< Ecclesiastes 10 >
1 As dead flies bring a stench to the perfumer’s oil, so a little folly outweighs wisdom and honor.
जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित तुल्याइदिन्छन्, त्यसै गरी थोरै मूर्खताले बुद्धि र सम्मानलाई दबाइदिन सक्छ ।
2 A wise man’s heart inclines to the right, but the heart of a fool to the left.
बुद्धिमान् मानिसको मन ठिक कुरातिर लाग्छ, तर मूर्खको मन बेठिक कुरातिर लाग्छ ।
3 Even as the fool walks along the road, his sense is lacking, and he shows everyone that he is a fool.
मूर्ख सडकमा हिँड्दा त्यसको सोचाइ अपूर्ण हुन्छ जसले त्यो मूर्ख हो भनी हरेकलाई प्रमाणित गर्छ ।
4 If the ruler’s temper flares against you, do not abandon your post, for calmness lays great offenses to rest.
तेरो विरुद्धमा शासकको रिस उठ्यो भने तेरो काम नछाड् । चुपचाप बसाइले ठुलो झोँकलाई पनि शान्त पार्न सक्छ ।
5 There is an evil I have seen under the sun— an error that proceeds from the ruler:
सूर्यमूनि मैले एउटा खराबी देखेको छु, जुन शासकबाट आउने एक किसिमको त्रास होः
6 Folly is appointed to great heights, but the rich sit in lowly positions.
मूर्खहरूलाई नेतृत्वका पदहरू दिइन्छ, जब कि सफल मानिसहरूलाई तल्लो स्तरका पदहरू दिइन्छ ।
7 I have seen slaves on horseback, while princes go on foot like slaves.
मैले दासहरूले घोडा चढेको देखेको छु, र सफल मानिसहरू भुइँमा दासहरूजस्तै गरी हिँडेको देखेको छु ।
8 He who digs a pit may fall into it, and he who breaches a wall may be bitten by a snake.
खाडल खन्ने कोही पनि त्यसभित्र खस्न सक्छ, र कसैले पर्खाल भत्काउँदा सर्पले त्यसलाई डस्न सक्छ ।
9 The one who quarries stones may be injured by them, and he who splits logs endangers himself.
ढुङ्गा काट्नेलाई ढुङ्गाले नै चोट पुर्याउन सक्छ, र दाउरा काट्ने दाउराद्वारा नै खतरामा पर्छ ।
10 If the axe is dull and the blade unsharpened, more strength must be exerted, but skill produces success.
बन्चरो बोधो छ र मानिसले त्यसलाई उध्याउँदैन भने त्यसले बढी शक्तिको प्रयोग गर्नुपर्छ, तर बुद्धिले सफलताको लागि मौका उपलब्ध गराउँछ ।
11 If the snake bites before it is charmed, there is no profit for the charmer.
लट्ठ्याइनअगि नै सर्पले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन ।
12 The words of a wise man’s mouth are gracious, but the lips of a fool consume him.
बुद्धिमान् मानिसका वचनहरू अनुग्रहमय हुन्छन्, तर मूर्खको ओठले त्यो आफैलाई नष्ट पार्छ ।
13 The beginning of his talk is folly, and the end of his speech is evil madness.
जसरी मूर्खको मुखबाट वचनहरू प्रवाह हुन थाल्छन्, त्यसै गरी मूर्खता बाहिर आउँछ, र अन्त्यमा त्यसको मुखबाट दुष्ट पागलपना बाहिर निस्कन्छ ।
14 Yet the fool multiplies words. No one knows what is coming, and who can tell him what will come after him?
मूर्खले कुराहरू बढाउँछ, तर के हुने छ भनी कसैलाई थाहा हुँदैन । त्यसको पछि के हुने छ भनी कसैले जान्दैन ।
15 The toil of a fool wearies him, for he does not know the way to the city.
मूर्खहरूको परिश्रमले तिनीहरूलाई यसरी थकाउँछ, कि तिनीहरूलाई सहर जाने बाटोसमेत थाहा हुँदैन ।
16 Woe to you, O land whose king is a youth, and whose princes feast in the morning.
त्यो देशलाई धिक्कार होस्, जुन देशको राजा जवान ठिटो छ, र त्यसका अगुवाहरूले बिहानैदेखि उपवास बस्न थाल्छन्!
17 Blessed are you, O land whose king is a son of nobles, and whose princes feast at the proper time— for strength and not for drunkenness.
तर त्यो देश धन्यको हो, जसको राजा कुलीहरूको छोरो हो, र त्यसका अगुवाहरूले मात्नको लागि नभई शक्तिको लागि ठिक समयमा खान्छन्!
18 Through laziness the roof caves in, and in the hands of the idle, the house leaks.
अल्छेपनको कारण छाना भत्कन्छ, र निष्क्रिय हातको कारण घर चुहुने हुन्छ ।
19 A feast is prepared for laughter, and wine makes life merry, but money is the answer for everything.
मानिसहरूले हाँसोको लागि खाना तयार गर्छन्; दाखमद्यले जीवनमा आनन्द ल्याउँछ, र रुपियाँ-पैसाले दैनिक खाँचोलाई पुरा गर्छ ।
20 Do not curse the king even in your thoughts, or curse the rich even in your bedroom, for a bird of the air may carry your words, and a winged creature may report your speech.
राजालाई नसराप्; तेरो मनमा पनि नसराप्, र तेरो सुत्ने कोठाभित्र धनी मानिसहरूलाइ नसराप् । किनकि आकाशका चराचुरुङ्गीहरूले तेरा वचनहरू लिएर जालान् । पखेटा भएकाहरूले तेरो विषयलाई फैलाउन सक्छन् ।