< Job 29 >
1 And Job continued his discourse:
अय्यूब फेरि बोल्न सुरु गरे र यसो भने,
2 “How I long for the months gone by, for the days when God watched over me,
“ओहो, जस्तो म विगतका महिनाहरू थिएँ त्यस्तै म भए त, जति बेला परमेश्वरले मेरो वास्ता गर्नुहुन्थ्यो,
3 when His lamp shone above my head, and by His light I walked through the darkness,
जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्थ्यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्थें ।
4 when I was in my prime, when the friendship of God rested on my tent,
ओहो, जस्तो मेरा खुशीका दिनहरूमा म थिएँ त्यस्तै म भए त, जति बेला परमेश्वरको मित्रता मेरो पालमाथि हुन्थ्यो,
5 when the Almighty was still with me and my children were around me,
जति बेला सर्वशक्तिमान् मसितै हुनुहुन्थ्यो, र मेरा छोराछोरा मेरो वरिपरि हुन्थे,
6 when my steps were bathed in cream and the rock poured out for me streams of oil!
जति बेला मेरो बाटो दूधले ढाकिन्थ्यो, र चट्टानले मेरो लागि तेलको खोला बगाउँथ्यो!
7 When I went out to the city gate and took my seat in the public square,
जति बेला म सहरको मूल ढोकाबाट बाहिर निस्कन्थें, जति बेला सहरको चोकमा भएको मेरो शासनमा म बस्थें,
8 the young men saw me and withdrew, and the old men rose to their feet.
जवान मानिसहरूले मलाई देखे र मेरो आदर गरेर तिनीहरू टाढै बस्थे, अनि पाका मानिसहरू मेरो निम्ति खडा हुन्थे र उभिन्थे ।
9 The princes refrained from speaking and covered their mouths with their hands.
जब म आउँथें, तब राजकुमारहरूको बोली नै बन्द हुन्थ्यो । तिनीहरूले आफ्ना हातले मुख छोप्थे ।
10 The voices of the nobles were hushed, and their tongues stuck to the roofs of their mouths.
कुलीनहरूका आवाजहरू बन्द हुन्थ्यो, अनि तिनीहरूको जिब्रो तिनीहरूकै तालुमा टाँसिन्थ्यो ।
11 For those who heard me called me blessed, and those who saw me commended me,
किनकि तिनीहरूका कानले सुन्थे, र मलाई आशिष् दिन्थे । तिनीहरूका आँखाले मलाई देखेपछि तिनीहरूले मेरो साक्षी दिन्थे, र मलाई स्याबासी दिन्थे,
12 because I rescued the poor who cried out and the fatherless who had no helper.
किनकि गरिब मानिसले पुकारा गर्दा मैले उसलाई छुटाउँथेँ, र अनाथलाई मदत गर्ने कोही नहुँदा मैले उसको हेरचाह गर्थें ।
13 The dying man blessed me, and I made the widow’s heart sing for joy.
मर्न लागेको मानिसले मलाई आशिष् दिन्थ्यो । विधवाको हृदय आनन्दले गाउने मैले बनाइदिन्थेँ ।
14 I put on righteousness, and it clothed me; justice was my robe and my turban.
मैले धार्मिकता पहिरिन्थेँ, र यसलाई मलाई ढाक्थ्यो । मेरो इन्साफ पोशाक र फेटाझैं हुन्थ्यो ।
15 I served as eyes to the blind and as feet to the lame.
दृष्टिविहीन मानिसको लागि म आँखा भएँ । लङ्गडोको लागि म खुट्टा भएँ ।
16 I was a father to the needy, and I took up the case of the stranger.
खाँचोमा परेको मानिसको लागि म पिता भएँ । मैले नचिनेको मानिसको मुद्दाको पनि म जाँच गरिदिन्थेँ ।
17 I shattered the fangs of the unjust and snatched the prey from his teeth.
मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें ।
18 So I thought: ‘I will die in my nest and multiply my days as the sand.
तब मैले भनें, 'म आफ्नै गुँडमा मर्नेछु । म आफ्ना दिनलाई बालुवाका कणजत्तिकै वृद्धि गराउनेछु ।
19 My roots will spread out to the waters, and the dew will rest nightly on my branches.
मेरा जराहरू पानीमा फैलिएका छन्, र मेरा हाँगाहरूमा रातभरि शीत पर्छ ।
20 My glory is ever new within me, and my bow is renewed in my hand.’
ममा भएको आदर सधैं ताजा रहन्छ, र मेरो शक्तिको धनु सधैं मेरो हातमा सधैं नयाँ हुन्छ ।'
21 Men listened to me with expectation, waiting silently for my counsel.
मानिसहरूले मेरा कुरा सुन्थे । तिनीहरूले मेरो प्रतीक्षा गर्थे । मेरो सल्लाह सुन्न तिनीहरू चुप लागेर बस्थे ।
22 After my words, they spoke no more; my speech settled on them like dew.
मेरा वचनहरू सकिएपछि तिनीहरूले फेरि बोल्दैनथ्ये । मेरो बोली तिनीहरूमा पानीको थोपाझैं खस्थ्यो ।
23 They waited for me as for rain and drank in my words like spring showers.
तिनीहरूले वृष्टिको प्रतीक्षा गरेझैं सधैँ तिनीहरूले मेरो प्रतीक्षा गर्थे । तिनीहरूले बसन्त ऋतुको झरीलाई गरेझैं, मेरा वचनहरू पिउनलाई आफ्ना मुख खुला गर्थे ।
24 If I smiled at them, they did not believe it; the light of my countenance was precious.
तिनीहरूले आशा नगर्दा पनि म तिनीहरूमा मुस्कुराउँथें । तिनीहरूले मेरो अनुहारको ज्योतिलाई इन्कार गर्दैनथे ।
25 I chose their course and presided as chief. So I dwelt as a king among his troops, as a comforter of the mourners.
मैले तिनीहरूका मार्ग चुन्थेँ, र तिनीहरूका प्रमुख अतिथि हुन्थें । राजा आफ्ना सेनाको बिचमा बसेझैं, शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसझैं म बस्थें ।