< Mark 6 >
1 And he departed thence, and came into his own country; and his disciples followed him.
उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए ।
2 And when the sabbath came, he began to teach in the synagogue. And many that heard him were astonished, and said: Whence has this man these things? and what wisdom is this which is given to him, that even such mighty deeds are done by his hands?
जब विश्रामको दिन आयो उहाँले सभाघरमा सिकाउनुभयो । धेरैले उहाँको शिक्षा सुने र छक्क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई कस्तो बुद्धि दिइएको रहेछ? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन्?”
3 Is not this the carpenter, the son of Mary, the brother of James and Joses and Judah and Simon? And are not his sisters here with us? And they found in him cause for offense.
“के यिनी सिकर्मी होइनन् र? के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र?” र तिनीहरू येशूद्वारा क्रुद्ध पारिए ।
4 But Jesus said to them: A prophet is not without honor, unless in his own country, and among his own relatives, and in his own house.
येशूले तिनीहरूलाई भन्नुभयो, “एउटा अगमवक्ताको आफ्नो गाउँ, नातेदार र आफ्नो घर परिवारबाहेक कहीँ पनि अनादर हुँदैन ।”
5 And he was unable to do any mighty deed there, except that he laid his hands on a few sick persons and cured them;
केही बिरामी मानिसहरूमा हात राखेर निको बनाउनुबाहेक त्यहाँ उहाँले कुनै शक्तिशाली कामहरू गर्न सक्नुभएन ।
6 and he wondered at their unbelief. And he went to the villages round about, and taught.
तिनीहरूको अविश्वासले उहाँलाई अच्चम्मित तुल्यायो । अनि उहाँ गाउँहरूभरि शिक्षा दिँदै हिँड्नुभयो ।
7 And he called to him the twelve, and began to send them out, two and two, and gave them authority over unclean spirits.
उहाँले बाह्र जनालाई बोलाउनुभयो, र अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो र दुई-दुई जना गरी तिनीहरूलाई पठाउनुभयो ।
8 And he commanded them to take nothing for their journey, but a staff only; no bag, no bread, no money in their purses;
र उहाँले यात्रामा एउटा लट्ठीबाहेक न रोटी न झोला र कम्मरमा पैसा नै बोक्न दिनुभयो ।
9 but to be shod with sandals, and not to put on two coats.
तर उहाँले चप्पल लगाउन र दुई ओटा दौरा नलगाउनलाई निर्देशन दिनुभयो ।
10 And he said to them: Wherever you enter a house, there make your home till you depart from that place.
उहाँले तिनीहरूलाई भन्नुभयो, “जब तिमीहरू कुनै घरभित्र पस्छौ, त्यो ठाउँ नछोडेसम्म त्यहीँ बस ।
11 And whoever will not receive you, nor hear you, when you go out from that place, shake off the dust under your feet, for a testimony against them. Verily I say to you, It shall be more tolerable for Sodom or Gomorrah in the day of judgment, than for that city.
यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन भने त्यो ठाउँ छोड, र तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू ।”
12 And they went out and preached that men should repent;
तिनीहरू त्यहाँबाट बाहिर गए र मानिसहरू आफ्नो पापबाट फर्केर आउनुपर्छ भनी घोषणा गरे ।
13 and they cast out many demons, and anointed with oil many that were sick, and cured them.
तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे ।
14 And Herod the king heard of him, for his name had become known; and he said: John the Immerser has risen from the dead, and for this reason, the powers of the spiritual world are active within him.
हेरोद राजाले यो सुने, किनभने येशूको नाउँ प्रसिद्ध भएको थियो । केहीले भनिरहेका थिए, “बप्तिस्मा-दिने यूहन्ना मृत्युबाट जीवित भई उठे । त्यसैले, यी आश्चर्यकर्महरू उहाँद्वारा हुँदै छन् ।”
15 Others said: He is Elijah. Others said: He is a prophet like one of the prophets.
अरूहरूले भने, “यिनी एलिया हुन्”, अझ हरूहरूले भने, “यिनी प्राचीन समयका एक जना अगमवक्ताहरूमध्ये एक हुन् ।”
16 But when Herod heard of him, he said: John, whom I beheaded, has risen from the dead.
तर जब हेरोदले यो सुने, तिनले भने, “यूहन्ना, जसको मैले टाउको कटाएको थिएँ, तिनी जीवित भई उठेछन्!”
17 For Herod himself had sent and taken John, and bound him in prison on account of Herodias, the wife of his brother Philip; for he had married her.
किनभने हेरोदले यूहन्नालाई हेरोदियास (तिनको भाइकी पत्नी) को कारण गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने तिनले उनलाई विवाह गरेका थिए ।
18 For John said to Herod: It is not lawful for you to have your brother’s wife.
किनभने यूहन्नाले हेरोदलाई भने, “आफ्नो भाइकी पत्नीलाई विवाह गर्न तिनलाई उचित छैन भनेका थिए ।”
19 And Herodias was angry with him, and desired to have him killed, and was not able;
तर हेरोदियासले वैरभाव राखेकि थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्,
20 for Herod feared John, because he knew him to be a just and holy man; and he kept him in safety. And having heard him, he did many things, and heard him with pleasure.
किनभने हेरोद यूहन्नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्ने तिनलाई थाहा थियो, अनि हेरोदले उनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद अशन्त हुन्थे, तरै पनि खुसीसाथ सुन्थे ।
21 And a suitable day having come, when Herod, on his birthday, made a supper for his great men, and his chief officers, and the first men of Galilee;
त्यसपछि एउटा उपयुक्त मौका मिल्यो । हेरोदले तिनको जन्म दिनमा आफ्ना भारदारहरू, कप्तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए ।
22 and the daughter of this Herodias having come in, and danced, and pleased Herod and his guests, the king said to the maiden: Ask me what you will, and I will give it to you.
हेरोदियासकी छोरी आफैँ आइन् र तिनीहरूको लागि नाचिन् अनि तिनले हेरोद र उनका पाहुनाहरूलाई प्रशन्न तुल्याइन् । राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्छ सो माग, म तिमीलाई दिनेछु ।”
23 And he swore to her: Whatever you ask, I will give you, to the half of my kingdom.
तिनले शपथ खएर भने, “तिमीले मसित जे माग्छौ, म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु ।”
24 But she went out, and said to her mother: What shall I ask? She replied: The head of John the Immerser.
तिनी बाहिर निस्किन् र आफ्नी आमालाई भनिन्, “म तिनीसित के मागौँ?” र तिनले भनिन्, “बप्तिस्मा-दिने यूहन्नाको शिर ।”
25 And she came in immediately, with haste, to the king, and made her request, saying: I desire that you give me, at once, in a dish, the head of John the Immerser.
तिनी तुरुन्तै राजाकहाँ आइन् र यसो भन्दै मागिन्, “मलाई झट्टै बप्तिस्मा-दिने यूहन्नाको शिर थालीमा दिनुहोस् भन्ने म चाहन्छु ।”
26 And the king was very sad; yet, on account of his oath and his guests, he would not reject her.
राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले तिनको बिन्ती इन्कार गर्न सकेनन् ।
27 And the king immediately sent one of his guards, and commanded his head to be brought.
त्यसैले, राजाले आफ्ना रक्षकहरूमध्ये एक जना सिपाहीलाई यूहन्नाको शिर ल्याउने आदेश दिएर पठाए । सुरक्षाकर्मी गए र झ्यालखानामा उनको टाउको काटे ।
28 And he went and beheaded him in the prison, and brought his head in a dish, and gave it to the maiden; and the maiden gave it to her mother.
सिपाहीले थालमा उनको टाउको ल्याए र ती केटीलाई दिए, र ती केटीले आफ्नी आमालाई दिइन् ।
29 And when his disciples heard of it, they came and took away his body, and laid it in a tomb.
त्यो सुनेर यूहन्नाका चेलाहरू आए, र उनको लासलाई चिहानमा राखे ।
30 And the apostles came together to Jesus, and told him all things, both what they had done and what they had taught.
अनि प्रेरितहरू येशूको वरिपरि भेला भए, र तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई बताए ।
31 And he said to them: Come yourselves privately into a desert place, and rest awhile. For there were many coming and going, and they had not leisure even to eat.
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफैँ निर्जन स्थानमा आओ र केही समय आराम गर ।” किनभने धेरै जना आउने र जाने गरिरहेका थिए र तिनीहरूसँग खाना खाने समय पनि थिएन ।
32 And they went away, by ship, into a desert place, privately.
त्यसैले, उहाँहरू डुङ्गा चढेर निर्जन स्थानतिर जानुभयो ।
33 And many saw them departing, and recognized him; and they ran thither on foot from all the cities, and went before them, and came together to him.
तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे ।
34 And when Jesus came out, he saw a great multitude, and had compassion on them, because they were as sheep that had no shepherd. And he began to teach them many things.
जब उहाँहरू समुयद्र तटमा आउनुभयो, उहाँले ठुलो भिड देख्नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, किनकि उनीहरू गोठालाविनाका भेडाहरूजस्तै थिए । अनि उहाँले धेरै कुरा सिकाउन थाल्नुभयो ।
35 And when much of the day was now spent, his disciples came to him, and said: This is a desert place, and much of the day is now spent;
जब ढिला भयो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र समय गइसकेको छ ।
36 send them away, that they may go into the country and the villages round about, and buy bread for themselves: for they have nothing to eat.
उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्न सकून् ।”
37 He answered and said to them: Do you give them food. And they said to him: Shall we go and buy two hundred denarii worth of bread, and give them food?
तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै उनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनारी वराबरको रोटी किन्न जाऊँ र उनीहरूलाई खान दिऊँ?”
38 He said to them: How many loaves have you? Go and see. And when they had learned, they said: Five, and two fishes.
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्? जाओ र हेर ।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन् ।”
39 And he commanded them to make all recline in table parties upon the green grass.
उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह-समूहमा मिलेर बस्ने आज्ञा गर्नुभयो ।
40 And they reclined in oblong squares, by hundreds, and by fifties.
उनीहरू सय र पचासको समूह- समूहमा बसे ।
41 And he took the five loaves and the two fishes, and looked up to heaven, and blessed; and he broke the loaves, and gave them to the disciples to place before them. And he divided the two fishes among them all.
जब उहाँले पाँच रोटी र दुईवटा माछा लिनुभयो, स्वर्गतिर हेरर आशिष् दिनुभयो, र भाँच्नुभयो अनि त्यो भिडलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो । अनि उहाँले दुईवटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो ।
42 And they all ate, and were satisfied;
तृप्त नहुन्जेल उनीहरू सबै जनाले खाए ।
43 and they took up twelve baskets full of the broken pieces, and of the fishes.
तिनीहरूले बाह्र डालाभरी टुक्रा रोटीहरू बटुले र माछाका टुक्राहरू पनि बटुले ।
44 And those who ate of the loaves were about five thousand men.
त्यहाँ रोटी खानेहरू पाँच हजार जना थिए ।
45 And he immediately compelled his disciples to get into the ship, and to go before him to the opposite side, to Bethsaida, while he sent the multitude away.
उहाँका चेलाहरूलाई डुङ्गामा चढ्न लगाएर उहाँले भिडलाई पारिपट्टि बेथसेदातिर उहाँभन्दा अगि जना लगाउनुभयो ।
46 And when he had sent them away, he went into the mountain to pray.
जब तिनीहरू गए, त्यसपछि उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो ।
47 And when evening came, the ship was in the midst of the sea, and he alone upon the land.
साँझ पर्यो, र अब डुङ्गा समुद्रको बिचमा थियो, र उहाँ जमिनमा एकलै हुनुहुन्थ्यो ।
48 And he saw them toiling in rowing; for the wind was against them. And about the fourth watch of the night, he came to them, walking on the sea, and intended to pass by them.
तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्न चाहनुभयो ।
49 But when they saw him walking on the sea, they thought it was a specter, and cried out;
तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, उहाँ भूत हुनुहन्थ्यो भनेर तिनीहरू चिच्च्याए,
50 for they all saw him, and were troubled. And he immediately spoke to them, and said: Take courage; it is I; be not afraid.
किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए । अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्नुभयो, “साहसी होओ । म नै हुँ । नडराओ ।”
51 And he went up to them into the ship; and the wind ceased. And they were greatly amazed in themselves beyond measure, and wondered;
उहाँ तिनीहरूसँगै डुङ्गामा चढ्नुभयो, र बतास चल्न छोड्यो । तिनीहरू पूर्ण रूपमा अचम्मित भए ।
52 for they had learned nothing from the loaves: for their heart was hardened.
किनभने तिनीहरूले रोटीको अर्थ के हो भनी बुझेका थिएनन् । बरु तिनीहरूका हृदय कठोर पारिएको थियो ।
53 And when they had passed over, they came to the land of Gennesaret, and drew the ship ashore.
जब उहाँहरू पारी तरे, उहाँहरू गनेसरेतमा आए, र डुङ्गालाई त्यहीँ अड्याए ।
54 And when they had come out of the ship, the people immediately recognized him,
जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्तै चिने ।
55 and ran through the whole of that region round about, and began to carry the sick on beds, wherever they heard that he was.
तिनीहरू सबै क्षेत्रमा गए, र उहाँ जहाँ-जहाँ आउँदै हुनुहुन्छ भनी तिनीहरूले सुने तिनीहरूले त्यहाँ-त्यहाँ बिरामीहरूलाई उहाँकहाँ ओछ्यानसँगै ल्याउन थाले ।
56 And whatever place he entered, whether villages or cities or country, they laid the sick in the market-places, and besought him that they might touch even the fringe of his mantle: and as many as touched him were saved.
जहाँ-जहाँ उहाँ गाउँहरूमा, सहरहरूमा, वा ग्रामीण ठाउँहरू भएर जानुहुन्थ्यो उनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे र उनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दिइयोस् भनी बिन्ती गर्थे । र जतिले छोए, तिनीहरू निको हुन्थे ।