< Jeremiah 1 >

1 These are the words of Jeremiah son of Hilkiah, one of the priests in Anathoth in the territory of Benjamin.
बेन्यामीनी प्रान्तको अनातोतमा बस्‍ने हिल्कियाह, जो पुजारीहरूमध्ये एक थिए; तिनका छोरा यर्मियाका वचनहरू यिनै हुन्।
2 The word of the LORD came to Jeremiah in the thirteenth year of the reign of Josiah son of Amon king of Judah,
यहूदाका राजा आमोनका छोरा योशियाहको शासनको तेह्रौँ वर्षमा याहवेहको वचन तिनीकहाँ आयो।
3 and through the days of Jehoiakim son of Josiah king of Judah, until the fifth month of the eleventh year of Zedekiah son of Josiah king of Judah, when the people of Jerusalem went into exile.
यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालदेखि योशियाहका अर्का छोरा सिदकियाहको एघारौँ वर्षको पाँचौँ महिनासम्म, अर्थात् यरूशलेमका मानिसहरू कैदमा लगिएको समयसम्म आइरह्‍यो।
4 The word of the LORD came to me, saying:
याहवेहको वचन मकहाँ आयो,
5 “Before I formed you in the womb I knew you, and before you were born I set you apart and appointed you as a prophet to the nations.”
“मैले तँलाई गर्भमा सृष्‍टि गर्नुभन्दा अगि नै तँलाई चिनिसकेको थिएँ; तँ जन्मनुभन्दा अगि नै मैले तँलाई अलग गरेँ; अनि मैले तँलाई जातिहरूका निम्ति अगमवक्ताको रूपमा नियुक्त गरेँ।”
6 “Ah, Lord GOD,” I said, “I surely do not know how to speak, for I am only a child!”
तब मैले भनेँ, “हे प्रभु याहवेह, म बोल्न जान्दिनँ; किनभने म त बालकै छु।”
7 But the LORD told me: “Do not say, ‘I am only a child.’ For to everyone I send you, you must go, and all that I command you, you must speak.
तर याहवेहले मलाई भन्‍नुभयो, “म बालकै छु भनी नभन्। मैले तँलाई पठाएका सबै मानिसहरूकहाँ तँ जानैपर्छ र मैले तँलाई जे-जे आज्ञा गर्छु, त्यो तैँले भन्‍नैपर्छ।
8 Do not be afraid of them, for I am with you to deliver you,”
तिनीहरूसित नडरा, किनकि म तँसित छु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
9 Then the LORD reached out His hand, touched my mouth, and said to me: “Behold, I have put My words in your mouth.
त्यसपछि याहवेहले आफ्नो हात पसारेर मेरो मुख छुनुभयो र मलाई भन्‍नुभयो, “मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु।
10 See, I have appointed you today over nations and kingdoms to uproot and tear down, to destroy and overthrow, to build and plant.”
हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न भनी आज म तँलाई राष्ट्रहरू र राज्यहरूमाथि नियुक्त गर्दछु।”
11 And the word of the LORD came to me, asking, “Jeremiah, what do you see?” “I see a branch of an almond tree,” I replied.
याहवेहको यो वचन मकहाँ आयो: “यर्मिया तँ के देख्दैछस्?” मैले जवाफ दिएँ, “म हाडे-बदामका रूखको एउटा हाँगा देख्दैछु।”
12 “You have observed correctly,” said the LORD, “for I am watching over My word to accomplish it.”
याहवेहले मलाई भन्‍नुभयो, “तैँले ठिक देखेको छस्; किनकि म आफ्नो वचन पूरा भएको देख्दैछु।”
13 Again the word of the LORD came to me, asking, “What do you see?” “I see a boiling pot,” I replied, “and it is tilting toward us from the north.”
याहवेहको वचन फेरि मकहाँ आयो: “तँ के देख्दैछस्?” तब मैले जवाफ दिएँ, “म एउटा उम्‍लिरहेको भाँडो देख्दैछु, जुन उत्तर दिशाबाट हामीतिर ढल्किरहेको छ।”
14 Then the LORD said to me, “Disaster from the north will be poured out on all who live in the land.
याहवेहले मलाई भन्‍नुभयो, “यस देशमा बस्‍ने सबै मानिसहरूमाथि उत्तर दिशाबाट विपत्ति खन्याइनेछ।
15 For I am about to summon all the clans and kingdoms of the north,” declares the LORD. “Their kings will come and set up their thrones at the entrance of the gates of Jerusalem. They will attack all her surrounding walls and all the other cities of Judah.
म उत्तरी राज्यहरूका सबै जातिहरूलाई भेला गराउन लागेको छु,” याहवेह घोषणा गर्नुहुन्छ। “तिनीहरूका राजाहरू आउनेछन्, र यरूशलेमका मूलढोकाहरूको मुखमा तिनीहरूले आफ्ना सिंहासनहरू स्थापित गर्नेछन्; तिनीहरू त्यसका चारैतिरका पर्खालहरूको विरुद्धमा र यहूदाका सबै नगरहरूको विरुद्धमा आउनेछन्।
16 I will pronounce My judgments against them for all their wickedness, because they have forsaken Me to burn incense to other gods and to worship the works of their own hands.
म आफ्ना जातिहरूमाथि आफ्नो न्यायको घोषणा गर्नेछु; किनकि तिनीहरूले मलाई त्यागेर दुष्‍टता गरेका छन्; अनि आफ्नै हातले बनाएका अरू देवी-देवताहरूका अगि धूप बालेर पूजा गरेका छन्।
17 Get yourself ready. Stand up and tell them everything that I command you. Do not be intimidated by them, or I will terrify you before them.
“यसकारण उठ्, र आफूलाई तयार गर्! मैले तँलाई आज्ञा गरेका सबै कुरा तिनीहरूलाई भन्। तिनीहरूसँग नडरा, नत्रता म तँलाई तिनीहरूको अगि भयभीत बनाउनेछु।
18 Now behold, this day I have made you like a fortified city, an iron pillar, and bronze walls against the whole land—against the kings of Judah, its officials, its priests, and the people of the land.
आज मैले तँलाई सम्पूर्ण देशको विरुद्धमा—यहूदाका राजाहरू, त्यसका हाकिमहरू, त्यसका पुजारीहरू र देशका मानिसहरूको विरुद्धमा खडा हुन फलामको खम्बा, काँसाको पर्खाल र एउटा बलियो किल्‍ला भएको सुरक्षित सहर बनाएको छु।
19 They will fight against you but will never overcome you, since I am with you to deliver you,” declares the LORD.
तिनीहरू तेरो विरुद्ध लडाइँ गर्नेछन्, तर तँलाई जित्न सक्नेछैनन्; किनकि म तँसित हुनेछु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

< Jeremiah 1 >