< Ecclesiastes 5 >

1 Guard your steps when you go to the house of God. Draw near to listen rather than to offer the sacrifice of fools, who do not know that they do wrong.
परमेश्‍वरका भवनमा जाँदा आफ्ना कदमहरूमा होसियारी होऊ। मूर्खले आफू भूल गर्दैछु भनी नजानिकनै बलिदान चढाउनलाई गएजस्तो होइन, तर उहाँको आवाज सुन्‍नलाई नजिक जाऊ।
2 Do not be quick to speak, and do not be hasty in your heart to utter a word before God. After all, God is in heaven and you are on earth. So let your words be few.
परमेश्‍वरको अगाडि बोल्नलाई हडबड नगर, र कुनै कुरा बोल्न तिम्रो हृदयले हतार नगरोस्; अनि उहाँको सामु प्रतिज्ञा गर्न हतार नगर। किनकि परमेश्‍वर स्वर्गमा हुनुहुन्छ, अनि तिमीचाहिँ पृथ्वीमा छौ; यसकारण तिम्रा शब्दहरू थोरै होऊन्!
3 As a dream comes through many cares, so the speech of a fool comes with many words.
जसरी धेरै चिन्ता हुँदा सपना आउँदछ; त्यसरी नै धेरै शब्दहरू मूर्खका बोली हुन्छन्।
4 When you make a vow to God, do not delay in fulfilling it, because He takes no pleasure in fools. Fulfill your vow.
जब परमेश्‍वरलाई प्रतिज्ञा गर्दछौ, त्यो पूरा गर्नमा ढिलो नगर। उहाँ मूर्खसित खुशी हुनुहुन्‍न; आफ्नो प्रतिज्ञा पूरा गर।
5 It is better not to vow than to make a vow and not fulfill it.
प्रतिज्ञा गरेर त्यो पूरा नगर्नुभन्दा प्रतिज्ञा गर्दै नगर्नु असल हो।
6 Do not let your mouth cause your flesh to sin, and do not tell the messenger that your vow was a mistake. Why should God be angry with your words and destroy the work of your hands?
तिम्रो बोलीले पापमा नडोर्‍याओस्। अनि मन्दिरका दूतलाई, “मेरो प्रतिज्ञामा भूल भएछ,” भनेर विरोध नगर। तिम्रा वचनले किन परमेश्‍वरलाई रिस उठाउँछौ, र आफ्नै हातका काम नष्‍ट गर्न लगाउँछौ?
7 For as many dreams bring futility, so do many words. Therefore, fear God.
धेरै सपना देख्नु र धेरै कुरा गर्नु अर्थहीन छन्। त्यसकारण परमेश्‍वरको भय मान।
8 If you see the oppression of the poor and the denial of justice and righteousness in the province, do not be astonished at the matter; for one official is watched by a superior, and others higher still are over them.
यदि तिमीले कुनै प्रान्तमा गरिबमाथि अत्याचार भएको, त्यसको अधिकार र न्याय इन्कार गरिएको देख्यौ भने अचम्म नमान; किनकि एक अधिकारीमाथि रेखदेख गर्न अर्को ठूलो अधिकारी खटाइएको हुन्छ, र ती सबैमाथि नजर राख्न अझ ठूलो अधिकारी खटाइएको हुन्छ।
9 The produce of the earth is taken by all; the king himself profits from the fields.
जमिनबाट उब्जेका अन्‍न सबैले खान्छन्; राजा आफूले पनि जमिनबाट लाभ प्राप्‍त गर्दछन्।
10 He who loves money is never satisfied by money, and he who loves wealth is never satisfied by income. This too is futile.
जसले रुपैयाँपैसालाई प्रेम गर्छ, त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। जसले धनसम्पत्तिलाई प्रेम गर्छ, त्यो आफ्नो आम्दानीमा कहिल्यै सन्तुष्‍ट हुँदैन; यो पनि अर्थहीन छ।
11 When good things increase, so do those who consume them; what then is the profit to the owner, except to behold them with his eyes?
जब धनसम्पत्ति बढ्छ, तब खाने मुखहरू पनि धेरै बढ्छन्। अनि ती आँखाले हेर्नुबाहेक मालिकलाई धनसम्पत्तिको अरू के लाभ हुन्छ र?
12 The sleep of the worker is sweet, whether he eats little or much, but the abundance of the rich man permits him no sleep.
परिश्रम गर्नेको निद्रा मिठो हुन्छ; चाहे त्यसले थोरै खाओस् वा धेरै खाओस्, तर धनीको प्रचुर धनले गर्दा त्यसलाई निद्रै लाग्दैन।
13 There is a grievous evil I have seen under the sun: wealth hoarded to the harm of its owner,
मैले सूर्यमुनि एउटा गम्भीर खराबी देखेको छु: मानिसले थुपारेको धनले त्यसैलाई क्षति गरेको,
14 or wealth lost in a failed venture, so when that man has a son there is nothing to pass on.
अथवा दुर्भाग्यवश त्यो धनसम्पत्ति गुमाएको; त्यसका सन्तान भए तापनि त्यसको उत्तराधिकारको निम्ति केही बाँकी नरहेको।
15 As a man came from his mother’s womb, so he will depart again, naked as he arrived. He takes nothing for his labor to carry in his hands.
आफ्नी आमाको गर्भबाट मानिस नाङ्गै आउँछ, र जस्तो आयो, त्यस्तै फर्किजान्छ। आफ्नो परिश्रमको कमाइबाट केही पनि हातमा लिएर जान सक्दैन।
16 This too is a grievous evil: Exactly as a man is born, so he will depart. What does he gain as he toils for the wind?
यो पनि एक गम्भीर खराबी हो: मानिसजस्तो प्रकारले आयो, त्यस्तै फर्किजानेछ; तब त्यसलाई के लाभ भयो र, के त्यसको परिश्रम हावामा नै खेर गएन र?
17 Moreover, all his days he eats in darkness, with much sorrow, sickness, and anger.
त्यसले आफ्नो सारा जीवनकाल अन्धकारमा, ठूलो नैराश्य, कष्‍ट र रिस-रागमा जान्छ।
18 Here is what I have seen to be good and fitting: to eat and drink, and to find satisfaction in all the labor one does under the sun during the few days of life that God has given him—for this is his lot.
तब मैले यो थाहा पाएँ, मानिसको निम्ति खानु, पिउनु र परमेश्‍वरले सूर्यमुनि त्यसलाई दिनुभएको छोटो जीवनमा आफूले गरेको कठोर मेहनतमा सन्तुष्‍ट रहनु नै असल र उचित हुन्छ। यही त्यसको भाग हो।
19 Furthermore, God has given riches and wealth to every man, and He has enabled him to enjoy them, to accept his lot, and to rejoice in his labor. This is a gift from God.
त्यसबाहेक जब परमेश्‍वरले कुनै मानिसलाई धनसम्पत्ति दिनुहुन्छ, र ती उपभोग गर्ने मौका दिनुहुन्छ; तब त्यसले आफ्नो भागलाई स्वीकार गरी आफ्ना परिश्रममा प्रसन्‍न हुनुपर्दछ—यो परमेश्‍वरको वरदान हो।
20 For a man seldom considers the days of his life, because God keeps him occupied with the joy of his heart.
आफ्नो जीवनका दिनहरूमा त्यसले विचारै गर्दैन; किनकि परमेश्‍वरले त्यसलाई हृदयको आनन्दमा व्यस्त गराउनुहुन्छ।

< Ecclesiastes 5 >