< Job 17 >

1 “My spirit is broken; my days are extinguished; the grave awaits me.
मेरो आत्मा नाश पारिएको छ, र मेरो आयु सकिएको छ । चिहान मेरो लागि तयार छ ।
2 Surely mockers surround me, and my eyes must gaze at their rebellion.
निश्‍चय नै गिल्ला गर्नेहरू मसितै छन् । मेरो आँखाले सधैं तिनीहरूको रिसलाई हेर्नुपर्छ ।
3 Give me, I pray, the pledge You demand. Who else will be my guarantor?
मलाई धरौटी दिनुहोस् । तपाईं आफै मेरो जमानी हुनुहोस् । मलाई मदत गर्नलाई अरू को नै छ र?
4 You have closed their minds to understanding; therefore You will not exalt them.
किनकि हे परमेश्‍वर, तपाईंले तिनीहरूका हृदयको समझलाई बन्द गर्नुभएको छ । त्यसकारण तपाईंले तिनीहरूलाई मभन्दा माथि उचाल्नुहुन्‍न ।
5 If a man denounces his friends for a price, the eyes of his children will fail.
इनामको लागि जसले आफ्नो मित्रहरूको बदनामी गर्छ, त्यसका छोराछोरीका आँखा कमजोर हुनेछन् ।
6 He has made me a byword among the people, a man in whose face they spit.
तर उहाँले मलाई मानिसहरूको उखान बनाउनुभएको छ । तिनीहरूले मेरो मुखैमा थुक्छन् ।
7 My eyes have grown dim with grief, and my whole body is but a shadow.
शोकको कारण मेरो आँखा पनि धमिलो भएको छ । मेरो शरीरका सम्पूर्ण भाग छायाजत्तिकै सुकेका छन् ।
8 The upright are appalled at this, and the innocent are stirred against the godless.
यसले सोझा मानिसहरूलाई अलमलमा पार्नेछन् । निर्दोष मानिसले आफैलाई ईश्‍वरहीन मानिसहरूको विरुद्धमा सुर्‍याउनेछ ।
9 Yet a righteous one holds to his way, and the one with clean hands grows stronger.
धर्मी मानिस आफ्नो बाटोमा हिंड्नेछ । शुद्ध हात भएकोचाहिं बलियो हुँदै जानेछ ।
10 But come back and try again, all of you. For I will not find a wise man among you.
तर तिमीहरू सबैले चाहिं फेरि कोसिस गर । तिमीहरूका बिचमा बुद्धिमान् मानिस मैले पाउनेछैनँ ।
11 My days have passed; my plans are broken off— even the desires of my heart.
मेरा दिन बितिसके । मेरा योजनाहरू चकनाचूर भए, अनि मेरो हृदयको इच्छा पनि त्‍यस्‍तै भयो ।
12 They have turned night into day, making light seem near in the face of darkness.
यी मानिसहरू, यी गिल्ला गर्नेले रातलाई दिनमा बद्लन्‍छन् । उज्यालो अँध्यारको नजिकै छ ।
13 If I look for Sheol as my home, if I spread out my bed in darkness, (Sheol h7585)
मैले आशा गरेको घर पाताल मात्र हो भने, र अन्धकारमा मेरो ओछ्यान मैले बनाएको छु भने, (Sheol h7585)
14 and say to corruption, ‘You are my father,’ and to the worm, ‘My mother,’ or ‘My sister,’
र मैले खाडललाई, 'तँ मेरो बुबा हो,' अनि किरालाई 'तँ मेरी आमा वा बहिनी' हो भनेको छु भने,
15 where then is my hope? Who can see any hope for me?
तब मेरो आशा खोइ त? कसले मेरो निम्ति कुनै आशा देख्‍न सक्‍छ र?
16 Will it go down to the gates of Sheol? Will we go down together into the dust?” (Sheol h7585)
जब हामी धूलोमा फर्कन्‍छौं, तब के मसँगै आशा पनि पातालका ढोकाहरूमा जानेछ र? (Sheol h7585)

< Job 17 >