< Leviticus 21 >

1 Then the LORD said to Moses, “Speak to Aaron’s sons, the priests, and tell them that a priest is not to defile himself for a dead person among his people,
परमप्रभुले मोशालाई भन्‍नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू,
2 except for his immediate family—his mother, father, son, daughter, or brother,
तर त्यसका नजिकका नातेदारहरू अर्थात् त्यसकी आमा, त्यसको बुबा, छोरा, त्यसकी छोरी, त्यसको दाजु वा भाइ,
3 or his unmarried sister who is near to him, since she has no husband.
वा त्यसमा आश्रित त्यसकी कन्या दिदी वा बहिनी जसको पति छैन, यी सबैका निम्ति त्यसले आफैलाई अशुद्ध बनाउन सक्‍छ ।
4 He is not to defile himself for those related to him by marriage, and so profane himself.
तर त्यसले आफ्ना अरू नातेदारहरूका निम्ति आफैलाई अशुद्ध नबनाओस् र आफैलाई अपवित्र नबनाओस् ।
5 Priests must not make bald spots on their heads, shave off the edges of their beards, or make cuts in their bodies.
पुजारीहरूले आफ्नो शिर नखौरून् वा तिनीहरूका दाह्रीका कुना-कुना नकाटून्, न त तिनीहरूले आफ्ना शरीरहरू काटून् ।
6 They must be holy to their God and not profane the name of their God. Because they present to the LORD the offerings made by fire, the food of their God, they must be holy.
तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र रहून्, र तिनीहरूका परमेश्‍वरका नाउँको अपमान नगरून्, किनभने पुजारीहरूले परमप्रभुका भोजनको बलिदान अर्थात् तिनीहरूका परमेश्‍वरको भोजन अर्पण गर्दछन् । यसैकारण पुजारीहरू पवित्र रहून् ।
7 A priest must not marry a woman defiled by prostitution or divorced by her husband, for the priest is holy to his God.
तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति अलग गरिएका हुनाले तिनीहरूले त्यस्ती स्‍त्रीलाई विवाह नगरून् जो एउटी वेश्‍या हो र जो अपवित्र छे, र तिनीहरूले आफ्नो पतिबाट विच्‍छेद भएकी स्‍त्रीलाई विवाह नगरून् ।
8 You are to regard him as holy, since he presents the food of your God. He shall be holy to you, because I the LORD am holy—I who set you apart.
तैँले त्यसलाई अलग राख्‍नू, किनभने परमप्रभुलाई रोटी चढाउने त्यो नै हो । त्यो तेरो निम्ति पवित्र हुनुपर्छ, किनभने, तँलाई पवित्र तुल्‍याउने म परमप्रभु पवित्र छु ।
9 If a priest’s daughter defiles herself by prostituting herself, she profanes her father; she must be burned in the fire.
पुजारीकी छोरी जो वेश्‍या भएर आफैलाई अपवित्र बनाउछे, त्यसले आफ्नो बुबाको अपमान गर्छे । त्यो जलाइयोस् ।
10 The priest who is highest among his brothers, who has had the anointing oil poured on his head and has been ordained to wear the priestly garments, must not let his hair hang loose or tear his garments.
आफ्ना दाजुभाइहरूका बिचमा प्रधान पुजारी भएको मानिस जसको शिरमा अभिषेकको तेल खन्‍याइएको छ, र प्रधान पुजारीको विशेष पोशाक लगाउनको निम्ति अर्पण गरी पवित्र गरिएको छ, त्यसले आफ्नो केश खुला नछोडोस् वा आफ्ना लुगाहरू नच्यातोस् ।
11 He must not go near any dead body; he must not defile himself, even for his father or mother.
आफ्नो बुबा वा आफ्नी आमा जो भए तापनि लाश भएको ठाउँमा त्यो नजाओस् र आफैलाई अपवित्र नबनाओस् ।
12 He must not leave or desecrate the sanctuary of his God, for the consecration of the anointing oil of his God is on him. I am the LORD.
त्यो प्रधान पुजारी पवित्र स्थानबाट बाहिर ननिस्कोस् र त्यसले आफ्नो परमेश्‍वरको पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने त्यो आफ्नो परमेश्‍वरको अभिषेक गर्ने तेलद्वारा प्रधान पुजारीको रूपमा अर्पण गरिएको छ । म परमप्रभु हुँ ।
13 The woman he marries must be a virgin.
प्रधान पुजारीले आफ्नी पत्‍नीको रूपमा कन्या केटी बिहे गरोस् ।
14 He is not to marry a widow, a divorced woman, or one defiled by prostitution. He is to marry a virgin from his own people,
त्यसले विधवा, विच्‍छेद भएकी स्‍त्री, वा वेश्‍या बिहे नगरोस् । यस्ता स्‍त्रीहरूलाई त्यसले बिहे नगरोस् । त्यसले आफ्नै मानिसहरूबाट एउटा कन्या केटी नै बिहे गरोस्,
15 so that he does not defile his offspring among his people, for I am the LORD who sanctifies him.”
ताकि त्यसले आफ्ना मानिसहरूका बिचमा आफ्ना छोराछोरीहरूलाई अशुद्ध नबनाओस्, किनभने त्यसलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”
16 Then the LORD said to Moses,
परमप्रभुले मोशालाई भन्‍नुभयो,
17 “Say to Aaron, ‘For the generations to come, none of your descendants who has a physical defect may approach to offer the food of his God.
“हारूनलाई यसो भन्, ‘तेरा सारा वंशहरूभित्र तेरा उत्तराधिकारीहरूमा कुनै शारीरिक खोट छ भने, त्यसले आफ्नो परमेश्‍वरलाई भोजन अर्पण गर्न नजिक नआओस् ।
18 No man who has any defect may approach—no man who is blind, lame, disfigured, or deformed;
शारीरिक खोट भएको मानिस परमप्रभुको नजिक नआओस्, जस्तै दृष्‍टिविहीन वा हिँड्न नसक्‍ने मानिस, विरूपित वा आकार विकृत भएको मानिस,
19 no man who has a broken foot or hand,
हात वा खुट्टा बाँङ्गिएको मानिस,
20 or who is a hunchback or dwarf, or who has an eye defect, a festering rash, scabs, or a crushed testicle.
पछाडि ढाडमा मासुको डल्‍ला पलाएको मानिस, वा धेरै पातलो वा होचो मानिस, वा आँखामा खोट भएको मानिस, वा रोग लागेको, घाउ भएको, चर्मरोग लागेको, वा अन्डाकोष पिसिएको मानिस ।
21 No descendant of Aaron the priest who has a defect shall approach to present the offerings made by fire to the LORD. Since he has a defect, he is not to come near to offer the food of his God.
पुजारी हारूनका उत्तराधिकारीहरूका बिचबाट शारीरिक खोट भएको कोही मानिस पनि परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई नजिक नआओस् । शारीरिक खोट भएको मानिस आफ्नो परमप्रभुको रोटी अर्पण गर्न नजिक नआओस् ।
22 He may eat the most holy food of his God as well as the holy food,
परमेश्‍वरको अति पवित्र वा पवित्र भोजनबाट त्यसले खान मिल्छ ।
23 but because he has a defect, he must not go near the veil or approach the altar, so as not to desecrate My sanctuaries. For I am the LORD who sanctifies them.’”
तर, त्यो पर्दाभित्र प्रवेश नगरोस्, न त वेदीको नजिक आओस्, किनभने त्यसमा शारीरिक खोट छ, र त्यसले मेरो पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु मै हुँ’ ।”
24 Moses told this to Aaron and his sons and to all the Israelites.
यसैले मोशाले यी वचनहरू हारून, तिनका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई सुनाए ।

< Leviticus 21 >