< Job 24 >

1 “Why does the Almighty not reserve times for judgment? Why may those who know Him never see His days?
“किन सर्वशक्तिमान्‌ले न्यायको निम्ति समयहरू तोक्नुभएको छैन? किन भक्तजनहरूले व्यर्थमा यस्ता दिनहरूको प्रतीक्षा गर्नैपर्छ?
2 Men move boundary stones; they pasture stolen flocks.
जमिनका सिमानाका ढुङ्गाहरू हटाउने मानिसहरू पनि त्यहाँ छन्; तिनीहरूले चोरेका भेडाबाख्राका बगालहरू चराउँछन्।
3 They drive away the donkey of the fatherless and take the widow’s ox in pledge.
तिनीहरूले टुहुरा-टुहुरीहरूको गधा लैजान्छन्, र विधवाको गोरु बन्धकमा लैजान्छन्,
4 They push the needy off the road and force all the poor of the land into hiding.
तिनीहरूले खाँचोमा परेकोलाई बाटोबाट घचेटिदिन्छन्; र देशका सबै गरिबहरूलाई लुक्न बाध्य बनाउँछन्।
5 Indeed, like wild donkeys in the desert, the poor go to work foraging for food; the wasteland is food for their children.
मरुभूमिमा भएका जङ्गली गधाहरूजस्तै, गरिबहरू आफ्नो भोजन खोज्न भौँतारिन्छन्; तिनीहरूका छोराछोरीहरूका निम्ति रुखो भूमिले भोजन जुटाइदिन्छ।
6 They gather fodder in the fields and glean the vineyards of the wicked.
तिनीहरूले अरूको खेतबाट घाँस बटुल्छन्, र दुष्‍ट मानिसहरूका दाखबारीबाट सिलाबाला बटुल्छन्।
7 Without clothing, they spend the night naked; they have no covering against the cold.
लुगाफाटाको अभावमा तिनीहरूले नाङ्गै रात बिताउँछन्; जाडोमा आफूलाई ढाक्नको निम्ति तिनीहरूसँग केही हुँदैन।
8 Drenched by mountain rains, they huddle against the rocks for want of shelter.
तिनीहरू पहाडहरूका झरीले निथ्रुक्‍क भिज्छन्, र आश्रय नहुँदा तिनीहरूले चट्टानलाई अँगाल्छन्।
9 The fatherless infant is snatched from the breast; the nursing child of the poor is seized for a debt.
अनाथ बालकलाई स्तनपानबाट खोसेर लगिन्छ; गरिब घरको शिशुलाई ऋणको निम्ति बन्धकी बनाइन्छ।
10 Without clothing, they wander about naked. They carry the sheaves, but still go hungry.
लुगाफाटाको अभावमा तिनीहरू नाङ्गै डुलिहिँड्छन्; तिनीहरूले अरूको निम्ति अन्‍नका बोरा बोक्छन्, तर आफू भने भोकै हुन्छन्।
11 They crush olives within their walls; they tread the winepresses, but go thirsty.
तिनीहरूले खेतका गराहरूमा जैतुनको तेल पेल्छन्; तिनीहरूले कोलमा दाखरस पेल्छन्, तर आफू भने तिर्खाले छटपटाउछन्।
12 From the city, men groan, and the souls of the wounded cry out, yet God charges no one with wrongdoing.
मर्दै गरेकाहरूको चीत्कार सहरबाट माथि उठ्छ, र घाइतेहरूको प्राण सहायताका निम्ति कराउँछ; तापनि परमेश्‍वरले तिनीहरूको चीत्कारको बेवास्ता गर्नुहुन्छ।
13 Then there are those who rebel against the light, not knowing its ways or staying on its paths.
“ज्योतिको विरुद्धमा विरोध गर्नेहरू पनि छन्, जसले ज्योतिका मार्गहरू जान्दैनन्, अथवा ज्योतिको मार्गमा रहँदैनन्।
14 When daylight is gone, the murderer rises to kill the poor and needy; in the night he is like a thief.
जब दिनको उज्यालो जान्छ, हत्याराहरू उठ्छन्; तब गरिबहरू र खाँचोमा परेकाहरूलाई मार्दछन्, र तिनीहरू रातमा चोरले जस्तै चोर्दछन्।
15 The eye of the adulterer watches for twilight. Thinking, ‘No eye will see me,’ he covers his face.
व्यभिचारीको आँखाले साँझपखलाई पर्खिबस्छ; त्यसले सोच्छ, ‘मलाई कुनै पनि आँखाले देख्नेछैन,’ र त्यसले आफ्नो अनुहार लुकाउँछ।
16 In the dark they dig through houses; by day they shut themselves in, never to experience the light.
रातमा चोरहरूले घरहरू फोर्छन्, तर दिनमा चाहिँ तिनीहरू भित्रै लुकेर बस्छन्; तिनीहरू दिनको उज्यालोमा केही गर्न चाहँदैनन्।
17 For to them, deep darkness is their morning; surely they are friends with the terrors of darkness!
तिनीहरू सबैका लागि मध्यरात तिनीहरूको बिहानी हो; तिनीहरूले अन्धकारका त्रासहरूसँग मित्रता राख्छन्।
18 They are but foam on the surface of the water; their portion of the land is cursed, so that no one turns toward their vineyards.
“तापनि तिनीहरू पानीको सतहमा भएका फिँजजस्तै हुन्; तिनीहरूको जमिनको भाग श्रापित छ; त्यसकारण तिनीहरू दाखबारीहरूमा काम गर्न जाँदैनन्।
19 As drought and heat consume the melting snow, so Sheol steals those who have sinned. (Sheol h7585)
गर्मी र खडेरीले पग्लेको हिउँलाई लगेझैँ, चिहानले पाप गर्नेहरूलाई तानेर लैजान्छ। (Sheol h7585)
20 The womb forgets them; the worm feeds on them; they are remembered no more. So injustice is like a broken tree.
गर्भले तिनीहरूलाई भूलिहाल्छ; किराले तिनीहरूमाथि भोज गर्छन्; दुष्‍ट मानिसहरूको सम्झना रहँदैन, र तिनीहरू रूखजस्तै भाँचिएर जान्छन्।
21 They prey on the barren and childless, and show no kindness to the widow.
तिनीहरूले बाँझी र निःसन्तान स्त्रीलाई शिकार बनाउँछन्, र विधवालाई कुनै दया देखाउँदैनन्।
22 Yet by His power, God drags away the mighty; though rising up, they have no assurance of life.
तर परमेश्‍वरले शक्तिशालीहरूलाई आफ्नो शक्तिले खिँच्नुहुन्छ; तिनीहरू स्थापित भए तापनि तिनीहरूको जीवनको निश्‍चयता हुँदैन।
23 He gives them a sense of security, but His eyes are on their ways.
उहाँले तिनीहरूलाई सुरक्षाको भावनामा जिउन दिनुहुन्छ होला, तर उहाँका आँखाहरू तिनीहरूका मार्गहरूमाथि लागिरहन्छन्।
24 They are exalted for a moment, then they are gone; they are brought low and gathered up like all others; they are cut off like heads of grain.
केही क्षणको निम्ति तिनीहरू उच्‍च पारिनेछन्, र त्यसपछि तिनीहरू रहनेछैनन्; तिनीहरूलाई होच्याइनेछ, र अरू सबैलाई जस्तै जम्मा गरिनेछ; तिनीहरू अन्‍नका बालाहरू काटिएजस्तै काटिनेछन्।
25 If this is not so, then who can prove me a liar and reduce my words to nothing?”
“यदि यसो होइन भने कसले मलाई झूटो ठहराउन सक्छ, र अर्थविना कसले मेरा शब्दहरू घटाउन सक्छ?”

< Job 24 >