< Jeremiah 45 >

1 This is the word that Jeremiah the prophet spoke to Baruch son of Neriah when he wrote these words on a scroll at the dictation of Jeremiah in the fourth year of Jehoiakim son of Josiah, king of Judah:
यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई भनेका वचन यही हो । यर्मियाको आवज सुनेर तिनले यी वचन एउटा मुट्ठोमा लेखे— यो यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्ष थियो र तिनले भने,
2 “This is what the LORD, the God of Israel, says to you, Baruch:
“बारूक, परमप्रभु इस्राएलका परमेश्‍वरले तिमीलाई यसो भन्‍नुहुन्छः
3 You have said, ‘Woe is me because the LORD has added sorrow to my pain! I am worn out with groaning and have found no rest.’”
तैंले भनिस्, 'धिक्‍कार छ मलाई! किनकि परमप्रभुले मलाई पीडामा वेदना थप्‍नुभएको छ । मेरो सुस्केराले मलाई थकाएको छ । मैले विश्राम पाइन ।'
4 Thus Jeremiah was to say to Baruch: “This is what the LORD says: Throughout the land I will demolish what I have built and uproot what I have planted.
तैंले उसलाई यसो भन्‍नुपर्छ, ‘परमप्रभु यसो भन्‍नुहुन्छः हेर, जे मैले बनाएँ, त्‍यो म अब भत्काउँदैछु । जे मैले रोपेँ, त्‍यो अहिले म उखेल्दैछु— सारा पृथ्वीभरि नै म यसै गर्नेछु ।
5 But as for you, do you seek great things for yourself? Stop seeking! For I will bring disaster on every living creature, declares the LORD, but wherever you go, I will grant your life as a spoil of war.”
तर के तँचाहिं आफ्नै निम्ति ठुला-ठुला कुराहरूको आशा गर्छस्? त्यसको आशा नगर् । किनकि हेर्, सारा मानव-जातिमाथि विपत्ति आउँदैछ, यो परमप्रभुको घोषणा हो— तर तँ जहाँ जानेछस्, त्यहाँ म तेरो जीवन तेरो लुटको रूपमा तँलाई नै दिनेछु' ।”

< Jeremiah 45 >