< Nehemiah 6 >

1 When Sanballat, Tobiah, Geshem the Arab, and the rest of our enemies heard that I had rebuilt the wall and not a gap was left—though to that time I had not yet installed the doors in the gates—
जब सन्बलत, तोबियाह, अरबी गेशेम र हाम्रा अरू शत्रुहरूकहाँ मैले पर्खालको पुनर्निर्माण गरिसकेको र त्यसमा एउटै दरार पनि नभएको खबर पुग्यो—यद्यपि त्यस बेलासम्म मैले मूलढोकाहरूमा ढोकाहरू लगाएको थिइनँ।
2 Sanballat and Geshem sent me this message: “Come, let us meet together in one of the villages on the plain of Ono.” But they were planning to harm me.
सन्बलत र गेशेमले मलाई यो खबर पठाए: “आऊ, हामी ओनोको बेँसीमा एउटा गाउँमा एकसाथ भेला होऔँ।” तर तिनीहरूले मलाई हानि गर्ने षड्यन्त्र गर्दैथिए।
3 So I sent messengers to them, saying, “I am doing a great work and cannot come down. Why should the work stop while I leave it to go down to you?”
यसैकारण मैले तिनीहरूकहाँ यो समाचार पठाएँ: “म एउटा महान् काम सञ्चालन गरिरहेको छु, र म त्यहाँ आउन सक्दिनँ। मैले काम छोडेर तपाईंहरूकहाँ त्यहाँ आएर यो काम किन रोकिने?”
4 Four times they sent me the same message, and each time I gave the same reply.
तिनीहरूले मकहाँ चार पटकसम्म त्यही समाचार पठाए, र हरेक पटक मैले तिनीहरूलाई त्यही जवाफ दिएँ।
5 The fifth time, Sanballat sent me this same message by his young servant, who had in his hand an unsealed letter
त्यसपछि पाँचौँ पटकमा सन्बलतले आफ्ना एक विशेष दूत मकहाँ त्यही समाचारको साथमा पठाए। अनि त्यसको हातमा एउटा बन्द नगरिएको पत्र थियो,
6 that read: “It is reported among the nations—and Geshem agrees—that you and the Jews are plotting to revolt, and this is why you are building the wall. According to these reports, you are to become their king,
जुन पत्रमा यसरी लेखिएको थियो: “जातिहरूको बीचमा यस्तो खबर फैलिएको छ, र गेशेमले यो सत्य हो भनी भन्दैछन्; तपाईं र यहूदीहरूले राजद्रोहको षड्यन्त्र रच्दै हुनुहुन्छ। यसैकारण तपाईंहरूले पर्खाल पुनर्निर्माण गरिरहनुभएको छ। यसबाहेक यस खबरअनुसार तपाईंचाहिँ राजा हुन लाग्नुभएको छ रे।
7 and you have even appointed prophets in Jerusalem to proclaim on your behalf: ‘There is a king in Judah.’ Soon these rumors will reach the ears of the king. So come, let us confer together.”
अनि तपाईंको विषयमा: ‘यहूदामा एउटा राजा छन्!’ भनी यरूशलेममा घोषणा गर्नलाई अगमवक्ताहरू नियुक्त गर्नुभएको छ रे। यसबाहेक अब यो खबर राजालाई पठाइनेछ; यसकारण आउनुहोस्, हामी मिलेर कुराकानी गरौँ।”
8 Then I sent him this reply: “There is nothing to these rumors you are spreading; you are inventing them in your own mind.”
मैले उसलाई यो जवाफ पठाइदिएँ: “तपाईंले भनेझैँ केही पनि भएको छैन; तपाईंले यो कुरा आफ्नै मनमा मात्र उब्जाउनुभएको छ।”
9 For they were all trying to frighten us, saying, “Their hands will be weakened in the work, and it will never be finished.” But now, my God, strengthen my hands.
तिनीहरू सबैले हामीलाई भयभीत पार्ने कोसिस गर्दैथिए, “तिनीहरूका काम गर्ने हातहरू अति दुर्बल होऊन्, र त्यो काम कहिल्यै नससकिओस्” भन्‍ने सोच गरेका थिए। तर मैले प्रार्थना गरेँ, “हाम्रा हातहरू बलिया पारिदिनुहोस्।”
10 Later, I went to the house of Shemaiah son of Delaiah, the son of Mehetabel, who was confined to his house. He said: “Let us meet at the house of God inside the temple. Let us shut the temple doors because they are coming to kill you— by night they are coming to kill you!”
एक दिन म महेतबेलका नाति, दलायाहका छोरा शमायाहकहाँ गएँ, जो आफ्नो घरभित्रै बस्थे। तिनले भने, “हामी परमेश्‍वरको भवनमा भेटौँ, मन्दिरभित्र भेटेर मन्दिरको ढोका बन्द गरौँ; किनकि तपाईंलाई मार्न मानिसहरू राति आउँदैछन्।”
11 But I replied, “Should a man like me run away? Should one like me go into the temple to save his own life? I will not go!”
तर मैले भनेँ, “के मजस्तो मानिस भाग्छ र? अथवा के मजस्तो मानिस आफ्नो प्राण जोगाउन मन्दिरभित्र जान्छ र? अहँ, म भित्र जानेछैनँ!”
12 I realized that God had not sent him, but that he had uttered this prophecy against me because Tobiah and Sanballat had hired him.
तिनलाई परमेश्‍वरले पठाउनुभएको होइन, तर तोबियाह र सन्बलतले तिनलाई भाडामा लिएका कारण तिनले मेरो विरुद्धमा अगमवाणी गरेको हो भन्‍ने कुरा मैले थाहा गरेँ।
13 He had been hired to intimidate me so that I would sin by doing as he suggested, so they could give me a bad name in order to discredit me.
तिनलाई घूसको रकम दिएर मलाई डर देखाउन खटाइएको थियो, ताकि मैले त्यसो गरेर पाप गरूँ; अनि मेरो नाम खराब गराएर तिनीहरूले मेरो बदनाम गर्न सकून्।
14 O my God, remember Tobiah and Sanballat for what they have done, and also Noadiah the prophetess and the other prophets who tried to intimidate me.
हे मेरा परमेश्‍वर, तोबियाह र सन्बलतले जे गरेका छन्, सो सम्झना राख्नुहोस्; मलाई डर देखाउने चेष्‍टा गरिरहने अगमवादिनी नोअदिया साथै अरू सबै अगमवक्ताहरूलाई पनि सम्झना राख्नुहोस्।
15 So the wall was completed in fifty-two days, on the twenty-fifth of Elul.
यसरी एलुल महिनाको पच्‍चीसौँ दिनमा, जम्मा बाउन्‍न दिनमा पर्खालको निर्माण सिद्धियो।
16 When all our enemies heard about this, all the surrounding nations were afraid and disheartened, for they realized that this task had been accomplished by our God.
जब सारा शत्रुहरूले यो कुरा सुने, तब वरिपरिका सबै जातिहरू डराए र हतोत्साहित भए। किनकि यो काम हाम्रा परमेश्‍वरको सहायताले गरिएको थियो भन्‍ने कुरा तिनीहरूले थाहा गरे।
17 Also in those days, the nobles of Judah sent many letters to Tobiah, and Tobiah’s letters came back to them.
अनि ती दिनहरूमा यहूदाका अगुवाहरूले तोबियाकहाँ धेरै पत्रहरू पठाइरहेका थिए। अनि तोबियाहबाट तिनीहरूकहाँ जवाफ पनि आउँदैथिए।
18 For many in Judah were bound by oath to him, since he was a son-in-law of Shecaniah son of Arah, and his son Jehohanan had married the daughter of Meshullam son of Berechiah.
तोबिया अराहका छोरा शकन्याहका जुवाइँ भएका कारण र तिनका छोरा येहोहानानले बेरेक्याहका छोरा मशुल्‍लामकी छोरीलाई विवाह गरेका कारण यहूदाका धेरै जना तिनीसँग सम्बन्धको करारमा बाँधिएका थिए।
19 Moreover, these nobles kept reporting to me Tobiah’s good deeds, and they relayed my words to him. And Tobiah sent letters to intimidate me.
यसबाहेक तिनीहरूले मलाई तिनका असल कामहरूबारे सुनाउँथे। अनि मैले भनेका सबै कुरा उनलाई बताइरहन्थेँ। अनि तोबियाहले मलाई डर देखाउनलाई पत्रहरू पठाउँथे।

< Nehemiah 6 >