< 2 Kings 25 >
1 So in the ninth year of Zedekiah’s reign, on the tenth day of the tenth month, Nebuchadnezzar king of Babylon marched against Jerusalem with his entire army. They encamped outside the city and built a siege wall all around it.
यसकारण सिदकियाहको शासनकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्नो सम्पूर्ण सेना लिएर आए। तिनले सहरको बाहिर छाउनी हाले र त्यसका चारैतिर घेरा-मचान बनाए।
2 And the city was kept under siege until King Zedekiah’s eleventh year.
राजा सिदकियाहको एघारौँ वर्षसम्म सहर घेराबन्दीमा राखिएको थियो।
3 By the ninth day of the fourth month, the famine in the city was so severe that the people of the land had no food.
चौथो महिनाको नवौँ दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्यो कि देशका मानिसहरूका निम्ति केही खानेकुरा बाँकी रहेन।
4 Then the city was breached; and though the Chaldeans had surrounded the city, all the men of war fled by night by way of the gate between the two walls near the king’s garden. They headed toward the Arabah,
तब सहरको पर्खाल भत्काइयो; अनि यरूशलेमका सम्पूर्ण सेनाहरू भागेर गए। बेबिलोनीहरूले सहरलाई घेरेर राखेको भए तापनि तिनीहरूले राजाको बगैँचाको छेउका दुई पर्खालको बीचमा भएको मूलढोकाबाट भएर राति नै सहरलाई छोडेर भागेर गए। तिनीहरू अराबातिर भागे।
5 but the army of the Chaldeans pursued the king and overtook him in the plains of Jericho, and all his army was separated from him.
तर बेबिलोनी फौजले राजालाई खेदे, र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सेनाहरू तिनीबाट अलग भएर छरपस्ट भएका थिए,
6 The Chaldeans seized the king and brought him up to the king of Babylon at Riblah, where they pronounced judgment on him.
र तिनी पक्राउ परे। तब तिनलाई बेबिलोनका राजाकहाँ हमातको सहर रिब्लामा लगियो, जहाँ तिनीमाथि दण्डको घोषणा गरियो।
7 And they slaughtered the sons of Zedekiah before his eyes. Then they put out his eyes, bound him with bronze shackles, and took him to Babylon.
तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे। तब तिनीहरूले तिनका आँखा निकालिदिए। अनि तिनलाई काँसाको साङ्लाले बाँधेर बेबिलोनमा लगे।
8 On the seventh day of the fifth month, in the nineteenth year of Nebuchadnezzar’s reign over Babylon, Nebuzaradan captain of the guard, a servant of the king of Babylon, entered Jerusalem.
बेबिलोनका राजा नबूकदनेसरको उन्नाइसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा राजकीय अङ्गरक्षकहरूका सेनापति, बेबिलोनका राजाका एक जना अधिकृत, नबूजरदान यरूशलेममा आए।
9 He burned down the house of the LORD, the royal palace, and all the houses of Jerusalem—every significant building.
तिनले याहवेहको मन्दिर, राजमहल र यरूशलेमका सबै घरहरूमा आगो लगाइदिए। तिनले प्रत्येक मुख्य भवन जलाइदिए।
10 And the whole army of the Chaldeans under the captain of the guard broke down the walls around Jerusalem.
बेबिलोनका सम्पूर्ण फौजले राजकीय अङ्गरक्षकहरूका सेनापतिको अधीनमा यरूशलेमका चारैतिरका पर्खालहरू भत्काइदिए।
11 Then Nebuzaradan captain of the guard carried into exile the people who remained in the city, along with the deserters who had defected to the king of Babylon and the rest of the population.
अङ्गरक्षकहरूका सेनापति नबूजरदानले सहरमा बाँकी मानिसहरू, बेबिलोनका राजाकहाँ जान चाहनेहरू, र अरू बाँकी रहेका जनसंख्या सहित सबैलाई कैद गरेर निर्वासनमा लगे।
12 But the captain of the guard left behind some of the poorest of the land to tend the vineyards and fields.
तर सेनापतिले देशका कतिपय अति गरिबहरूलाई दाखबारी र खेतहरूमा काम गर्नलाई छोडिदिए।
13 Moreover, the Chaldeans broke up the bronze pillars and stands and the bronze Sea in the house of the LORD, and they carried the bronze to Babylon.
बेबिलोनीहरूले याहवेहको मन्दिरमा भएका काँसाका खम्बाहरू, ठेलागाडीहरू र काँसाका खड्कुँलो भत्काइदिए, र काँसाचाहिँ तिनीहरूले बेबिलोनमा लगे।
14 They also took away the pots, shovels, wick trimmers, dishes, and all the articles of bronze used in the temple service.
तिनीहरूले भाँडाहरू, बेल्चाहरू, सलेदोका चिम्टाहरू, कचौराहरू र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामानहरू लगे।
15 The captain of the guard also took away the censers and sprinkling bowls—anything made of pure gold or fine silver.
राजकीय अङ्गरक्षकहरूका सेनापतिले निखुर सुन अथवा चाँदीले बनाइएका धूपदानी र छर्कने बाटाहरू लगे।
16 As for the two pillars, the Sea, and the movable stands that Solomon had made for the house of the LORD, the weight of the bronze from all these articles was beyond measure.
सोलोमनले याहवेहको भवनका निम्ति बनाएका दुई स्तम्भहरू, खड्कुँलो र ठेलागाडीहरूका काँसा जोखेर जोख्न नसकिने थिए।
17 Each pillar was eighteen cubits tall. The bronze capital atop one pillar was three cubits high, with a network of bronze pomegranates all around. The second pillar, with its network, was similar.
प्रत्येक स्तम्भ सत्ताइस क्यूबिट अग्लो थियो। स्तम्भको टुप्पामा भएको काँसाको शिर साँढे चार क्यूबिट अग्लो थियो; अनि त्यसमाथि काँसाका जाली र दारिमले चारैतिरबाट सिङ्गारिएको थियो।
18 The captain of the guard also took away Seraiah the chief priest, Zephaniah the priest of second rank, and the three doorkeepers.
अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह र दोस्रो दर्जाका पुजारी सपन्याह र तीन जना पहरेदारहरूलाई पनि कैद गरेर लगे।
19 Of those still in the city, he took a court official who had been appointed over the men of war, as well as five royal advisors. He also took the scribe of the captain of the army, who had enlisted the people of the land, and sixty men who were found in the city.
सहरमा अझ रहेकाहरूमध्ये तिनले लडाकु मानिसहरूका अधिकृत र पाँच जना राजकीय सल्लाहकारहरूलाई पनि लगे। तिनले देशका मानिसहरूलाई सेनामा तयार गर्ने जिम्मामा रहेका प्रधान सचिव र सहरमा भेट्टाइएका तिनका साठी जना मानिसहरूलाई पनि लगे।
20 Nebuzaradan captain of the guard took them and brought them to the king of Babylon at Riblah.
सेनापति नबूजरदानले तिनीहरू सबैलाई लगे। अनि बेबिलोनका राजाकहाँ रिब्लामा ल्याए।
21 There at Riblah in the land of Hamath, the king of Babylon struck them down and put them to death. So Judah was taken into exile, away from its own land.
त्यहाँ हमात देशको रिब्लामा राजाले तिनीहरूलाई मारे। यसरी यहूदा आफ्नो देशबाट कैदमा लगियो।
22 Nebuchadnezzar king of Babylon appointed Gedaliah son of Ahikam, the son of Shaphan, over the people he had left behind in the land of Judah.
यसकारण बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्याहलाई यहूदामा छोडेका मानिसहरूमाथि राज्यपाल नियुक्त गरे।
23 When all the commanders of the armies and their men heard that the king of Babylon had appointed Gedaliah as governor, they came to Gedaliah at Mizpah—Ishmael son of Nethaniah, Johanan son of Kareah, Seraiah son of Tanhumeth the Netophathite, and Jaazaniah son of the Maacathite, as well as their men.
जब सेनाका सबै अधिकृतहरू र तिनीहरूका मानिसहरूले बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल नियुक्त गरेका सुने, तब नतन्याहको छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह, माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू मिस्पामा गदल्याहकहाँ आए।
24 And Gedaliah took an oath before them and their men, assuring them, “Do not be afraid of the servants of the Chaldeans. Live in the land and serve the king of Babylon, and it will be well with you.”
गदल्याहले तिनीहरू र तिनीहरूका मानिसलाई आश्वासन दिन शपथ खाए। तिनले भने, “बेबिलोनी अधिकृतहरूसित नडराओ। देशमा बसोबास गरेर बेबिलोनका राजाको सेवा गर, र तिमीहरूलाई भलो हुनेछ।”
25 In the seventh month, however, Ishmael son of Nethaniah, the son of Elishama, who was a member of the royal family, came with ten men and struck down and killed Gedaliah, along with the Judeans and Chaldeans who were with him at Mizpah.
तरै पनि सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राजकीय खानदानका थिए, दश जना मानिसहरूसित आएर यहूदाका मानिसहरू, गदल्याह र तिनीसित मिस्पामा भएका बेबिलोनीहरूलाई मारे।
26 Then all the people small and great, together with the commanders of the army, arose and fled to Egypt for fear of the Chaldeans.
यसकारण बेबिलोनीहरूको डरले गर्दा सानादेखि लिएर ठूलासम्म, सेनाका अधिकृतहरूसमेत, सबै इजिप्टमा भागे।
27 On the twenty-seventh day of the twelfth month of the thirty-seventh year of the exile of Judah’s King Jehoiachin, in the year Evil-merodach became king of Babylon, he released King Jehoiachin of Judah from prison.
यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा, एबील-मरोदकले बेबिलोनका राजा भएको वर्षमा, यहोयाकीनलाई बाह्रौँ महिनाको सत्ताइसौँ दिनमा कैदबाट मुक्त गरिदिए।
28 And he spoke kindly to Jehoiachin and set his throne above the thrones of the other kings who were with him in Babylon.
तिनले उनीसित दयापूर्वक कुरा गरे, र आफूसित बेबिलोनमा भएका अरू राजाहरूभन्दा माथिल्लो दर्जाका सम्मानको आसन दिए।
29 So Jehoiachin changed out of his prison clothes, and he dined regularly at the king’s table for the rest of his life.
यसकारण यहोयाकीनले आफ्ना कैदका वस्त्रहरू उतारे, र आफ्नो जीवनकालभरि नै राजाका टेबुलमा खाए।
30 And the king provided Jehoiachin a daily portion for the rest of his life.
तिनी बाँचुन्जेल राजाले तिनलाई नियमित भत्ता दिए।