< Isaiah 46 >
1 Bel crouches; Nebo cowers. Their idols weigh down beasts and cattle. The images you carry are burdensome, a load to the weary animal.
बेल झुक्छ, नेबो निहुरिन्छ । तिनीहरूका मूर्तिहरूलाई जनावरहरू र भारी बोक्ने पशुहरूले बोक्छन् । तिमीहरूले बोक्ने यी मूर्तीहरू थकित पशुहरूका निम्ति गह्रौँ बारी हुन्छन् ।
2 The gods cower; they crouch together, unable to relieve the burden; but they themselves go into captivity.
तिनीहरू एकसाथ झुक्छन् र घुँडा टेक्छन् । तिनीहरूले मुर्तिहरूलाई छुटकारा दिन सक्दैनन् र तिनीहरू आफै कैदमा गएका छन् ।
3 “Listen to Me, O house of Jacob, all the remnant of the house of Israel, who have been sustained from the womb, carried along since birth.
ए याकूबको घराना, मेरो कुरा सुन्, ए इस्राएलका सबै बाँकी रहेकाहरू, जसलाई मैले तिमीहरूका जन्म हुनअगिदेखि अर्थात् गर्भदेखि नै बोकेको छु ।
4 Even to your old age, I will be the same, and I will bear you up when you turn gray. I have made you, and I will carry you; I will sustain you and deliver you.
तिमीहरूका बुढेसकालमा पनि उही हुँ र तिमीहरूका कपाल फुल्ने बेलामा पनि म तिमीहरूलाई बोक्नेछु । मैले तँलाई बनाएँ र म नै तँलाई बोक्नेछु । म तँलाई बोक्नेछु र म तँलाई छुटकारा दिनेछु ।
5 To whom will you liken Me or count Me equal? To whom will you compare Me, that we should be alike?
मलाई कोसँग तुलना गर्नेर्छस्? म कोजस्तो छु जस्तो लाग्छ ताकि हामीलाई तुलना गर्न सकियोस्?
6 They pour out their bags of gold and weigh out silver on scales; they hire a goldsmith to fashion it into a god, so they can bow down and worship.
मानिहरूले झोलाबाट सुन खन्याउँछन् र चाँदीलाई तराजुमा जोख्नेछन् । तिनीहरूले सुनारलाई ज्याला लिन्छन् र त्यसबाट उसले एउटा देवता बनाउँछ । तिनीहरू त्यसको सामु घोप्टो पर्छन् र त्यसको पुजा गर्छन् ।
7 They lift it to their shoulder and carry it along; they set it in its place, and there it stands, not budging from that spot. They cry out to it, but it does not answer; it saves no one from his troubles.
तिनीहरूले त्यसलाई आफ्नो काँधमा राख्छन् र त्यो बोक्छन् । तिनीहरूले त्यसलाई एक ठाउँमा राख्छन् र त्यो त्यहाँ खडा हुन्छ र त्यो हलचल गर्दैन । तिनीहरू त्यससँग पुकारा गर्छन्, तर त्यसले जवाफ दिन सक्दैन न कुनै व्यक्तिको कष्टबाट उसलाई छुटकारा दिन नै सक्छ ।
8 Remember this and be brave; take it to heart, you transgressors!
ए विद्रोहीहरू, यी कुराहरूका बारेमा विचार गर । तिनलाई कदापि बेवास्त नगर ।
9 Remember what happened long ago, for I am God, and there is no other; I am God, and there is none like Me.
पहिलेका कुराहरू अर्थात् विगतका समयहरूका बारेमा विचार गर, किनकि म परमेश्वर हुँ र त्यहाँ अरू कोही छैन । म परमेश्वर हुँ र मजस्तो अरू कोही छैन ।
10 I declare the end from the beginning, and ancient times from what is still to come. I say, ‘My purpose will stand, and all My good pleasure I will accomplish.’
सुरुदेखि नै म अन्तको बारेमा, अनि अझसम्म नघटेको कुराका बारेमा पहिलेदेखि नै म भन्न सक्छु । म भन्छु, “मेरो योजना पुरा हुनेछ र मलाई जस्तो इच्छा लाग्छ त्यस्तै म गर्नेछु ।”
11 I summon a bird of prey from the east, a man for My purpose from a far-off land. Truly I have spoken, and truly I will bring it to pass. I have planned it, and I will surely do it.
शिकारी चरालाई म पुर्वबाट बोलाउँछु, मैले रोजेको मानिसलाई म टाढा देशबाट बोलाउँछु । हो, मैले बोलेको छु । मैले यसलाई पुरा पनि गर्नेर्छु । मैले उद्देश्य राखेको छु, म त्यो पुरा गर्नेछु ।
12 Listen to Me, you stubborn people, far removed from righteousness:
ए हठी मानिसहरू, मेरो कुरा सुन, जो ठिक कुरा गर्नबाट टाढै बस्छौ ।
13 I am bringing My righteousness near; it is not far away, and My salvation will not be delayed. I will grant salvation to Zion and adorn Israel with My splendor.
म आफ्नो धार्मिकता नजिक ल्याउँदैछु । त्यो टाढा छैन, र मेरो उद्धारले पर्खंदैन । अनि सियोनलाई मेरो उद्धार र इस्राएललाई मेरो सुन्दरता म दिनेछु ।