< Acts 15 >

1 And certain men came down from Judea, and taught the brethren, saying: Unless you be circumcised, according to the custom of Moses, you can not be saved.
यहूदियाबाट केही मानिसहरू आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्‍न, तबसम्म तपाईंहरू बाँच्‍न सक्‍नुहुन्‍न ।”
2 Therefore, after Paul and Barnabas had no little dissension and disputation with them, they determined that Paul and Barnabas, and certain others from among them, should go up to Jerusalem, to the apostles and elders, about this question.
जब पावल र बारनाबासको तिनीहरूसँग विरोध र विवाद भयो तब यस प्रश्‍नलाई लिएर पावल, बारनाबास र अरू केही मानिस यरूशलेममा प्रेरित र एल्डरहरूकहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे ।
3 Being, therefore, con ducted on their journey by the church, they passed through Phenicia and Samaria, making known the conversion of the Gentiles; and they gave great joy to all the brethren.
त्यसकारण उनीहरू मण्डलीद्वारा पठाइए अनि फोनिसिया र सामरिया भएर गए र गैरयहूदीहरू विश्‍वासमा आएका कुरा घोषणा गरे । उनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए ।
4 When they arrived at Jerusalem, they were received by the church, and the apostles and elders, and they declared all that God had done with them.
जब उनीहरू यरूशलेममा आए, उनीहरूलाई मण्डली, प्रेरितहरू र एल्डरहरूद्वारा स्वागत गरियो, र यसरी उनीहरूसँग परमेश्‍वरले गर्नुभएका सबै कामहरूको प्रतिवेदन उनीहरूलाई सुनाए ।
5 But some of the sect of the Pharisees, who believed, arose, saying, that it was necessary to circumcise them, and to command them to keep the law of Moses.
फरिसी दलबाट विश्‍वास गरेका केही मानिसहरू उठे र भने, “तिनीहरूलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक छ ।”
6 And the apostles and elders came together to deliberate about this matter.
त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू र एल्डरहरू भेला भए ।
7 And after there had been much disputing, Peter arose, and said to them: Brethren, you know that, at the beginning, God made choice among us, that, by my mouth, the Gentiles should hear the word of the Gospel, and believe.
धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, केही समय अगाडि परमेश्‍वरले तपाईंहरूको माझमा गर्नुभएको एउटा छनौट तपाईंहरूलाई थाहै छ कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्‍न सकून् र विश्‍वास गरून् ।
8 And God, who knows the heart, became a witness for them, by giving them the Holy Spirit, as he gave it also to us;
मानिसहरूका हृदय जान्‍नुहुने परमेश्‍वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ ।
9 and he made no distinction between us and them, purifying their hearts by faith.
विश्‍वासद्वारा तिनीहरूका हृदय शुद्ध गर्नुभएर उहाँले हामीहरू र तिनीहरूका बिचमा कुनै भेदभाव गर्नुभएन ।
10 Now, therefore, why do you put God to the proof, by placing a yoke upon the neck of the disciples, which neither our fathers, nor we ourselves, were able to bear?
अब यसकारण हाम्रा पिताहरूले र हामीहरूले बोक्‍न नसकेको जुवा चेलाहरूको घाँटीमा राख्‍नैपर्छ भनी तपाईंहरू किन परमेश्‍वरको परीक्षा गर्नुहुन्छ?
11 But we believe that we shall be saved, even as they, through the grace of our Lord Jesus Christ.
तर हामी विश्‍वास गर्दछौँ कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौँ, जसरी तिनीहरू पनि बचाइए ।’’
12 Then all the multitude kept silence, and listened to Barnabas and Paul, while they made known what signs and wonders God had done by them among the Gentiles.
तिनीहरूले पावल र बारनाबासद्वारा गैरयहूदीहरूका माझमा परमेश्‍वरले गर्नुभएका चिह्न र आश्‍चर्यकर्महरूको विवरण सुनिरहँदा सारा भिड चुपचाप रह्‍यो ।
13 And after they were silent, James answered and said: Brethren, hear me;
तिनीहरूले बोल्न छोडेपछि, याकूबले जवाफ दिँदै भने, “भाइहरू हो, मेरा कुरा सुन्‍नुहोस् ।
14 Simeon has declared how God, at the first, did visit the Gentiles, in order to take out from among them a people for his name.
परमेश्‍वरले आफ्नो नाउँको खातिर तिनीहरूबाटै एक जाति लिनलाई कसरी पहिले गैरयहूदीहरूलाई कृपादृष्‍टिकासाथ सहायता गर्नुभयो भनी सिमोनले बताएका छन् ।
15 And with this agree the words of the prophets; as it is written,
यससँग अगमवक्‍ताका वचनहरू सहमत छन्, किनकि यसरी लेखिएको छ,
16 After this I will return, and build again the tabernacle of David which has fallen down; and I will build again its ruins, and I will set it up;
यी कुराहरूपछि म फर्केर आउनेछु, र म दाऊदको ढलेको पाल फेरि निर्माण गर्नेछु, यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु र फेरी पुनर्स्थापित गर्नेछु ।
17 that the rest of men may seek after the Lord, and all the Gentiles, upon whom my name has been called, says the Lord, who does all these things.
ताकि बाँकी रहेको मानिसहरू र सबै गैरयहूदीहरू लगायत मेरो नाउँद्वारा बोलाइएकाहरूले प्रभुलाई खोज्‍न सकून्।
18 Known to God from eternity are all bis works. (aiōn g165)
, जसले यी प्राचीन समयदेखि थाहा कुराहरू गर्नुहुने प्रभुले यसरी भन्‍नुहुन्छ । (aiōn g165)
19 For these reasons, my judgment is, that we give no trouble to those who, from among the Gentiles, have turned to God;
त्यसकारण मेरो विचार यो छ कि परमेश्‍वरतिर फर्कने गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन ।
20 but that we write to them to abstain from pollutions of idols, and from lewdness, and from what is strangled, and from blood.
तर हामीले तिनीहरूलाई यो लेख्छौँ कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट, व्यभिचारबाट र घाँटी अठ्याएर मारेको मासु र रगतबाट अलग रहून् ।
21 For, from ancient times, Moses has, in every city, those who preach him, being read in the synagogue every sabbath-day.
किनभने हरेक सहरमा मोशाको व्यवस्थाका कुराहरू हरेक सबाथमा पुस्तौंदेखि मानिसहरूले सभाघरहरूमा प्रचार गर्दै र पढ्दै आएका छन् ।”
22 Then it pleased the apostles and the elders, with the whole church, to send to Antioch, with Paul and Barnabas, chosen men from among themselves; Judas, who was surnamed Barsabas, and Silas, chief men among the brethren;
त्यसपछि मण्डलीका अगुवाहरू यहूदा बरसाबास र सिलासलाई छानेर पावल र बारनाबासका साथमा तिनीहरूलाई एन्टिओखिया पठाउने कुरा सबै प्रेरितहरू, एल्डरहरू र सारा मण्डलीसहितलाई कुरा असल लाग्यो ।
23 and they wrote by their hands as follows: The apostles, and the elders, and the brethren, to the brethren of the Gentiles in Antioch and Syria and Cilicia, greeting:
तिनीहरूले यो लेखे, “एन्टिओखिया, सिरिया र किलिकियामा भएका गैरयहूदी भाइहरू, प्रेरितहरू, एल्डरहरू, भाइहरूलाई अभिवादन ।
24 Inasmuch as we have heard that certain persons went out from us and troubled you with words, subverting your souls, saying, That you must be circumcised, and keep the law, to whom we gave no commandment,
हामीले त्यस्तो गर्ने आज्ञा नगरेका केही मानिसहरू हाम्रो बिचबाट तपाईंहरूकहाँ आएर तपाईंहरूको आत्मालाई दु: खित पार्ने खालका शिक्षाहरू दिएर तपाईंहरूलाई दुःख दिइरहेका छन् ।
25 it has seemed good to us, having come together with one mind, to send chosen men to you, with our beloved Barnabas and Paul,
त्यसैकारण हाम्रा प्रिय पावल र बारनाबासका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौँ र यो हामी सबैलाई असल लाग्यो ।
26 men who have endangered their lives for the name of our Lord Jesus Christ.
यी हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् ।
27 We have sent, therefore, Judas and Silas, who will tell you the same things in word.
त्यसैले हामीले यहूदा र सिलासलाई पठाएका छौँ, जसले तिमीहरूलाई त्यही कुराहरू बताउनेछन् ।
28 For it has seemed good to the Holy Spirit, and to us, to lay upon you no greater burden than these necessary things:
किनभने यी आवश्यक कुराहरूभन्दा बढि ठुलो भार तपाईंहरूमाथि नबोकाउन पवित्र आत्मा र हामीलाई असल लाग्यो ।
29 That you abstain from things sacrificed to idols, and from blood, and from what is strangled, and from lewdness; from which if you keep yourselves carefully, you will do well. Farewell.
तपाईंहरू मूर्तिहरूलाई चढाइएका बलिदानका कुराहरू, रगत, घाँटी अठ्याएर मारेको थोकहरू र यौन अनैतिकताबाट अलग रहनुहोस् । यदि तपाईंहरूले आफैँलाई यी कुराहरूबाट अलग राख्‍नुभयो भने तपाईंहरूलाई भलो हुनेछ । बिदा ।”
30 So when these men were dismissed, they came to Antioch: and having assembled the multitude, they delivered this letter.
जब उनीहरू बिदा भएर एन्टिओखियामा आए । तिनीहरूलेभिडलाई एकसाथ भेला पारेपछि पत्र दिए ।
31 When they had read it, they rejoiced for the consolation which it gave.
जब तिनीहरूले यसलाई पढे, उत्साहको कारण तिनीहरू आनन्दित भए ।
32 And Judas and Silas, who were also prophets, exhorted the brethren with many words, and strengthened them.
यहूदा र सिलास पनि अगमवक्‍ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे ।
33 And after spending some time, they were dismissed in peace from the brethren, to those who had sent them.
उनीहरूले त्यहाँ केही समय बिताइसकेपछि भाइहरूको बिचबाट उनीहरूलाई पठाउनेहरूकहाँ शान्तिसाथ पठाइयो ।
34 But it pleased Silas to remain there.
(टिप्पणी: सबैभन्दा उत्तम प्राचीन पाण्डुलिपिहरूले “३४” पदलाई छोडेका छन् (प्रेरित १५:४० हेर्नुहोस्) तर सिमोनलाई त्यहाँ रहन नै असल लाग्यो ।
35 Paul also and Barnabas continued in Antioch, teaching and preaching, with many others, the word of the Lord.
तर पावल र बारनाबास अरु धेरैकासाथ एन्टिओखियामा बसे । जहाँउनी सिकाए र प्रभुको वचन प्रचार गरे ।
36 And, after some days, Paul said to Barnabas, let us return, and visit our brethren in every city in which we have preached the word of the Lord, and see how they do.
केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔँ र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौँ, र उनीहरू कस्ता छन हेरौँ ।
37 And Barnabas determined to take with him John, whose surname was Mark.
बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे ।
38 But Paul did not think it proper to take with them him who had departed from them from Pamphylia, and did not go with them to the work.
तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे । किनभने पाम्फिलियामा हुँदा उनी तिनीहरूबाट छुट्टिएर उनीहरूसँग काममा अगाडि गएनन् ।
39 There was, therefore, a sharp contention, so that they separated from each other: and Barnabas took Mark, and sailed to Cyprus.
तब त्यहाँ कडा असहमति उत्पन्‍न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए । अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे ।
40 But Paul chose Silas, and departed, having been commended to the grace of God by the brethren.
तर पावलले सिलासलाई छाने । भाइहरूद्वारा प्रभुको अनुग्रहमा सुम्पिएपछि उनी त्यहाँबाट बिदा भए ।
41 And he passed through Syria and Cilicia, strengthening the churches.
र उनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए ।

< Acts 15 >