< Genesis 5 >

1 This is the book of the generations of Adam. In the day that God created man, He made him in His own likeness.
आदमको वंशको विवरण यही हो: जब परमेश्‍वरले मानिस जातिलाई सृष्‍टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो।
2 Male and female He created them, and He blessed them. And in the day they were created, He called them “man.”
उहाँले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो, र तिनीहरूलाई आशिष् दिनुभयो। तिनीहरूको सृष्‍टि हुँदा उहाँले तिनीहरूलाई “मानिस जाति” नाम दिनुभयो।
3 When Adam was 130 years old, he had a son in his own likeness, after his own image; and he named him Seth.
आदम 130 वर्षको हुँदा, तिनीजस्तै तिनको आफ्नै स्वरूपमा एउटा छोरा भयो, र तिनले त्यसको नाम शेत राखे।
4 And after he had become the father of Seth, Adam lived 800 years and had other sons and daughters.
शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
5 So Adam lived a total of 930 years, and then he died.
आदम जम्मा 930 वर्षसम्म बाँचे; अनि तिनी मरे।
6 When Seth was 105 years old, he became the father of Enosh.
शेतको उमेर 105 वर्षको हुँदा, तिनी एनोशका पिता भए।
7 And after he had become the father of Enosh, Seth lived 807 years and had other sons and daughters.
तिनी एनोशका पिता भएपछि शेत 807 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी पनि जन्मिए।
8 So Seth lived a total of 912 years, and then he died.
शेत जम्मा 912 वर्षसम्म बाँचे; अनि तिनी मरे।
9 When Enosh was 90 years old, he became the father of Kenan.
एनोशको उमेर 90 वर्षको हुँदा, तिनी केनानका पिता भए।
10 And after he had become the father of Kenan, Enosh lived 815 years and had other sons and daughters.
अनि तिनी केनानका पिता भएपछि, एनोश 815 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी भए।
11 So Enosh lived a total of 905 years, and then he died.
एनोश जम्मा 905 वर्षसम्म बाँचे; अनि तिनी मरे।
12 When Kenan was 70 years old, he became the father of Mahalalel.
केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए।
13 And after he had become the father of Mahalalel, Kenan lived 840 years and had other sons and daughters.
अनि तिनी महलालेलका पिता भएपछि, केनान 840 वर्ष बाँचे; र तिनका अरू छोराछोरी जन्मिए।
14 So Kenan lived a total of 910 years, and then he died.
केनान जम्मा 910 वर्षसम्म बाँचे; अनि तिनी मरे।
15 When Mahalalel was 65 years old, he became the father of Jared.
महलालेलको उमेर 65 वर्षको हुँदा, तिनी येरेदका पिता भए।
16 And after he had become the father of Jared, Mahalalel lived 830 years and had other sons and daughters.
अनि तिनी येरेदका पिता भएपछि, महलालेल 830 बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
17 So Mahalalel lived a total of 895 years, and then he died.
महलालेल जम्मा 895 वर्षसम्म बाँचे; अनि तिनी मरे।
18 When Jared was 162 years old, he became the father of Enoch.
येरेदको उमेर 162 वर्षको हुँदा, तिनी हनोकका पिता भए।
19 And after he had become the father of Enoch, Jared lived 800 years and had other sons and daughters.
अनि तिनी हनोकका पिता भएपछि येरेद 800 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
20 So Jared lived a total of 962 years, and then he died.
येरेद जम्मा 962 वर्षसम्म बाँचे, र तिनी मरे।
21 When Enoch was 65 years old, he became the father of Methuselah.
हनोकको उमेर 65 वर्षको हुँदा, तिनी मतूशेलहका पिता भए।
22 And after he had become the father of Methuselah, Enoch walked with God 300 years and had other sons and daughters.
अनि तिनी मतूशेलहका पिता भएपछि हनोक परमेश्‍वरसित 300 वर्ष विश्‍वासयोग्य भएर बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
23 So Enoch lived a total of 365 years.
हनोक जम्मा 365 वर्षसम्म बाँचे।
24 Enoch walked with God, and then he was no more, because God had taken him away.
हनोक परमेश्‍वरसित विश्‍वासयोग्य भएर बाँचे। अनि तिनी अलप भए; किनकि परमेश्‍वरले तिनलाई उठाइलैजानुभयो।
25 When Methuselah was 187 years old, he became the father of Lamech.
मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए।
26 And after he had become the father of Lamech, Methuselah lived 782 years and had other sons and daughters.
अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
27 So Methuselah lived a total of 969 years, and then he died.
मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे।
28 When Lamech was 182 years old, he had a son.
लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो।
29 And he named him Noah, saying, “May this one comfort us in the labor and toil of our hands caused by the ground that the LORD has cursed.”
अनि तिनले यसो भनेर त्यसको नाम नोआ राखे, “याहवेहले श्राप दिनुभएको भूमिमा हाम्रा हातले गरेको काम र कष्‍टदायक परिश्रममा यसले हामीलाई सान्त्वना दिनेछ।”
30 And after he had become the father of Noah, Lamech lived 595 years and had other sons and daughters.
नोआ जन्मेपछि लेमेक 595 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
31 So Lamech lived a total of 777 years, and then he died.
लेमेक जम्मा 777 वर्षसम्म बाँचे; अनि तिनी मरे।
32 After Noah was 500 years old, he became the father of Shem, Ham, and Japheth.
नोआ 500 वर्ष पुगेपछि तिनी शेम, हाम र येपेतका पिता भए।

< Genesis 5 >