< 1 Kings 18 >
1 After a long time, in the third year of the drought, the word of the LORD came to Elijah: “Go and present yourself to Ahab, and I will send rain upon the face of the earth.”
धेरै समयपछि तेस्रो वर्षमा याहवेहको यो वचन एलियाकहाँ आयो: “जा, र राजा आहाबको सामु आफूलाई उपस्थित गरा; अनि म देशमा पानी बर्साइदिनेछु।”
2 So Elijah went to present himself to Ahab. The famine was severe in Samaria,
यसकारण एलिया आफूलाई आहाबकहाँ उपस्थित गराउन गए। सामरियामा घोर अनिकाल परेको थियो।
3 and Ahab summoned Obadiah, who was in charge of the palace. (Now Obadiah greatly feared the LORD,
आहाबले राजमहलका प्रशासक ओबदियालाई बोलाउन पठाए। (ओबदिया याहवेहका एक भक्त विश्वासी थिए।
4 for when Jezebel had slaughtered the prophets of the LORD, Obadiah had taken a hundred prophets and hidden them, fifty men per cave, providing them with food and water.)
ईजेबेलले याहवेहका अगमवक्ताहरूलाई मारिरहेकी थिइन्, तब ओबदियाले एक सय जना अगमवक्ताहरूलाई लिएर तिनीहरूलाई पचास-पचास गरी दुई वटा गुफाहरूमा लुकाए र तिनीहरूलाई भोजन र पानी जुटाइदिएका थिए।)
5 Then Ahab said to Obadiah, “Go throughout the land to every spring and every valley. Perhaps we will find grass to keep the horses and mules alive so that we will not have to destroy any livestock.”
आहाबले ओबदियालाई भने, “देशमा भएका सबै पानीका मुहानहरू र खोल्साहरूमा जाऊ। सायद घोडाहरू र खच्चरहरूलाई जीवित राख्न हामीले केही घाँस पाउन सकौँला; ताकि हामीले आफ्नो कुनै पनि पशुहरूलाई गुमाउन नपरोस्।”
6 So they divided the land to explore. Ahab went one way by himself, and Obadiah went the other way by himself.
यसकारण तिनीहरूले आ-आफू जानुपर्ने ठाउँलाई अलग गरे। तब आहाब एकातिर र ओबदिया अर्कोतिर लागे।
7 Now as Obadiah went on his way, Elijah suddenly met him. When Obadiah recognized him, he fell facedown and said, “Is it you, my lord Elijah?”
ओबदिया बाटोमा जाँदै गर्दा एलियाले तिनलाई भेटे। ओबदियाले तिनलाई चिने। तिनले भुइँसम्म शिर निहुराएर उनलाई भने, “के तपाईं मेरा मालिक एलिया नै हुनुहुन्छ?”
8 “It is I,” he answered. “Go tell your master, ‘Elijah is here!’”
उनले जवाफ दिए, “हो म नै हुँ। जाऊ, गएर आफ्नो मालिकलाई एलिया यहाँ छन् भनिदेऊ।”
9 But Obadiah replied, “How have I sinned, that you are handing your servant over to Ahab to put me to death?
तब ओबदियाले सोधे, “मैले के भूल गरेको छु र तपाईंले आफ्नो सेवकलाई मारिनको लागि आहाबकहाँ सुम्पँदै हुनुहुन्छ?
10 As surely as the LORD your God lives, there is no nation or kingdom where my lord has not sent someone to search for you. When they said, ‘He is not here,’ he made that kingdom or nation swear that they had not found you.
याहवेह तपाईंका परमेश्वरलाई साक्षी राखेर भन्दछु, मेरा मालिकले तपाईंलाई खोज्न भनी नपठाएको कुनै राज्य छैन। अनि जब ती राष्ट्र वा जातिले तपाईं त्यहाँ हुनुहुन्न भनी दाबी गरे, तब तिनले तिनीहरूलाई ‘हामीले त्यसलाई पाउन सकेनौँ’ भन भनेर शपथ खान लगाए।
11 And now you say, ‘Go tell your master that Elijah is here!’
तर अब तपाईंले मलाई मेरा मालिककहाँ गएर ‘एलिया यहाँ छन्’ भनी भन्न लगाउनुहुन्छ।
12 I do not know where the Spirit of the LORD may carry you off when I leave you. Then when I go and tell Ahab and he does not find you, he will kill me. But I, your servant, have feared the LORD from my youth.
म तपाईंबाट गएपछि याहवेहको आत्माले तपाईंलाई कहाँ लानुहुन्छ, म जान्दिनँ। यदि मैले गएर आहाबलाई भनेँ, र तिनले तपाईंलाई भेट्टाउन सकेनन् भने तिनले मलाई मार्नेछन्। तर म तपाईंको सेवक आफ्नो बालककालदेखि नै याहवेहको आराधना गर्दैआएको छु।
13 Was it not reported to my lord what I did when Jezebel slaughtered the prophets of the LORD? I hid a hundred prophets of the LORD, fifty men per cave, and I provided them with food and water.
मेरा मालिक, जब ईजेबेलले याहवेहका अगमवक्ताहरूलाई मारिरहेको बेला मैले के गरेँ, त्यो तपाईंलाई थाहा छैन? मैले याहवेहका एक सय जना अगमवक्ताहरूलाई पचास-पचास गरी दुई वटा गुफाहरूमा लुकाएँ, र तिनीहरूका निम्ति भोजन र पानी जुटाएँ।
14 And now you say, ‘Go tell your lord that Elijah is here!’ He will kill me!”
अनि अब तपाईं मलाई मेरा मालिककहाँ गएर ‘एलिया यहाँ छन्’ भनी भन भन्नुहुन्छ। तिनले त मलाई मार्नेछन्!”
15 Then Elijah said, “As surely as the LORD of Hosts lives, before whom I stand, I will present myself to Ahab today.”
एलियाले भने, “जीवित सेनाहरूका याहवेह जसको सेवा म गर्दछु, उहाँलाई साक्षी राखेर भन्दछु, म आज निश्चय नै आहाबकहाँ देखा पर्नेछु।”
16 So Obadiah went to inform Ahab, who went to meet Elijah.
यसकारण एलिया आएका छन् भनेर भन्नका लागि ओबदिया आहाबलाई भेट्न गए; र आहाब एलियालाई भेट्न गए।
17 When Ahab saw Elijah, he said to him, “Is that you, O troubler of Israel?”
एलियालाई देखेर तिनले उनलाई भने, “के इस्राएललाई कष्ट दिने तिमी नै हौ?”
18 “I have not troubled Israel,” Elijah replied, “but you and your father’s house have, for you have forsaken the commandments of the LORD and have followed the Baals.
एलियाले जवाफ दिए, “इस्राएललाई मैले कष्ट दिएको होइन। तर तपाईं र तपाईंका पिताका परिवारले चाहिँ कष्ट दिनुभएको छ। तपाईंहरू परमेश्वरका आज्ञाहरू त्यागेर बाल-देवताहरूका पछि लाग्नुभएको छ।
19 Now summon all Israel to meet me on Mount Carmel, along with the four hundred and fifty prophets of Baal and the four hundred prophets of Asherah who eat at Jezebel’s table.”
अब तपाईंले मलाई कर्मेल पर्वतमा भेट गर्न इस्राएलबाट सारा मानिसहरूलाई बोलाउनुहोस्। बालका ती चार सय अगमवक्ता, जसले ईजेबेलको टेबुलमा बसेर खाने गर्दछन्, तिनीहरूलाई पनि लिएर आउनुहोस्।”
20 So Ahab summoned all the Israelites and assembled the prophets on Mount Carmel.
यसकारण आहाबले सारा इस्राएलभरि खबर पठाए। अनि ती अगमवक्ताहरूलाई कर्मेल पर्वतमा भेला गराए।
21 Then Elijah approached all the people and said, “How long will you waver between two opinions? If the LORD is God, follow Him. But if Baal is God, follow him.” But the people did not answer a word.
एलिया मानिसहरूका सामु गएर भने, “तिमीहरू कहिलेसम्म दोधारमा रहन्छौ? यदि याहवेह नै परमेश्वर हुनुहुन्छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्वर हो भने त्यसैलाई पछ्याओ।” तर मानिसहरूले तिनलाई केही पनि जवाफ दिएनन्।
22 Then Elijah said to the people, “I am the only remaining prophet of the LORD, but Baal has four hundred and fifty prophets.
तब एलियाले तिनीहरूलाई भने, “याहवेहका अगमवक्ताहरूमध्ये बाँकी रहेको म मात्र हुँ, तर बालका त चार सय पचास जना अगमवक्ताहरू छन्।
23 Get two bulls for us. Let the prophets of Baal choose one bull for themselves, cut it into pieces, and place it on the wood but not light the fire. And I will prepare the other bull and place it on the wood but not light the fire.
हाम्रा निम्ति दुई वटा साँढेहरू ल्याओ। तिनीहरूले एउटा आफ्नो लागि चुनून्, र त्यसलाई टुक्रा-टुक्रा गरी काटेर दाउरामाथि राखून्; तर आगोचाहिँ नलगाऊन्। म अर्को साँढेलाई तयार पार्छु, र त्यसलाई दाउरामाथि राख्नेछु; तर म पनि त्यसमा आगो लगाउँदिनँ।
24 Then you may call on the name of your god, and I will call on the name of the LORD. The God who answers by fire, He is God.” And all the people answered, “What you say is good.”
तिमीहरूले आफ्ना देवताहरूका नाम लिएर पुकार गर, र मचाहिँ मेरा याहवेहको नाम लिएर पुकार गर्नेछु। जुन देवताले आगोद्वारा जवाफ दिनुहुनेछ, उहाँ नै परमेश्वर हुनुहुनेछ।” तब सबै मानिसहरूले भने, “तपाईंले भनेको कुरा ठिक हो।”
25 Then Elijah said to the prophets of Baal, “Since you are so numerous, choose for yourselves one bull and prepare it first. Then call on the name of your god, but do not light the fire.”
एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू यति धेरै भएकाले पहिले तिमीहरूले नै एउटा साँढे चुनेर त्यसलाई तयार गर; तर आगोचाहिँ नलगाओ।”
26 And they took the bull that was given them, prepared it, and called on the name of Baal from morning until noon, shouting, “O Baal, answer us!” But there was no sound, and no one answered as they leaped around the altar they had made.
यसकारण तिनीहरूलाई दिइएको साँढे तिनीहरूले लगे, र त्यसलाई तयार पारे। तब तिनीहरूले बालको नाम लिएर बिहानदेखि मध्यदिनसम्म पुकार गरे। तिनीहरू यसो भन्दै चिच्याए, “हे बाल, हामीलाई जवाफ दिनुहोस्।” तर केही जवाफ आएन, न त कसैले जवाफ नै दियो। तिनीहरू आफूले बनाएका वेदीका वरिपरि उफ्रँदै नाचिरहे।
27 At noon Elijah began to taunt them, saying, “Shout louder, for he is a god! Perhaps he is deep in thought, or occupied, or on a journey. Perhaps he is sleeping and must be awakened!”
मध्यदिनमा एलियाले तिनीहरूलाई यसो भनेर खिसी गर्न थाले, “ठूलो सोरले चिच्याओ! त्यो त देवता नै हो! सायद ऊ गहिरो चिन्तनमा बसेका होला, वा कतै व्यस्त होला, अथवा कतै भ्रमण गर्न पो गएको होला कि? सायद, ऊ सुतिरहेको होला, र उसलाई बिउँझाउनैपर्छ।”
28 So they shouted louder and cut themselves with knives and lances, as was their custom, until the blood gushed over them.
यसकारण तिनीहरू ठूलो सोरले चिच्याउन थाले; अनि तिनीहरूका रीतिअनुसार रगत नबगुन्जेल आफूलाई तरवार र भालाले चोट पारे।
29 Midday passed, and they kept on raving until the time of the evening sacrifice. But there was no response; no one answered, no one paid attention.
मध्यदिन बितिगयो। बेलुकाको बलिदानको समयसम्म नै तिनीहरू बौलाहझैँ अगमवाणी गरिरहे। तर त्यहाँ न त केही जवाफ आयो, न त कसैले जवाफ नै दियो; त्यहाँ कसैले ध्यान दिएनन्।
30 Then Elijah said to all the people, “Come near to me.” So all the people approached him, and he repaired the altar of the LORD that had been torn down.
तब एलियाले सबै मानिसहरूलाई भने, “यहाँ मकहाँ आओ।” तिनीहरू सबै तिनको नजिक आए। तब तिनले याहवेहको भत्किएको वेदीलाई मर्मत गरे।
31 And Elijah took twelve stones, one for each tribe of the sons of Jacob, to whom the word of the LORD had come and said, “Israel shall be your name.”
“तेरो नाम इस्राएल हुनेछ” भनेर याहवेहको वचन आएअनुसार याकोबका सन्तानबाट प्रत्येक कुलको निम्ति एक-एक गरी एलियाले बाह्र वटा ढुङ्गाहरू लिए।
32 And with the stones, Elijah built an altar in the name of the LORD. Then he dug a trench around the altar large enough to hold two seahs of seed.
ती ढुङ्गाहरूद्वारा तिनले याहवेहको नाममा एउटा वेदी बनाए; र तिनले त्यसको वरिपरि दुई सिहा बिउ अटाउने खाडल खने।
33 Next, he arranged the wood, cut up the bull, placed it on the wood,
तिनले दाउरा मिलाए, र त्यस साँढेलाई टुक्रा-टुक्रा पारे, र दाउरामाथि राखे। तब तिनले तिनीहरूलाई भने, “चार वटा ठूला गाग्राहरूमा पानी भरेर त्यस बलिदान र दाउरामाथि खन्याइदेओ!”
34 and said, “Fill four waterpots and pour the water on the offering and on the wood.” “Do it a second time,” he said, and they did it a second time. “Do it a third time,” he said, and they did it a third time.
तिनले भने, “फेरि त्यस्तै गर!” तिनीहरूले फेरि त्यसै गरे। तिनले “तेस्रो पल्ट पनि त्यस्तै गर!” भनेर आज्ञा दिए। तिनीहरूले तेस्रो पल्ट पनि त्यसै गरे।
35 So the water ran down around the altar and even filled the trench.
पानी वेदीको चारैतिर बग्यो, र त्यस खाडललाई समेत भरिदियो।
36 At the time of the evening sacrifice, Elijah the prophet approached the altar and said, “O LORD, God of Abraham, Isaac, and Israel, let it be known this day that You are God in Israel and that I am Your servant and have done all these things at Your command.
बलिदानको समयमा एलिया अगमवक्ता वेदीको अगि बढे, र यसरी प्रार्थना गरे: “हे याहवेह, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईं नै इस्राएलमा परमेश्वर हुनुहुन्छ। म तपाईंको सेवक हुँ, र मैले यी सबै तपाईंकै आदेशमा गरेको हुँ भनेर आज थाहा होस्।
37 Answer me, O LORD! Answer me, so that this people will know that You, the LORD, are God, and that You have turned their hearts back again.”
हे याहवेह, मलाई जवाफ दिनुहोस्, ताकि यी मानिसहरूले तपाईं नै याहवेह परमेश्वर हुनुहुन्छ र तपाईंले तिनीहरूका हृदय फेरि फर्काइदिनुहुनेछ भनी जान्नेछन्।”
38 Then the fire of the LORD fell and consumed the sacrifice, the wood, the stones, and the dust, and it licked up the water in the trench.
तब याहवेहको आगो झर्यो, र त्यो बलिदान, दाउरा, ढुङ्गाहरू र माटोलाई डढायो; अनि खाडलमा भएको पानीलाई पनि सुकाइदियो।
39 When all the people saw this, they fell facedown and said, “The LORD, He is God! The LORD, He is God!”
जब सबै मानिसहरूले यो देखे, तब तिनीहरू लम्पसार परे; अनि “याहवेह नै परमेश्वर हुनुहुन्छ! याहवेह नै परमेश्वर हुनुहुन्छ!” भनी कराए।
40 Then Elijah ordered them, “Seize the prophets of Baal! Do not let a single one escape.” So they seized them, and Elijah brought them down to the Kishon Valley and slaughtered them there.
तब एलियाले तिनीहरूलाई आज्ञा दिए, “बालका अगमवक्ताहरूलाई समात। एक जना पनि भाग्न नपाओस्!” तिनीहरूले उनीहरूलाई पक्रे; अनि एलियाले तिनीहरूलाई कीशोनको बेँसीमा ल्याउन लगाए, र तिनीहरूलाई त्यहाँ मारे।
41 And Elijah said to Ahab, “Go up, eat and drink, for there is the sound of a heavy rain.”
अनि एलियाले आहाबलाई भने, “गएर खानपिन गर्नुहोस्; किनकि मुसलधारे वर्षाको आवाज सुनिँदैछ।”
42 So Ahab went up to eat and drink. But Elijah climbed to the summit of Carmel, bent down on the ground, and put his face between his knees.
यसकारण आहाब खानपिन गर्न गए। तर एलियाचाहिँ कर्मेलको टाकुरामा चढे; अनि भुइँसम्मै निहुरेर आफ्नो मुख आफ्ना घुँडाहरूको बीचमा राखे।
43 “Go and look toward the sea,” he said to his servant. So the servant went and looked, and he said, “There is nothing there.” Seven times Elijah said, “Go back.”
तिनले आफ्नो सेवकलाई भने, “गएर समुद्रतिर हेर्।” अनि त्यो माथि गयो, र हेरेर भन्यो, “त्यहाँ केही पनि छैन।” एलियाले त्यसलाई सात पटक “फेरि फर्केर जा” भने।
44 On the seventh time the servant reported, “There is a cloud as small as a man’s hand rising from the sea.” And Elijah replied, “Go and tell Ahab, ‘Prepare your chariot and go down before the rain stops you.’”
सातौँ पटकमा त्यस सेवकले “कुनै मानिसको हात जत्रो सानो एउटा बादल समुद्रबाट उठिरहेको छ” भन्ने खबर दियो। यसकारण एलियाले त्यसलाई भने, “गएर आहाबलाई भनिदे, ‘वर्षाले तपाईंलाई रोक्नुभन्दा पहिले आफ्नो रथ तयार गरेर तल गइहाल्नुहोस्।’”
45 Meanwhile, the sky grew dark with clouds and wind, and a heavy rain began to fall. So Ahab rode away and went to Jezreel.
त्यसै बेला आकाश बादलले कालो भयो; बतास चल्न थाल्यो, र मुसलधारे वर्षा हुन थाल्यो। अनि आहाब यिजरेलतर्फ सवार भए।
46 And the hand of the LORD came upon Elijah, and he tucked his cloak into his belt and ran ahead of Ahab all the way to Jezreel.
याहवेहको शक्ति एलियामाथि आयो, अनि आफ्नो पेटीमा आफ्नो खास्टो कसेर तिनी आहाबको अगि-अगि यिजरेलसम्मै दगुरे।