< Judges 15 >

1 Later on, at the time of the wheat harvest, Samson took a young goat and went to visit his wife. “I want to go to my wife in her room,” he said. But her father would not let him enter.
केही समयपछि गहुँ कटनीको समयमा शिमशोनले एउटा कलिलो पाठो लिएर आफ्नी पत्नीलाई भेट्न गए। उनले भने, “म आफ्नी पत्नीको कोठामा जाँदैछु।” तर तिनका बुबाले उनलाई जान दिएनन्।
2 “I was sure that you thoroughly hated her,” said her father, “so I gave her to one of the men who accompanied you. Is not her younger sister more beautiful than she? Please take her instead.”
उनले भने, “तिमीले तिनलाई घृणा गर्छौ भन्‍ने मलाई पक्‍का थाहा भएकोले मैले त तिनलाई तिम्रो साथीलाई दिएँ। के तिनकी बहिनी तिनीभन्दा राम्री छैन र? बरु तिनलाई लैजाऊ।”
3 Samson said to them, “This time I will be blameless in doing harm to the Philistines.”
शिमशोनले तिनीहरूलाई भने, “यस पटक पलिश्तीहरूमाथि बदला लिने अधिकार मलाई छ। म साँच्‍चै तिनीहरूको हानि गर्नेछु।”
4 Then Samson went out and caught three hundred foxes. And he took torches, turned the foxes tail-to-tail, and fastened a torch between each pair of tails.
यसकारण शिमशोन बाहिर निस्के। अनि तीन सय स्यालहरू पक्रेर जोडी-जोडी गरी तिनीहरूका पुच्छर बाँधे, र गाँठोमा राँको बाँधिदिए।
5 Then he lit the torches and released the foxes into the standing grain of the Philistines, burning up the piles of grain and the standing grain, as well as the vineyards and olive groves.
तब राँकाहरू सल्काएर ती स्यालहरूलाई पलिश्तीहरूका अन्‍नको खेतमा छोडिदिए। उनले खेतमा रहेको अन्‍न र बाँधेर राखेको बिटा, र दाखबारी र जैतुनका बगैँचा जलाइदिए।
6 “Who did this?” the Philistines demanded. “It was Samson, the son-in-law of the Timnite,” they were told. “For his wife was given to his companion.” So the Philistines went up and burned her and her father to death.
जब पलिश्तीहरूले सोधे, “यो कसले गरेको हो?” तब तिनीहरूलाई यसो भनियो, “किनकि उनकी पत्नी उनका साथीलाई दिएकोले तिम्नाका जुवाइँ शिमशोनले यो सबै गरेका हुन्।” यसकारण पलिश्तीहरू गए; अनि ती स्त्री र तिनका बुबालाई जलाइदिए।
7 And Samson told them, “Because you have done this, I will not rest until I have taken vengeance upon you.”
शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले यो काम गरेको हुनाले म तिमीहरूमाथि बदला नलिई रोकिनेछैनँ।”
8 And he struck them ruthlessly with a great slaughter, and then went down and stayed in the cave at the rock of Etam.
उनले तिनीहरूमाथि निर्दयतापूर्वक आक्रमण गरे; र धेरैलाई मारे। तब तिनी तल झरेर एतामको पहरामा भएको गुफामा बसे।
9 Then the Philistines went up, camped in Judah, and deployed themselves near the town of Lehi.
पलिश्तीहरू उक्लेर गए, र यहूदामा छाउनी हालेर लहीसम्म छरिएर बसे।
10 “Why have you attacked us?” said the men of Judah. The Philistines replied, “We have come to arrest Samson and pay him back for what he has done to us.”
यहूदाका मानिसहरूले सोधे, “तपाईंहरू किन हामीसित लडाइँ गर्न आउनुभयो?” तिनीहरूले जवाफ दिए, “हामी शिमशोनलाई कैदी बनाउन र उनले हामीलाई जे गरेका छन्, त्यो उनलाई गर्न आएका हौँ।”
11 In response, three thousand men of Judah went to the cave at the rock of Etam, and they asked Samson, “Do you not realize that the Philistines rule over us? What have you done to us?” “I have done to them what they did to me,” he replied.
तब यहूदाबाट तीन हजार मानिसहरू एतामको पहरामा भएको गुफामा झरेर गए, र शिमशोनलाई भने, “पलिश्तीहरू हामीमाथि शासन गर्नेहरू हुन् भनेर के तिमी जान्दैनौ? तिमीले हामीमाथि यो के गर्‍यौ?” उनले जवाफ दिए, “मैले तिनीहरूले ममाथि जे गरे, त्यो मात्र तिनीहरूलाई गरेँ।”
12 But they said to him, “We have come down to arrest you and hand you over to the Philistines.” Samson replied, “Swear to me that you will not kill me yourselves.”
तिनीहरूले उनलाई भने, “हामी यहाँ तिमीलाई बाँधेर पलिश्तीहरूको हातमा दिनलाई आएका छौँ।” शिमशोनले भने, “तिमीहरूले चाहिँ मलाई मार्नेछैनौँ भनी शपथ खाओ।”
13 “No,” they answered, “we will not kill you, but we will tie you up securely and hand you over to them.” So they bound him with two new ropes and led him up from the rock.
तिनीहरूले भने, “हामी राजी छौँ। हामी तिमीलाई बाँधेर मात्र तिनीहरूका हातमा सुम्पिदिनेछौँ। हामी तिमीलाई मार्नेछैनौँ।” यसकारण तिनीहरूले उनलाई दुई वटा नयाँ डोरीहरूले बाँधे, र त्यस पहराबाट माथि लिएर गए।
14 When Samson arrived in Lehi, the Philistines came out shouting against him. And the Spirit of the LORD came mightily upon him. The ropes on his arms became like burnt flax, and the bonds broke loose from his hands.
उनी लहीमा पुग्दा पलिश्तीहरू तिनीकहाँ चिच्याउँदै आए। तब याहवेहका आत्मा उनीमाथि शक्तिसाथ आउनुभयो। उनका पाखुरामा भएका डोरीहरू डढेका सनपाटझैँ भए। अनि ती बन्धनहरू उनका हातहरूबाट फुस्के।
15 He found the fresh jawbone of a donkey, reached out his hand and took it, and struck down a thousand men.
उनले एउटा गधाको आलो बङ्गारा भेट्टाए। अनि उठाए, र त्यसैले एक हजार मानिसलाई मारे।
16 Then Samson said: “With the jawbone of a donkey I have piled them into heaps. With the jawbone of a donkey I have slain a thousand men.”
तब शिमशोनले भने, “एउटा गधाको बङ्गाराले मैले तिनीहरूलाई गधाहरूझैँ बनाएँ। एउटा गधाको बङ्गाराले मैले एक हजार मानिस मारेँ।”
17 And when Samson had finished speaking, he cast the jawbone from his hand; and he named that place Ramath-lehi.
यति भनिसकेर उनले त्यो बङ्गारा फ्याँकिदिए। यसैले त्यस ठाउँलाई रामत-लही भनियो।
18 And being very thirsty, Samson cried out to the LORD, “You have accomplished this great deliverance through Your servant. Must I now die of thirst and fall into the hands of the uncircumcised?”
उनी खूबै तिर्खाएका हुनाले तिनले याहवेहको पुकार गरे, “तपाईंले आफ्नो सेवकलाई महान् विजय दिनुभएको छ। के अब म तिर्खाले मरूँ? ती खतना नभएकाहरूका हातमा परूँ?”
19 So God opened up the hollow place in Lehi, and water came out of it. When Samson drank, his strength returned, and he was revived. That is why he named it En-hakkore, and it remains in Lehi to this day.
तब परमेश्‍वरले लहीमा एउटा खाल्डो बनाउनुभयो, र त्यहाँबाट पानी फुटेर निस्क्यो। शिमशोनले पानी पिएपछि उनको बल फर्कियो, र उनी ताजा भए। यसकारण त्यो मूल फुटेको ठाउँलाई एन-हक्‍कोरे भनियो, र त्यो अझसम्म लहीमा छँदैछ।
20 And Samson judged Israel for twenty years in the days of the Philistines.
शिमशोनले इस्राएललाई पलिश्तीहरूका समयमा बीस वर्षसम्म अगुवाइ गरे।

< Judges 15 >