< Numbers 34 >

1 Then the LORD said to Moses,
परमप्रभु मोशासँग बोल्नुभयो,
2 “Command the Israelites and say to them: When you enter the land of Canaan, it will be allotted to you as an inheritance with these boundaries:
“इस्राएलका मानिसहरूलाई आज्ञा दे र तिनीहरूलाई भन्, 'जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, त्यो देश अर्थात् कनानको भूमि र यसका सिमानाहरू तिमीहरूको स्वामित्वमा हुने छ,
3 Your southern border will extend from the Wilderness of Zin along the border of Edom. On the east, your southern border will run from the end of the Salt Sea,
तिमीहरूका दक्षिणी सिमाना सीनको मरुभूमिदेखि एदोमको सिमानासम्म हुने छ । पूर्वतिर दक्षिणी सिमानाको अन्त मृत सागरको दक्षिणी किनारासम्म हुने छ ।
4 cross south of the Ascent of Akrabbim, continue to Zin, and go south of Kadesh-barnea. Then it will go on to Hazar-addar and proceed to Azmon,
तिमीहरूको सिमाना दक्षिणबाट अक्रबीमको डाँडा र सीनक मरुभूमि हुँदै जाने छ । त्यहाँबाट यो कादेश-बर्नेतिर रहसर-अद्दर र अज्मोनतिर अघि बढ्नेछ ।
5 where it will turn from Azmon, join the Brook of Egypt, and end at the Sea.
त्यहाँबाट सिमाना अज्मोनबाट मिश्रको खोलातर्फ लाग्‍ने छ र समुद्रमा अन्त हुने छ ।
6 Your western border will be the coastline of the Great Sea; this will be your boundary on the west.
पश्‍चिमी सिमाना भूमध्य सागरको तट हुने छ । यो तिमीहरूको पश्‍चिमी सिमाना हुने छ ।
7 Your northern border will run from the Great Sea directly to Mount Hor,
तिमीहरूका उत्तरी सिमाना भूमध्य सागरदेखि होर पर्वततिर जाने छ,
8 and from Mount Hor to Lebo-hamath, then extend to Zedad,
त्यसपछि होर पर्वतबाट लेबो-हमातसम्म अनि सदादसम्म हुने छ ।
9 continue to Ziphron, and end at Hazar-enan. This will be your boundary on the north.
अनि सिमाना सिप्रोनतिर अघि बढ्ने छ र हसर‍-एनानमा टुङ्गिनेछ । यो तिमीहरूको उत्तरी सिमाना हुने छ ।
10 And your eastern border will run straight from Hazar-enan to Shepham,
तिमीहरूले तिमीहरूको पूर्वी सिमाना हसर-एनानदेखि दक्षिणमा सपामसम्म चिनो लगाउनुपर्छ ।
11 then go down from Shepham to Riblah on the east side of Ain and continue along the slopes east of the Sea of Chinnereth.
पूर्वतिरको सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वतिर पर्ने रिब्लासम्म जाने छ ।
12 Then the border will go down along the Jordan and end at the Salt Sea. This will be your land, defined by its borders on all sides.”
यो सिमाना किन्‍नरेत समुद्रको पूर्व किनारसम्म अघि बढ्ने छ । त्यो सिमाना यर्दन नदी हुँदै मृत सागरसम्म र मृत सागरको पूर्वी किनाराबट तल झर्ने छ । चारैतिरका सिमानासहितको यो तिमीहरूको देश हुने छ ।
13 So Moses commanded the Israelites, “Apportion this land by lot as an inheritance. The LORD has commanded that it be given to the nine and a half tribes.
मोशाले इस्राएलका मानिसहरूलाई आज्ञा गरे र भने, “तिमीहरूले चिट्ठाद्वारा पाउने मुलुक यही हो, जसलाई साँढे नौ कुललाई दिन परमप्रभुले आज्ञा दिनुभएको छ ।
14 For the tribes of the Reubenites and Gadites, along with the half-tribe of Manasseh, have already received their inheritance.
रूबेनका सन्तानहरूका कुलले तिनीहरूको कुलअनुसारको सम्पत्तिको अंश, गादका सन्तानहरूका कुलले तिनीहरूका कुलअनुसारको सम्पत्तिको अंश र मनश्शेका आधा कुलले तिनीहरूको भूमि पाएका छन् ।
15 These two and a half tribes have received their inheritance across the Jordan from Jericho, toward the sunrise.”
अढाइ कुलले तिनीहरूको हिस्सा यरीहोमा यर्दनपारि पूर्वतिर अर्थात् सूर्योदय हुने दिशामा पाएका छन् ।
16 Then the LORD said to Moses,
परमप्रभु मोशासँग बोल्नुभयो,
17 “These are the names of the men who are to assign the land as an inheritance for you: Eleazar the priest and Joshua son of Nun.
“तिनीहरूको अंशको निम्ति भूमिको भाग लगाउनेहरूका नाउँ यिनै हुन्ः पुजारी एलाजार र नूनका छोरा यहोशू ।
18 Appoint one leader from each tribe to distribute the land.
तिनीहरूको वंशको निम्ति भूमि भाग लगाउन तिमीहरूले हरेक कुलबाट एक-एक जना अगुवा छान्‍नुपर्छ
19 These are their names: Caleb son of Jephunneh from the tribe of Judah;
ती मानिसहरूका नाउँ यिनै हुन्ः
20 Shemuel son of Ammihud from the tribe of Simeon;
यहूदाको कुलबाट यपून्‍नेका छोरो कालेब ।
21 Elidad son of Chislon from the tribe of Benjamin;
शिमियोनको सन्तानहरूको कुलबाट अम्मीहुदका छोरो शेमुएल,
22 Bukki son of Jogli, a leader from the tribe of Dan;
बेन्यामीनको कुलबाट किसलोनका छोरो एलीदाद, दानको सन्तानहरूको कुलबाट एक जना अगुवा योगलीका छोरो बुक्‍की,
23 Hanniel son of Ephod, a leader from the tribe of Manasseh son of Joseph;
योसेफका सन्तानहरू मनश्शेका सन्तानरूका कुलको एक जना अगुवा एपोदका छोरो हन्‍नीएल,
24 Kemuel son of Shiphtan, a leader from the tribe of Ephraim;
एफ्राइमका सन्तानहरूका कुलबाट एक जना अगुवा शिप्‍तानको छोरो कमूएल,
25 Eli-zaphan son of Parnach, a leader from the tribe of Zebulun;
जबूलूनका सन्तानक‍हरूका कुलबाट एक जना अगुवा पर्नाकको छोरो एलीजापान,
26 Paltiel son of Azzan, a leader from the tribe of Issachar;
इस्साकारका सन्तानहरूका कुलबाट एक जना अगुवा अजानको छोरो पल्तिएल,
27 Ahihud son of Shelomi, a leader from the tribe of Asher;
आशेरको सन्ताहरूका कुलबाट एक जना अगुवा शलोमीको छोरो अहीहूद,
28 and Pedahel son of Ammihud, a leader from the tribe of Naphtali.”
नप्‍तालीको सन्तानहरूको कुलबाट एक जना अगुवा अम्मीहूदका छोरो पदहेल ।”
29 These are the ones whom the LORD commanded to apportion the inheritance to the Israelites in the land of Canaan.
परमप्रभुले यी मानिसहरूलाई कनानको भूमि भाग लगाउन र इस्राएलका कुल-कुललाई तिनीहरूको अंश दिन आज्ञा दिनुभयो ।

< Numbers 34 >