< Exodus 28 >

1 “Next, have your brother Aaron brought to you from among the Israelites, along with his sons Nadab, Abihu, Eleazar, and Ithamar, to serve Me as priests.
“इस्राएलीहरूका बीचबाट तेरा दाजु हारून र त्यसका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार पुजारी भई मेरो सेवा गर्न भनेर तँकहाँ बोला।
2 Make holy garments for your brother Aaron, to give him glory and splendor.
तेरा दाजु हारूनलाई मर्यादा र सम्मान दिनलाई त्यसका निम्ति पवित्र पोशाकहरू बनाउनू।
3 You are to instruct all the skilled craftsmen, whom I have filled with a spirit of wisdom, to make garments for Aaron’s consecration, so that he may serve Me as priest.
मैले यस्ता कामका लागि बुद्धि दिएका सबै दक्ष मानिसहरूलाई भन् कि तिनीहरूले हारूनलाई पुजारी भई मेरो सेवा गर्न नियुक्त गर्नका लागि पोशाकहरू बनाऊन्।
4 These are the garments that they shall make: a breastpiece, an ephod, a robe, a woven tunic, a turban, and a sash. They are to make these holy garments for your brother Aaron and his sons, so that they may serve Me as priests.
तिनीहरूले बनाउनुपर्ने पोशाकहरू यिनै हुन्: छाती-पाता, एपोद, अलखा, बुनेको कुर्ता, फेटा र पटुका। तिनीहरूले यी पवित्र पोशाकहरू तेरा दाजु हारून र त्यसका छोराहरूका निम्ति पुजारी भई मेरो सेवा गर्नका लागि बनाउनुपर्छ।
5 They shall use gold, along with blue, purple, and scarlet yarn, and fine linen.
तिनीहरूले सुन, निलो, बैजनी र रातो धागो अनि मसिनो सुती कपडा चलाऊन्।
6 They are to make the ephod of finely spun linen embroidered with gold, and with blue, purple, and scarlet yarn.
“एपोदचाहिँ सुन, निलो, बैजनी र रातो धागोका अनि मसिनो बाटेको सुती कपडाका सिपालु शिल्पकारको काम भएको बनाउनू।
7 It shall have two shoulder pieces attached at two of its corners, so it can be fastened.
त्यसमा दुई कुनामा जोडिएका अनि बाँध्न सकिने काँधका दुई वटा टुक्राहरू हुनुपर्छ।
8 And the skillfully woven waistband of the ephod must be of one piece, of the same workmanship—with gold, with blue, purple, and scarlet yarn, and with finely spun linen.
त्यसको सिपालु गरी बुनेको पटुका अनि एपोदसित एउटै भएको, र त्यो सुन अनि निलो, बैजनी र रातो धागो अनि मसिनोसित बाटेको सुती कपडाले बनिएको हुनुपर्छ।
9 Take two onyx stones and engrave on them the names of the sons of Israel:
“दुई वटा गोमेद पत्थर लिएर त्यसमा इस्राएलका छोराहरूका नाम खोप्नू।
10 six of their names on one stone and the remaining six on the other, in the order of their birth.
ती तिनीहरूका जन्मअनुसार एउटा पत्थरमा छ वटा नामहरू र अर्कोमा बाँकी रहेका नामहरू खोप्नू।
11 Engrave the names of the sons of Israel on the two stones the way a gem cutter engraves a seal. Then mount the stones in gold filigree settings.
इस्राएलका छोराहरूका नाम ती दुई पत्थरहरूमा शिल्पकारले जसरी छाप खोप्छ, त्यसरी नै खोप्नू। त्यसपछि ती पत्थरहरूलाई सुनका मणिघरमा राख्नू।
12 Fasten both stones on the shoulder pieces of the ephod as memorial stones for the sons of Israel. Aaron is to bear their names on his two shoulders as a memorial before the LORD.
तिनीहरूलाई इस्राएलका छोराहरूका निम्ति सम्झना गराउने पत्थरझैँ एपोदका काँधे-जोर्नीहरूमा कसिदिनू। हारूनले ती नामहरू सम्झनाझैँ याहवेहको सामु आफ्नो काँधमा बोक्नुपर्छ।
13 Fashion gold filigree settings
सुनका मणिघर बनाउनू
14 and two chains of pure gold, made of braided cord work; and attach these chains to the settings.
र निखुर सुनका डोरीझैँ बाटेका दुई वटा सिक्रीहरू बनाएर ती सिक्रीहरूलाई सुनका मणिघरमा जोड्नू।
15 You are also to make a breastpiece of judgment with the same workmanship as the ephod. Construct it with gold, with blue, purple, and scarlet yarn, and with finely spun linen.
“न्याय गर्नका लागि एउटा छाती-पाता दक्ष शिल्पकारद्वारा बनाउनू। त्यसलाई एपोदझैँ सुनको, निलो, बैजनी र रातो धागो अनि मसिनो गरी बाटेको सुती कपडाको बनाउनू।
16 It must be square when folded over double, a span long and a span wide.
त्यो एक बित्ता लामो र एक बित्ता चौडा, वर्गाकार, दोबर पट्याइएर बनाउनू।
17 And mount on it a setting of gemstones, four rows of stones: In the first row there shall be a ruby, a topaz, and an emerald;
त्यसपछि त्यसमा चार पङ्‌क्ति बहुमूल्य पत्थरहरू जोड्नू। पहिलो पङ्‌क्तिमा माणिक, पुष्पराज र पन्‍ना;
18 in the second row a turquoise, a sapphire, and a diamond;
दोस्रो पङ्‌क्तिमा फिरोजा, नीलमणि र हीरा;
19 in the third row a jacinth, an agate, and an amethyst;
तेस्रो पङ्‌क्तिमा धूम्रकान्त, सूर्यकान्त र नीलमणि;
20 and in the fourth row a beryl, an onyx, and a jasper. Mount these stones in gold filigree settings.
र चौथो पङ्‌क्तिमा फिरोज, गोमेद र स्फटिक लगाउनू। अनि ती सुनको मणिघरहरूमा जड्नू।
21 The twelve stones are to correspond to the names of the sons of Israel, each engraved like a seal with the name of one of the twelve tribes.
बाह्र पत्थरहरूमा इस्राएलका बाह्र कुलहरू जनाउन प्रत्येकमा छापमा खोपेझैँ एक-एक गरी इस्राएलका छोराहरूका नाम हुनुपर्छ।
22 For the breastpiece, make braided chains like cords of pure gold.
“छाती-पाताको निम्ति डोरीजस्तो निखुर सुनको बाटेका सिक्रीहरू बनाउनू।
23 You are also to make two gold rings and fasten them to the two corners of the breastpiece.
त्यसका लागि सुनका दुई वटा मुन्द्राहरू बनाएर छाती-पाताको दुई किनारमा बाँध्नू।
24 Then fasten the two gold chains to the two gold rings at the corners of the breastpiece,
सुनका ती दुई सिक्रीहरूलाई छाती-पाताको किनारका मुन्द्रीमा बाँध्नू,
25 and fasten the other ends of the two chains to the two filigree settings, attaching them to the shoulder pieces of the ephod at the front.
अनि सिक्रीका अरू छेउहरूलाई अगिल्तिर भएको एपोदका काँधे-जोर्नीहरूका अगाडिपट्टि मिलाएर दुवैलाई सुनका मणिघरहरूमा बाँध्नू।
26 Make two more gold rings and attach them to the other two corners of the breastpiece, on the inside edge next to the ephod.
सुनका दुई वटा मुन्‍द्रा बनाएर एपोदको अर्का दुई भित्री किनारमा भएको छाती-पाताको अर्का छेउहरूमा लगाउनू।
27 Make two additional gold rings and attach them to the bottom of the two shoulder pieces of the ephod, on its front, near its seam just above its woven waistband.
सुनका अझ अरू दुई वटा मुन्द्रीहरू बनाएर एपोदको अगाडिपट्टि पटुकाको ठिक माथि जोडिएको भागको नजिक, काँधे टुक्राको फेदमा लगाइदिनू।
28 The rings of the breastpiece shall be tied to the rings of the ephod with a cord of blue yarn, so that the breastpiece is above the waistband of the ephod and does not swing out from the ephod.
छाती-पाताका मुन्द्राहरूलाई, छाती-पाता एपोदबाट नहल्‍लिओस् भनेर त्यसलाई कम्मरको पटुकासित जोडेर एपोदको मुन्द्रीसित निलो डोरीले बाँध्नू।
29 Whenever Aaron enters the Holy Place, he shall bear the names of the sons of Israel over his heart on the breastpiece of judgment, as a continual reminder before the LORD.
“जहिले-जहिले हारून पवित्रस्थानमा प्रवेश गर्नेछ, त्यसले याहवेहको सामु सधैँको सम्झनाको रूपमा इस्राएलका छोराहरूका नाम आफ्नो हृदयमा निर्णयको छाती-पातामा राख्नेछ।
30 And place the Urim and Thummim in the breastpiece of judgment, so that they will also be over Aaron’s heart whenever he comes before the LORD. Aaron will continually carry the judgment of the sons of Israel over his heart before the LORD.
जहिले-जहिले हारून याहवेहको उपस्थितिमा पस्‍नेछ, ऊरीम र तुम्मीम पनि त्यसको हृदयमा रहोस् भनेर तिनलाई पनि छाती-पातामा लगाउनू। यसरी हारूनले इस्राएलीहरूको निर्णय लिने साधनलाई याहवेहको सामु सधैँ आफ्नो हृदयमाथि बोक्नेछ।
31 You are to make the robe of the ephod entirely of blue cloth,
“एपोदको अलखा सबै निलो कपडाको बनाउनू।
32 with an opening at its top in the center. Around the opening shall be a woven collar with an opening like that of a garment, so that it will not tear.
त्यसको बीचमा टाउको छिराउनको लागि खुला भाग राख्नू। त्यो नफाटोस् भनेर त्यस खुला भागको चारैतिर बुनेको बिट होस्।
33 Make pomegranates of blue, purple, and scarlet yarn all the way around the lower hem, with gold bells between them,
लबेदाको बिटको चारैतिर बीच-बीचमा सुनको घण्टी राखेर निलो, बैजनी र रातो धागोका दारिमहरू बनाउनू।
34 alternating the gold bells and pomegranates around the lower hem of the robe.
सुनका घण्टीहरू र दारिमहरू एउटाको पछि अर्को गरेर लबेदाको बिटको चारैतिर होऊन्।
35 Aaron must wear the robe whenever he ministers, and its sound will be heard when he enters or exits the sanctuary before the LORD, so that he will not die.
हारूनले सेवा गर्दा त्यो लगाउनैपर्छ। ऊ याहवेहको उपस्थितिमा पवित्रस्थानभित्र पस्दा र बाहिर निस्कँदा, ती घण्टीहरूका आवाज सुनियोस् र हारून नमरोस्।
36 You are to make a plate of pure gold and engrave on it as on a seal: HOLY TO THE LORD.
“तैँले निखुर सुनको एउटा पाता बनाएर औँठीको छापमा खोप्नूः याहवेहका निम्ति पवित्र।
37 Fasten to it a blue cord to mount it on the turban; it shall be on the front of the turban.
त्यसलाई फेटामा लगाउनको लागि त्यसमा निलो डोरी कस्‍नू। यो टोपीको अगिल्तिर होस्।
38 And it will be worn on Aaron’s forehead, so that he may bear the iniquity of the holy things that the sons of Israel consecrate with regard to all their holy gifts. It shall always be on his forehead, so that they may be acceptable before the LORD.
यो हारूनको निधारमा हुनेछ, र इस्राएलीहरूले जुनसुकै भेटी चढाए पनि तिनीहरूले पवित्र भेटीहरू चढाएको काममा रहेको दोष हारूनले बोक्नेछ। तिनीहरू याहवेहकहाँ ग्रहणयोग्य होऊन् भनेर त्यो सधैँ हारूनको निधारमा रहनेछ।
39 You are to weave the tunic with fine linen, make the turban of fine linen, and fashion an embroidered sash.
“लबेदा मसिनो सुती कपडाले बुन्‍नू र टोपी मसिनो सुती कपडाको बनाउनू। पटुका बुट्टा भर्नेले गरेको काम हुनुपर्दछ।
40 Make tunics, sashes, and headbands for Aaron’s sons, to give them glory and splendor.
हारूनका छोराहरूका निम्ति तिनीहरूलाई मर्यादा र सम्मान दिनलाई लबेदा, पटुका र टोपी बनाउनू।
41 After you put these garments on your brother Aaron and his sons, anoint them, ordain them, and consecrate them so that they may serve Me as priests.
तैँले आफ्ना दाजु हारून र त्यसका छोराहरूलाई यी वस्त्रहरू लगाइदिएपछि तिनीहरूलाई अभिषेक गरी नियुक्त गर्नू। तिनीहरूले पुजारी भई मेरो सेवा गरून् भनेर तिनीहरूलाई अर्पण गर्नू।
42 Make linen undergarments to cover their bare flesh, extending from waist to thigh.
“शरीर ढाक्नलाई कम्मरदेखि जाँघसम्म पुग्ने सुतीका भित्री पोशाकहरू बनाउनू।
43 Aaron and his sons must wear them whenever they enter the Tent of Meeting or approach the altar to minister in the Holy Place, so that they will not incur guilt and die. This is to be a permanent statute for Aaron and his descendants.
हारून र त्यसका छोराहरू जहिले-जहिले समागम पालभित्र पस्छन् अथवा पवित्रस्थानमा सेवा गर्न वेदीको छेउमा जान्छन्, ती लगाऊन्, ताकि तिनीहरू दोष लागेर नमरून्। “यो हारून र त्यसका सन्ततिका निम्ति सधैँ रहिरहने धार्मिक विधि हुनेछ।

< Exodus 28 >