for a grain offering;
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
32 one gold dish weighing ten shekels, filled with incense;
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
33 one young bull, one ram, and one male lamb a year old for a burnt offering;
तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
34 one male goat for a sin offering;
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
35 and a peace offering of two oxen, five rams, five male goats, and five male lambs a year old. This was the offering of Elizur son of Shedeur.
तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो शदेऊरका छोरा एलीसूरको भेटी थियो ।
36 On the fifth day Shelumiel son of Zurishaddai, the leader of the Simeonites, drew near.
पाँचौ दिनमा, शिमियोनका सन्तानहरूका अगुवा सूरीशद्दैका छोरा शलूमीएलले आफ्नो भेटी चढाए ।
37 His offering was one silver platter weighing a hundred and thirty shekels, and one silver bowl weighing seventy shekels, both according to the sanctuary shekel and filled with fine flour mixed with oil for a grain offering;
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
38 one gold dish weighing ten shekels, filled with incense;
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
39 one young bull, one ram, and one male lamb a year old for a burnt offering;
तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
40 one male goat for a sin offering;
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
41 and a peace offering of two oxen, five rams, five male goats, and five male lambs a year old. This was the offering of Shelumiel son of Zurishaddai.
तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो सूरीशद्दैका छोरा शलूमीएलको भेटी थियो ।
42 On the sixth day Eliasaph son of Deuel, the leader of the Gadites, drew near.
छैठौँ दिनमा गादका सन्तानहरूका अगुवा दूएलका छोरा एल्यासापले आफ्नो भेटी चढाए ।
43 His offering was one silver platter weighing a hundred and thirty shekels, and one silver bowl weighing seventy shekels, both according to the sanctuary shekel and filled with fine flour mixed with oil for a grain offering;
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
44 one gold dish weighing ten shekels, filled with incense;
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
45 one young bull, one ram, and one male lamb a year old for a burnt offering;
तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
46 one male goat for a sin offering;
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
47 and a peace offering of two oxen, five rams, five male goats, and five male lambs a year old. This was the offering of Eliasaph son of Deuel.
तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो दूएलका छोरा एल्यासापको भेटी थियो ।
48 On the seventh day Elishama son of Ammihud, the leader of the Ephraimites, drew near.
सातौँ दिनमा एफ्राइमका सन्तानहरूका अगुवा अम्मीहूदका छोरा एलीशामाले आफ्नो भेटी चढाए ।
49 His offering was one silver platter weighing a hundred and thirty shekels, and one silver bowl weighing seventy shekels, both according to the sanctuary shekel and filled with fine flour mixed with oil for a grain offering;
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
50 one gold dish weighing ten shekels, filled with incense;
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
51 one young bull, one ram, and one male lamb a year old for a burnt offering;
तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
52 one male goat for a sin offering;
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
53 and a peace offering of two oxen, five rams, five male goats, and five male lambs a year old. This was the offering of Elishama son of Ammihud.
तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीहूदका छोरा एलीशामाको भेटी थियो ।
54 On the eighth day Gamaliel son of Pedahzur, the leader of the Manassites, drew near.
आठौँ दिनमा मनेश्‍शेका सन्तानहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी चढाए ।
55 His offering was one silver platter weighing a hundred and thirty shekels, and one silver bowl weighing seventy shekels, both according to the sanctuary shekel and filled with fine flour mixed with oil for a grain offering;
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
56 one gold dish weighing ten shekels, filled with incense;
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
57 one young bull, one ram, and one male lamb a year old for a burnt offering;
तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
58 one male goat for a sin offering;
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
59 and a peace offering of two oxen, five rams, five male goats, and five male lambs a year old. This was the offering of Gamaliel son of Pedahzur.
तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो पदासूरका छोरा गमलिएलको भेटी थियो ।
60 On the ninth day Abidan son of Gideoni, the leader of the Benjamites, drew near.
नवौँ दिनमा बेन्यामीनका सन्तानहरूका अगुवा गिदेओनीका छोरा अबीदानले आफ्नो भेटी चढाए । चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
61 His offering was one silver platter weighing a hundred and thirty shekels, and one silver bowl weighing seventy shekels, both according to the sanctuary shekel and filled with fine flour mixed with oil for a grain offering;
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
62 one gold dish weighing ten shekels, filled with incense;
तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
63 one young bull, one ram, and one male lamb a year old for a burnt offering;
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
64 one male goat for a sin offering;
तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए ।
65 and a peace offering of two oxen, five rams, five male goats, and five male lambs a year old. This was the offering of Abidan son of Gideoni.
यो गिदेओनीका छोरा अबीदानको भेटी थियो ।
66 On the tenth day Ahiezer son of Ammishaddai, the leader of the Danites, drew near.
दसौँ दिनमा दानका सन्तानहरूको अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी चढाए ।
67 His offering was one silver platter weighing a hundred and thirty shekels, and one silver bowl weighing seventy shekels, both according to the sanctuary shekel and filled with fine flour mixed with oil for a grain offering;
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
68 one gold dish weighing ten shekels, filled with incense;
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
69 one young bull, one ram, and one male lamb a year old for a burnt offering;
तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
70 one male goat for a sin offering;
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
71 and a peace offering of two oxen, five rams, five male goats, and five male lambs a year old. This was the offering of Ahiezer son of Ammishaddai.
तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीशद्दैका छोरा अहीएजेरको भेटी थियो ।
72 On the eleventh day Pagiel son of Ocran, the leader of the Asherites, drew near.
एघारौँ दिनमा आशेरका सन्तानहरूका अुगवा ओक्रानका छोरा पगीएलले आफ्नो भेटी चढाए ।
73 His offering was one silver platter weighing a hundred and thirty shekels, and one silver bowl weighing seventy shekels, both according to the sanctuary shekel and filled with fine flour mixed with oil for a grain offering;
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए
74 one gold dish weighing ten shekels, filled with incense;
। तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
75 one young bull, one ram, and one male lamb a year old for a burnt offering;
तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
76 one male goat for a sin offering;
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
77 and a peace offering of two oxen, five rams, five male goats, and five male lambs a year old. This was the offering of Pagiel son of Ocran.
तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीनादाबका छोरा नहशोनको भेटी थियो ।
78 On the twelfth day Ahira son of Enan, the leader of the Naphtalites, drew near.
बाह्रौँ दिनमा नप्‍तालीका सन्तानहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी चढाए ।
79 His offering was one silver platter weighing a hundred and thirty shekels, and one silver bowl weighing seventy shekels, both according to the sanctuary shekel and filled with fine flour mixed with oil for a grain offering;
तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
80 one gold dish weighing ten shekels, filled with incense;
तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
81 one young bull, one ram, and one male lamb a year old for a burnt offering;
तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
82 one male goat for a sin offering;
तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
83 and a peace offering of two oxen, five rams, five male goats, and five male lambs a year old. This was the offering of Ahira son of Enan.
तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो इनानका छोरा अहीराको भेटी थियो ।
84 So these were the offerings from the leaders of Israel for the dedication of the altar when it was anointed: twelve silver platters, twelve silver bowls, and twelve gold dishes.
मोशाले वेदी अभिषेक गरेका दिन इस्राएलका अगुवाहरूले यी सबै थोक चढाए । तिनीहरूले बाह्रवटा चाँदीका थाल, बाह्रवटा बाटार बाह्रवटा सुनका धुपौरा चढाए ।
85 Each silver platter weighed a hundred and thirty shekels, and each silver bowl seventy shekels. The total weight of the silver articles was two thousand four hundred shekels, according to the sanctuary shekel.
हरेक चाँदीको थाल एक सय तिस शेकेल तौलको र हरेक बाटा सत्तरी शेकेल तौलको थियो । चाँदीका सबै भाँडाकुँडाको तौल पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार २,४०० शेकेल थियो ।
86 The twelve gold dishes filled with incense weighed ten shekels each, according to the sanctuary shekel. The total weight of the gold dishes was a hundred and twenty shekels.
धूपले भरिएका हरेक सुनका धुपौराहरूको तौल पवित्र स्थानको मापदण्डअनुसार दस शेकेलको थियो । सबै सुनका धुपौराहरूको तौल एक सय बिस शेकेल थियो । ती सबै जनावरहरू अर्थात् बाह्रवटा गोरु, बाह्रवटा भेडा, बाह्रवटा एक वर्षे थुमालाई होमबलिको निम्ति अलग गरियो ।
87 All the livestock for the burnt offering totaled twelve bulls, twelve rams, and twelve male lambs a year old—together with their grain offerings—and twelve male goats for the sin offering.
तिनीहरूले आ-आफ्ना अन्‍नबलि चढाए । तिनीहरूले पापबलिको रूपमा बाह्रवटा बाख्रा दिए ।
88 All the livestock sacrificed for the peace offering totaled twenty-four bulls, sixty rams, sixty male goats, and sixty male lambs a year old. This was the dedication offering for the altar after it was anointed.
तिनीहरूका सबै गाईवस्तुबाट तिनीहरूले चौबिसवटा साँढे, साठीवटा भेडा, साठीवटा बाख्रा, साठीवटा एक वर्षे थुमालाई मेलबलिको निम्ति बलिदानको रूपमा दिए । यो वेदीलाई अभिषेक गरेपछि वेदीको समर्पणको निम्ति थियो ।
89 When Moses entered the Tent of Meeting to speak with the LORD, he heard the voice speaking to him from between the two cherubim above the mercy seat on the ark of the Testimony. Thus the LORD spoke to him.
जब मोशा परमप्रभुसँग कुरा गर्न भेट हुने पालभित्र गए, तिनले उहाँको बलिरहेको आवाज सुने । परमप्रभु दुईवटा करूबको बिचबाट गवाहीको सन्दूकमाथि रहेको कृपा-आसनमाथिबाट तिनीसित बोल्नुभयो ।

< Numbers 7 >