< Ezra 4 >
1 When the enemies of Judah and Benjamin heard that the exiles were building a temple for the LORD, the God of Israel,
यतिबेला निर्वासनबाट फर्केका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्वरको लागि मन्दिर बनाउँदै छन् भनी यहूदा र बेन्यामीनका केही शत्रुहरूले सुने ।
2 they approached Zerubbabel and the heads of the families, saying, “Let us build with you because, like you, we seek your God and have been sacrificing to Him since the time of King Esar-haddon of Assyria, who brought us here.”
त्यसैले तिनीहरू यरुबाबेल र परिवारका मुख्य मानिसहरूकहाँ आए । तिनीहरूले उनीहरूलाई भने, “हामीलाई पनि तपाईंहरूसँगै निर्माण गर्न दिनुहोस्, किनकि अश्शूरका राजा एसरहदोनले हामीलाई यहाँ ल्याएदेखि नै तपाईंहरूजस्तै हामी तपाईंका परमेश्वरको खोजी गर्छौं, र हामीले उहाँलाई नै बलिदान चढाएका छौं ।”
3 But Zerubbabel, Jeshua, and the other heads of the families of Israel replied, “You have no part with us in building a house for our God, since we alone must build it for the LORD, the God of Israel, as Cyrus king of Persia has commanded us.”
तर यरुबाबेल, येशूअ र परिवारका मुख्य मानिसहरूले भने, “तपाईंहरूले होइन, तर हामीले परमेश्वरको मन्दिर बनाउनुपर्छ, किनकि हामीले नै परमप्रभु इस्राएलका परमेश्वरको निम्ति मन्दिर बनाउनेछौं, जस्तो फारसका राजा कोरेसले आज्ञा गर्नुभएको छ ।”
4 Then the people of the land set out to discourage the people of Judah and make them afraid to build.
त्यसैले त्यस देशका मानिसहरूले यहूदीहरूका हात कमजोर तुल्याए । तिनीहरूले निर्माणमा यहूदीहरूलाई डर देखाए ।
5 They hired counselors against them to frustrate their plans throughout the reign of Cyrus king of Persia and down to the reign of Darius king of Persia.
यहूदीहरूका योजनालाई निराश तुल्याउन तिनीहरूले सल्लाहकारहरूलाई घुस पनि दिए । तिनीहरूले फारसका राजा कोरेसको शासनकाल र दाराको शासनकालभरि नै यसो गरे ।
6 At the beginning of the reign of Xerxes, an accusation was lodged against the people of Judah and Jerusalem.
तब अहासूरस (अर्तासास्त) को शासनकालको सुरुमा तिनीहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूको विरुद्धमा एउटा अभियोग-पत्र लेखे ।
7 And in the days of Artaxerxes king of Persia, Bishlam, Mithredath, Tabeel, and the rest of his associates wrote a letter to Artaxerxes. It was written in Aramaic and then translated.
अर्तासास्तको शासनकालमा विश्लाम, मित्रेता, ताबेल र तिनका सहयोगीहरूले अर्तासास्तलाई लेखे ।उक्त चिट्ठी आरमेइक भाषामा लेखियो र अनुवाद गरियो ।
8 Rehum the commander and Shimshai the scribe wrote the letter against Jerusalem to King Artaxerxes as follows:
सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको बारेमा अर्तासास्तलाई यसरी चिट्ठी लेखे ।
9 From Rehum the commander, Shimshai the scribe, and the rest of their associates—the judges and officials over Tripolis, Persia, Erech and Babylon, the Elamites of Susa,
रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अर्थात् फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्यायाधीशहरू र अधिकारीहरू अनि शूशनका मानिसहरू (अर्थात् एलामीहरू) ले एउटा चिट्ठी लेखे,
10 and the rest of the peoples whom the great and honorable Ashurbanipal deported and settled in the cities of Samaria and elsewhere west of the Euphrates.
र महान् अनि प्रसिद्ध अशूरवनिपलले देश निकाला गरेर सामरिया र यूफ्रेटिस नदीपारिको प्रान्तमा बसालेका मानिसहरू पनि तिनीहरूसँगै मिले ।
11 (This is the text of the letter they sent to him.) To King Artaxerxes, From your servants, the men west of the Euphrates:
तिनीहरूले अर्तासास्तलाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो, “हजुरका सेवकहरू, यूफ्रेटिस नदी पारिको प्रान्तका मानिसहरू यसो लेख्छन्:
12 Let it be known to the king that the Jews who came from you to us have returned to Jerusalem. And they are rebuilding that rebellious and wicked city, restoring its walls, and repairing its foundations.
हजुरकहाँबाट आएका यहूदीहरू यरूशलेममा एउटा विद्रोही सहर निर्माण गर्न हाम्रो विरुद्ध आएका छन् भन्ने कुरो राजालाई जाहेर होस् । तिनीहरूले पर्खालहरू बनाएर सिद्ध्याएका छन्, र जगहरू मर्मत गर्दैछन् ।
13 Let it now be known to the king that if that city is rebuilt and its walls are restored, they will not pay tribute, duty, or toll, and the royal treasury will suffer.
यो सहर निर्मण भयो रउक्त पर्खाल सम्पन्न भयो भने, तिनीहरूले कुनै महसुल र कर तिर्नेछैनन्, तर तिनीहरूले राजाहरूलाई हानि पुर्याउनेछन् भन्ने कुरो राजाका हजुरीमा जाहेर होस् ।
14 Now because we are in the service of the palace and it is not fitting for us to allow the king to be dishonored, we have sent to inform the king
हामीले दरबारको नून खाएका हुनाले राजालाई कुनै अनादर भएको देख्नु हाम्रो लागि निश्चय नै उचित हुँदैन । यही कारणले गर्दा हामीले राजालाई जानकारी गराउँदैछौं,
15 that a search should be made of the record books of your fathers. In these books you will discover and verify that the city is a rebellious city, harmful to kings and provinces, inciting sedition from ancient times. That is why this city was destroyed.
जसले गर्दा हजुरले आफ्ना पिताको अभिलेख खोज्न र राजाहरूसाथै प्रान्तहरूलाई हानि गर्ने यो एउटा विद्रोही सहर रहेछ भनी पुष्टि गर्न सक्नुहुन्छ । यसले राजाहरू र प्रान्तहरूलाई धेरै समस्या दिएको छ । पहिले देखि नै यो विद्रोहको केन्द्र बनेको छ । यही कारणले गर्दा यो सहर नष्ट पारिएको थियो ।
16 We advise the king that if this city is rebuilt and its walls are restored, you will have no dominion west of the Euphrates.
यो सहर र पर्खाल निर्माण गरियो भने हजुरको लागि यूफ्रेटिस नदीपारिको प्रान्तमा केही बाँकी रहने छैन भनी हामी राजालाई जानकारी गराउँदैछौं ।”
17 Then the king sent this reply: To Rehum the commander, Shimshai the scribe, and the rest of your associates living in Samaria and elsewhere in the region west of the Euphrates: Greetings.
त्यसैले राजाले सामरियामा बस्ने रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अनि यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्ने बाँकी सबैलाई एउटा जवाफ पठाए, “तिमीहरूलाई शान्ति होस् ।
18 The letter you sent us has been translated and read in my presence.
तिमीहरूले पठाएका चिट्ठी अनुवाद गरियो र मेरो सामु पढियो ।
19 I issued a decree, and a search was conducted. It was discovered that this city has revolted against kings from ancient times, engaging in rebellion and sedition.
त्यसैले मैले छानविन गर्न आदेश दिएँ, रपहिलौक दिनहरूमा तिनीहरू राजाहरूका विरुद्धमा बागी भएका र विद्रोह गरेका रहेछन् भनी पत्ता लगाइयो ।
20 And mighty kings have ruled over Jerusalem and exercised authority over the whole region west of the Euphrates; and tribute, duty, and toll were paid to them.
शक्तिशाली राजाहरूले यरूशलेममा राज्य गरेका रहेछन्, र यूफ्रेटिस नदीपारिको प्रान्तका हरेक कुरामा अधिकार जमाएका रहेछन् । तिनीहरूलाई करहरू र महसुलहरू तिरिएका रहेछन् ।
21 Now, therefore, issue an order for these men to stop, so that this city will not be rebuilt until I so order.
अब मैले आज्ञा नदिएसम्म यी मानिहरूले यो सहर निर्माण गर्न रोक्नुपर्छ भनी एउटा आज्ञा जारी गर्नू ।
22 See that you do not neglect this matter. Why allow this threat to increase and the royal interests to suffer?
यसलाई बेवास्ता नगर्न होसियार हुनु । यस खतरालाई बढ्न दिने र राजकीय हितको बढी क्षति हुन किन दिने?
23 When the text of the letter from King Artaxerxes was read to Rehum, Shimshai the scribe, and their associates, they went immediately to the Jews in Jerusalem and forcibly stopped them.
जब राजा अर्तासास्तको आदेश रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरूका सामु पढियो, तिनीहरू तुरुन्तै यरूशलेममा गए, र यहूदीहरूलाई जबरदस्तसाथ निर्माण रोक्न लगाए ।
24 Thus the construction of the house of God in Jerusalem ceased, and it remained at a standstill until the second year of the reign of Darius king of Persia.
यसरी फारसका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म यरूशलेममा परमेश्वरको मन्दिरको काम रोकियो ।