< 1 Samuel 12 >

1 Then Samuel said to all Israel, “I have listened to your voice in all that you have said to me, and I have set over you a king.
शमूएलले सबै इस्राएलीलाई भने, “तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्‍त गरेको छु ।
2 Now here is the king walking before you, and I am old and gray, and my sons are here with you. I have walked before you from my youth until this day.
अब यहाँ तिमीहरूको सामु राहा हिंड्‍दैछन् । अनि म वृद्ध भएको छु र मेरो कपाल फुलेको छ । अनि मेरा छोराहरू तिमीहरूसँगै छन् । मेरो बाल्यकालदेखि आजसम्म पनि म तिमीहरूका सामु हिंडेकोछु ।
3 Here I am. Bear witness against me before the LORD and before His anointed: Whose ox or donkey have I taken? Whom have I cheated or oppressed? From whose hand have I accepted a bribe and closed my eyes? Tell me, and I will restore it to you.”
म यहाँ छु । परमप्रभु र उहाँको अभिषिक्‍त जनको सामु मेरो विरुद्ध गवाही देओ । मैले कसैको गोरु लिएको छु? मैले कसैको गधा लिएको छु? मैले कसैलाई ठगेको छु? मैले कसैलाई थिचोमिचो गरेको छु? मेरा आँखाहरूलाई अन्धा तुल्याउन मैले कसैबाट घूस लिएको छु? मेरो विरुद्ध गवाही देओ र म तिमीहरूलाई त्‍यो फर्काइदिनेछु ।”
4 “You have not wronged us or oppressed us,” they replied, “nor have you taken anything from the hand of man.”
तिनीहरूले भने, “तपाईंले हामीलाई ठग्‍नुभएको वा, थिचोमिचो गर्नुभएको वा कुनै मानिसको हातबाट कुनै पनि कुरा चोर्नुभएको छैन ।”
5 Samuel said to them, “The LORD is a witness against you, and His anointed is a witness today, that you have not found anything in my hand.” “He is a witness,” they replied.
तिनले उनीहरूलाई भने, “परमप्रभु तिमीहरू विरुद्ध साक्षी हुनुहुन्छ र आज उहाँका अभिषिक्‍त जन साक्षी छन्, कि तिमीहरूले मेरो हातमा कुनै कुरा भेट्टाएका छैनौ ।” तिनीहरूले जवाफ दिए, “परमप्रभु साक्षी हुनुहुन्छ ।”
6 Then Samuel said to the people, “The LORD is the One who appointed Moses and Aaron, and who brought your fathers up out of the land of Egypt.
शमूएलले मानिसहरूलाई भने, “मोशा र हारूनलाई नियुक्‍त गर्नुहुने र तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ ।
7 Now present yourselves, so that I may confront you before the LORD with all the righteous acts He has done for you and your fathers.
त्‍यसो हो भने अब आफैलाई हाजिर गराऊ ताकि मैले तिमीहरू सँगै परमप्रभुका सबै धार्मिक कार्यहरूबारे उहाँको सामु निवेदन गर्नेछु जुन उहाँले तिमीहरू र तिमीहरूका पुर्खाहरूका निम्ति गर्नुभयो ।
8 When Jacob went to Egypt, your fathers cried out to the LORD, and He sent them Moses and Aaron, who brought your fathers out of Egypt and settled them in this place.
जब याकूब मिश्रदेशमा गए, र तिमीहरूका पुर्खाहरूले परमप्रभुसँग पुकारा गरे तब परमप्रभुले मोशा र हारून पठाउनुभयो जसले तिमीहरूका पुर्खाहरूलाई मिश्रदैशबाट बाहिर ल्याए र तिनीहरू यस ठाउँमा बसोबास गरे ।
9 But they forgot the LORD their God, and He sold them into the hand of Sisera the commander of the army of Hazor, and into the hands of the Philistines and the king of Moab, who fought against them.
तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से । उहाँले तिनीहरूलाई हासोरका कप्‍तान सिसेराको हातमा, पलिश्तीहरूका हातमा र मोआबका राजाको हातमा बेच्नुभयो । यी सबैले तिमीहरूका पुर्खाहरू विरुद्ध युद्ध गरे ।
10 Then they cried out to the LORD and said, ‘We have sinned, for we have forsaken the LORD and served the Baals and Ashtoreths. Now deliver us from the hands of our enemies, that we may serve You.’
तिनीहरूले परमप्रभुलाई पुकारा गरे र भने, 'हामीले पाप गरेका छौं, किनभने हामीले परमप्रभुलाई त्यागेका छौं र बाल र अश्तोरेत देवताहरूको सेवा गरेका छौं । तर अब हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहोस् र हामीले तपाईंको सेवा गर्नेछौं ।’
11 So the LORD sent Jerubbaal, Barak, Jephthah, and Samuel, and He delivered you from the hands of your enemies on every side, and you dwelt securely.
त्यसैले परमप्रभुले यरूब-बाल, बाराक, यिप्‍ता र शमूएललाई पठाउनुभयो र तिमीहरू वरिपरिका सबै शत्रुमाथि विजय दिनुभयो, ताकि तिमीहरू सुरक्षामा बसोबास गर्न पाओ ।
12 But when you saw that Nahash king of the Ammonites was moving against you, you said to me, ‘No, we must have a king to rule over us’—even though the LORD your God was your king.
जब तिमीहरूले अम्मोनका मानिसहरूका राजा नाहाश तिमीहरू विरुद्ध आएको देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, 'होइन, बरु हामीमाथि राजाले राज्‍य गर्नुपर्छ,’— यद्यपि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका राजा हुनुहुन्थ्यो ।
13 Now here is the king you have chosen, the one you requested. Behold, the LORD has placed a king over you.
अब तिमीहरूले चुनेका र तिमीहरूले मागेका राजा यहाँ छन् जसलाई परमप्रभुले तिमीहरूमाथि राजाको रूपमा नियुक्‍त गर्नुभएको छ ।
14 If you fear the LORD and serve Him and obey His voice, and if you do not rebel against the command of the LORD, and if both you and the king who reigns over you follow the LORD your God, then all will be well.
तिमीहरूले परमप्रभुको भय मान्यौ, उहाँको सेवा गर्‍यौ र परमप्रभुको आज्ञा विरुद्ध विद्रोह गरेनौ भने, तिमीहरू र तिमीहरूमाथि राज्‍य गर्ने राजा दुवैले परमप्रभु तिमीहरूका परमेश्‍वरको अनुसरण गर्नेछौ ।
15 But if you disobey the LORD and rebel against His command, then the hand of the LORD will be against you as it was against your fathers.
तिमीहरूले परमप्रभुको आवाज पालन गर्दैनौ, तर परमप्रभुको आज्ञाको विरुद्ध वोद्रिह गर्छौ भने, परमप्रभुको हात तिमीहरूको विरुद्धमा हुनेछ, जसरी त्‍यो तिमीहरूका पुर्खाहरूको विरुद्धमा थियो ।
16 Now, therefore, stand and see this great thing that the LORD will do before your eyes.
अब आफैलाई हाजिर गराओ र परमप्रभुले तिमीहरूका आँखा सामु गर्नुहुने यो महान् कुरालाई हेर ।
17 Is it not the wheat harvest today? I will call on the LORD to send thunder and rain, so that you will know and see what a great evil you have committed in the sight of the LORD by asking for a king.”
के आज गहुँ कटानीको समय होइन? म परमप्रभुलाई पुकार्छु ताकि उहाँले गर्जन र झरी पठाउनुहुनेछ । तब तिमीहरूको दुष्‍टता माहन् छ भनी तिमीहरूले जान्‍ने र देख्‍नेछौ, जुन तिमीहरूले आफ्नो निम्ति राजा मागेर परमप्रभुको दृष्‍टिमा गरेका छौ ।”
18 So Samuel called to the LORD, and on that day the LORD sent thunder and rain. As a result, all the people greatly feared the LORD and Samuel.
त्यसैले शमूएलले परमप्रभुलाई पुकारा गरे । अनि त्यसै दिन परमप्रभुले गर्जन र झरी पठाउनुभयो । तब सबै मानिस परमप्रभु र शमूएलको भय धेरै भयो ।
19 They pleaded with Samuel, “Pray to the LORD your God for your servants so that we will not die! For we have added to all our sins the evil of asking for a king.”
तब सबै मानिसले शमूएललाई भने, “तपाईंका सेवकहरूका निम्ति परमप्रभु आफ्‍ना परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्, ताकि हामी मर्नेछैनौं । किनकि हामीले आफ्‍नो निम्ति राजा मागेर हाम्रा सबै पापमाथि यो दुष्‍टता थपेका छौं ।
20 “Do not be afraid,” Samuel replied. “Even though you have committed all this evil, do not turn aside from following the LORD, but serve the LORD with all your heart.
शमूएलले जवाफ दिए, “नडराओ । तिमीहरूले यी सबै दुष्‍टता गरेकाछौ, तर परमप्रभुबाट नफर्क, र आफ्‍ना सारा हृदयले परमप्रभुको सेवा गर ।
21 Do not turn aside after worthless things that cannot profit you or deliver you, for they are empty.
तिमीहरूलाई फाइदा नहुने र छुटकारा दिन नसक्‍ने रित्ता कुराहरू नलाग, किनभने तिनीहरू व्यार्थ हुन् ।
22 Indeed, for the sake of His great name, the LORD will not abandon His people, because He was pleased to make you His own.
उहाँको माहन् नाउँको कारणले परमप्रभुले आफ्‍ना मानिसहरूलाई त्याग्‍नुहुनेछैन, किनभने तिमीहरूलाई आफ्नो मानिस बनाउन परमप्रभु प्रशन्‍न हुनुहुन्‍छ ।
23 As for me, far be it from me that I should sin against the LORD by ceasing to pray for you. And I will continue to teach you the good and right way.
मेरो बारेमा, मैले तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुको विरुद्धमा पाप गर्ने कुरा मबाट परै रहोस् । बरु म तिमीहरूलाई असल र ठिक मार्ग सिकाउनेछु ।
24 Above all, fear the LORD and serve Him faithfully with all your heart; consider what great things He has done for you.
आफ्‍ना सारा हृदायले परमप्रभुको मात्र भय मान र उहाँको सेवा गर । उहाँले तिमीहरूका निम्ति गर्नुभएको महान् कुराहरूका बारेमा विचार गर ।
25 But if you persist in doing evil, both you and your king will be swept away.”
तर तिमीहरू दुष्‍टतामा लागिरहन्छौ भने, तिमीहरू र तिमीहरूका राजा दुवै नष्‍ट पारिनेछौ ।

< 1 Samuel 12 >