< Psalms 34 >
1 I will bless Jehovah at all times. His praise shall continually be in my mouth.
हरबखत म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा सधैं मेरो मुखमा हुनेछ ।
2 My soul shall make its boast in Jehovah. The humble shall hear of it, and be glad.
म परमप्रभुको प्रशंसा गर्नेछु । थिचोमिचोमा परेकाहरूले सुनून् र आनन्दित होऊन् ।
3 O magnify Jehovah with me, and let us exalt his name together.
मसँगै परमप्रभुको प्रशंसा गर, हामी एकसाथ मिलेर उहाँको नाउँलाई उच्च पारौं ।
4 I sought Jehovah, and he answered me, and delivered me from all my fears.
मैले रमप्रभुको खोजी गरें र उहाँले मलाई जवाफ दिनुभयो, र मेरा सबै डरमाथि उहाँले मलाई विजय दिनुभयो ।
5 They looked to him, and were radiant, and their faces shall never be confounded.
उहाँलाई हे्र्नेहरू उज्ज्वल हुन्छन् र तिनीहरू मुहार लज्जित हुँदैन ।
6 This poor man cried, and Jehovah heard him, and saved him out of all his troubles.
यो थिचोमिचोमा परेको मानिसले पुकारा गर्यो र परमप्रभुले त्यसको पुकारा सुन्नुभयो, र त्यसका सबै दुःखबाट त्यसलाई बचाउनुभयो ।
7 The agent of Jehovah encamps round about those who fear him, and delivers them.
परमप्रभुका दूतहरूले उहाँको भय मान्नेहरूका चारैतिर छाउनी बनाउँछन् र तिनीहरूलाई बचाउँछन् ।
8 O taste and see that Jehovah is good. Blessed is the man who takes refuge in him.
परमप्रभु असल हुनुहुन्छ भन्ने कुरा जाँच र हेर । उहाँमा शरण लिने मानिस धन्यको हो ।
9 O fear Jehovah, ye his sanctified, for there is no want to those who fear him.
ए परमप्रभुका पवित्र मानिस हो, उहाँको भय मान । उहाँको भय मान्नेहरूलाई कुनै कुराको खाँचो हुँदैन ।
10 The young lions do lack, and suffer hunger, but those who seek Jehovah shall not want any good thing.
जवान सिंहहरूलाई कहिलेकाहीं खानाकुरा खाँचो पर्छ र भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै असल कुरा खाँचो हुँदैन ।
11 Come, ye children, hearken to me. I will teach you the fear of Jehovah.
ए छोराहरू हो, आओ, मेरो कुरा सुन । तिमीहरूलाई म परमप्रभुको भय मान्न सिकाउनेछु ।
12 What man is he who desires life, and loves many days, that he may see good?
जीवन चाहने र असल कुरा हेर्नलाई धेरै दिन मन पराउने मानिस कस्तो हुन्छ?
13 Keep thy tongue from evil, and thy lips from speaking deceit.
त्यसो हो भने, आफ्नो जिब्रोलाई खराबीदेखि र आफ्ना ओठहरूलाई झुट बोल्नदेखि जोगाओ ।
14 Depart from evil, and do good. Seek peace, and pursue it.
खराबीबाट फर्क र असल गर । शान्ति खोज र त्यसको पछि लाग ।
15 The eyes of Jehovah are toward the righteous, and his ears are open to their prayer.
परमप्रभुको दृष्टि धर्मीहरूमा हुन्छन् र उहाँका कानहरू तिनीहरूका पुकारमा हुन्छन् ।
16 (The face of Jehovah is against those who do evil, to cut off the remembrance of them from the earth.)
खराबी गर्नेहरूका सम्झना पृथ्वीबाट मेटाउनलाई परमप्रभुको मुहार तिनीहरूका विरुद्धमा हुन्छ ।
17 They cried, and Jehovah heard, and delivered them out of all their troubles.
धर्मीहरूले पुकारा गर्छन्, र परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै कष्टबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्छ ।
18 Jehovah is near to those who are of a broken heart, and saves such as are of a contrite spirit.
परमप्रभु तोडिएको हृदय भएकाहरूका नजिक हुनुहुन्छ र आत्मामा चूर्ण भएकाहरूलाई उहाँले बचाउनुहुन्छ ।
19 Many are the afflictions of the righteous, but Jehovah delivers him out of them all.
धर्मीहरूको कष्टहरू धेरै हुन्छन्, तर ति सबैबाट परमप्रभुले तिनीहरूलाई छुटकारा दिनुहुन्छ ।
20 He keeps all his bones. Not one of them is broken.
त्यसका सबै हाडलाई उहाँले सुरक्षित राख्नुहुन्छ, तिमध्ये एउटा पनि भाँचिनेछैन ।
21 Evil shall kill the wicked, and those who hate the righteous shall be condemned.
खराबीले दुष्टलाई मार्ने छ । धर्मीलाई घृणा गर्ने दोषि ठहरिने छ ।
22 Jehovah redeems the soul of his servants, and none of those who take refuge in him shall be condemned.
परमप्रभुले आफ्ना सेवकहरूका जीवनलाई बचाउनुहुनेछ । उहाँमा शरण नलिनेहरू कसैलाई पनि दोषी ठहराइनेछैन ।