< Galatians 1 >

1 Paul, an apostle—sent not from men nor by man, but by Jesus Christ and God the Father, who raised Him from the dead—
म पावल एक प्रेरित हुँ । म कुनै मानिस वा व्यक्‍तिद्वारा प्रेरित भएको होइन, तर येशू ख्रीष्‍ट र परमेश्‍वर पिताद्वारा भएको हुँ जसले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो ।
2 and all the brothers with me, To the churches of Galatia:
मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु ।
3 Grace and peace to you from God our Father and the Lord Jesus Christ,
परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,
4 who gave Himself for our sins to rescue us from the present evil age, according to the will of our God and Father, (aiōn g165)
जसले हाम्रा परमेश्‍वर र पिताको इच्छाअनुसार यस वर्तमान दुष्‍ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो । (aiōn g165)
5 to whom be glory forever and ever. Amen. (aiōn g165)
उहाँलाई नै सदासर्वदा महिमा होस् । (aiōn g165)
6 I am amazed how quickly you are deserting the One who called you by the grace of Christ and are turning to a different gospel—
तिमीहरू यति छिटै फरक सन्देशतिर फर्किएको देख्दा म चकित परेको छु । ख्रीष्‍टको अनुग्रहद्वारा तिमीहरूलाई बोलाउनुहुनेबाट तिमीहरू टाढिएको देख्दा म चकित परेको छु ।
7 which is not even a gospel. Evidently some people are troubling you and trying to distort the gospel of Christ.
अरू कुनै सुसमाचार छैन, तर केही यस्ता मानिसहरू छन् जसले तिमीहरूलाई समस्यामा पार्न र ख्रीष्‍ट येशूको सुसमाचारलाई विकृत गर्न चाहन्छन् ।
8 But even if we or an angel from heaven should preach a gospel contrary to the one we preached to you, let him be under a curse!
तर हामीले तिमीहरूका माझमा जुन सुसमाचार घोषणा गर्‍यौँ, त्योभन्दा बाहेक अरू कुनै सन्देशलाई यदि हामी वा स्वर्गबाट आएका स्वर्गदूतले नै प्रचार गरे तापनि त्यो श्रापित होस् ।
9 As we have said before, so now I say again: If anyone is preaching to you a gospel contrary to the one you received, let him be under a curse!
हामीले पहिले नै भनिसकेका छौँ र म अहिले फेरि पनि भन्दछु, “कसैले तिमीहरूले स्वीकार गरेको भन्दा बाहेक तिमीहरूका सामु अर्को सन्देशको घोषणा गर्दछ भने, त्यो श्रापित होस् ।”
10 Am I now seeking the approval of men, or of God? Or am I striving to please men? If I were still trying to please men, I would not be a servant of Christ.
के मैले अहिले मानिसहरू वा परमेश्‍वरको समर्थन खोजिरहेको छु र? के मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु र? यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्ने प्रयास गरिरहेको छु भने, म ख्रीष्‍टको दास होइनँ ।
11 For I certify to you, brothers, that the gospel I preached was not devised by man.
भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्‍ने म चाहन्छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन ।
12 I did not receive it from any man, nor was I taught it; rather, I received it by revelation from Jesus Christ.
मैले यो कुनै मानिसबाट प्राप्‍त गरेको होइन, न त मलाई यो सिकाइएको थियो । बरु, मलाई यो येशू ख्रीष्‍टको प्रकाशद्वारा दिइएको थियो ।
13 For you have heard of my former way of life in Judaism, how severely I persecuted the church of God and tried to destroy it.
म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई हिंसात्‍मक रूपले अत्यधिक सताइरहेको थिएँ र त्‍यसलाई नष्‍ट गरिरहेको थिएँ ।
14 I was advancing in Judaism beyond many of my contemporaries and was extremely zealous for the traditions of my fathers.
म यहूदी धर्मकर्ममा मेरा आफ्नै मानिसहरूका कैयौँ सहकर्मीहरूभन्दा धेरै अगि बढिरहेको थिएँ । मेरा पुर्खाहरूका परम्पराहरूका निम्ति म अत्यन्तै उत्साहित थिएँ ।
15 But when God, who set me apart from my mother’s womb and called me by His grace, was pleased
तर मेरी आमाको गर्वदेखि नै मलाई चुन्‍नको निम्ति परमेश्‍वर खुसी हुनुभयो ।
16 to reveal His Son in me so that I might preach Him among the Gentiles, I did not rush to consult with flesh and blood,
मैले गैरयहूदीहरूका माझमा उहाँलाई घोषणा गर्न सकूँ भनेर उहाँका पुत्रलाई ममा प्रकट गर्नको निम्ति उहाँको अनुग्रहद्वारा उहाँले मलाई बोलाउनुभयो । मैले तुरुन्तै शरीर र रगतको सल्लाह लिइनँ,
17 nor did I go up to Jerusalem to the apostles who came before me, but I went into Arabia and later returned to Damascus.
र मभन्दा अगि प्रेरित भएकाहरूकहाँ म यरूशलेममा गइनँ । बरु, म अरबतिर गएँ र त्यसपछि दमस्कसमा फर्किएँ ।
18 Only after three years did I go up to Jerusalem to confer with Cephas, and I stayed with him fifteen days.
अनि तिन वर्षपछि केफासलाई भेट्न म यरूशलेम गएँ र त्यहाँ उनीसँग पन्ध्र दिनसम्म बसेँ ।
19 But I saw none of the other apostles except James, the Lord’s brother.
तर मैले प्रभुका भाइ याकूबलाई बाहेक अरू कसैलाई भेटिनँ ।
20 I assure you before God that what I am writing to you is no lie.
हेर, मैले जे लेखेको छु, परमेश्‍वरको अगि मैले तिमीहरूलाई ढाँटेको छैन ।
21 Later I went to the regions of Syria and Cilicia.
त्यसपछि म सिरिया तथा किलिकियाका क्षेत्रहरूतिर गएँ ।
22 I was personally unknown, however, to the churches of Judea that are in Christ.
ख्रीष्‍टमा भएका यहूदियाका मण्डलीहरूमा म अझैसम्म चिनिएको थिइनँ,
23 They only heard the account: “The man who formerly persecuted us is now preaching the faith he once tried to destroy.”
तर उनीहरूले सुनेका थिएँ, “एक पटक हामीलाई सताउने व्यक्‍तिले अहिले त्यही विश्‍वासको घोषणा गरिरहेका छन् जुन विश्‍वासलाई कुनै समय उनले नष्‍ट गरिरहेका थिए ।”
24 And they glorified God because of me.
मेरो कारण तिनीहरूले परमेश्‍वरको महिमा गरिरहेका थिए ।

< Galatians 1 >