< Genesis 25 >

1 And Abraham took another wife, and her name was Keturah.
अब्राहामले अर्की एउटी पत्‍नी विवाह गरे ।
2 And she bore him Zimran, and Jokshan, and Medan, and Midian, and Ishbak, and Shuah.
तिनको नाउँ कतूरा थियो । तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्‍माइन्‌ ।
3 And Jokshan begot Sheba, and Dedan. And the sons of Dedan were Asshurim, and Letushim, and Leummim.
योक्षान शेबा र ददानका पिता भए । अश्‍शूरी, लतूशी र लऊम्‍मीहरू ददानका सन्‍तान थिए ।
4 And the sons of Midian: Ephah, and Epher, and Hanoch, and Abida, and Eldaah. All these were the sons of Keturah.
मिद्यानका छोराहरूचाहिँ एपा, एपेर, हानोक, अबीदा र एल्‍दा थिए । यी सबै कतूराका सन्‍तान थिए ।
5 And Abraham gave all that he had to Isaac.
अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई दिए ।
6 But to the sons of the concubines, that Abraham had, Abraham gave gifts. And he sent them away from Isaac his son, while he yet lived, eastward, to the east country.
तर आफू जीवित छँदै तिनका उपपत्‍नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्‍ना छोरा इसहाकबाट छुट्‍याएर तिनीहरूलाई पूर्व देशतिर पठाए ।
7 And these are the days of the years of Abraham's life which he lived, a hundred seventy-five years.
अब्राहाम जम्‍मा एक सय पचहत्तर वर्षसम्‍म बाँचे ।
8 And Abraham gave up the spirit, and died in a good old age, an old man, and full of years, and was gathered to his people.
अब्राहाम पुरा जीवन जिएर बुढ़ेसकालमा मरे, र आफ्‍ना मरेका पिता-पुर्खाहरूसँग मिल्‍न गए ।
9 And Isaac and Ishmael his sons buried him in the cave of Machpelah, in the field of Ephron the son of Zohar the Hittite, which is before Mamre,
तिनका छोराहरू इसहाक र इश्‍माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको मम्रेनजिकको मक्‍पेलाको ओडारमा गाडे ।
10 the field which Abraham purchased from the sons of Heth. There Abraham was buried, and Sarah his wife.
त्‍यो खेत अब्राहामले हेतका छोराहरूबाट किनेका थिए । अब्राहाम आफ्‍नी पत्‍नी सारासित त्‍यहीँ नै गाडिए ।
11 And it came to pass after the death of Abraham, that God blessed Isaac his son. And Isaac dwelt by Beer-lahai-roi.
अब्राहामको मृत्‍युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष्‌ दिनुभयो, र इसहाक बेअर-लहै-रोइ नजिकै बसोबास गरे ।
12 Now these are the generations of Ishmael, Abraham's son, whom Hagar the Egyptian, Sarah's handmaid, bore to Abraham.
साराकी कमारी मिश्री हागारपट्टिबाट जन्‍मेको अब्राहामको छोरो इश्‍माएलका सन्तान यिनै थिए ।
13 And these are the names of the sons of Ishmael, by their names, according to their generations: the firstborn of Ishmael, Nebaioth, and Kedar, and Adbeel, and Mibsam,
जन्‍म क्रमको सूचीअनुसार इश्‍माएलका छोराहरूका नाउँ यी नै थिएः इश्‍माएलको जेठो छोरो नबायोत, केदार, अदबेल,
14 and Mishma, and Dumah, and Massa,
मिब्‍साम, मिश्‍मा, दुमा, मस्‍सा,
15 Hadad, and Tema, Jetur, Naphish, and Kedemah.
हदद, तेमा, यतूर, नापीश र केदमा ।
16 These are the sons of Ishmael, and these are their names, by their villages, and by their encampments, twelve princes according to their nations.
इश्‍माएलका छोराहरू यी नै थिए । तिनीहरूका बस्‍ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै थिए ।
17 And these are the years of the life of Ishmael, a hundred and thirty-seven years. And he gave up the spirit and died, and was gathered to his people.
इश्‍माएलको जम्‍मा उमेर एक सय सैँतिस वर्ष हुँदा तिनको मृत्‍यु भयो र तिनी आफ्‍ना पिता-पुर्खाहरूसँगै मिल्‍न गए ।
18 And they dwelt from Havilah to Shur which is before Egypt, as thou go toward Assyria. He abode opposite all his brothers.
तिनीहरूको बसोबास मिश्रको सिमानानजिक भएको अश्‍शूर देशतिर पर्ने हवीलादेखि शूरसम्‍म थियो । तिनीहरू एक-अर्काको शत्रुतामा बसे ।
19 And these are the generations of Isaac, Abraham's son: Abraham begot Isaac.
अब्राहामका छोरा इसहाकको वृत्तान्‍त यही हो । अब्राहाम इसहाकका पिता भए ।
20 And Isaac was forty years old when he took Rebekah, the daughter of Bethuel the Syrian of Paddan-aram, the sister of Laban the Syrian, to be his wife.
पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गर्दा इसहाक जम्मा चालिस वर्षका थिए ।
21 And Isaac entreated Jehovah for his wife, because she was barren. And Jehovah was entreated by him, and Rebekah his wife conceived.
तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्‍नी पत्‍नीको निम्‍ति परमप्रभुसँग प्रार्थना गरे । परमप्रभुले तिनको प्रार्थना सुन्‍नुभयो, र तिनकी पत्‍नी रिबेका गर्भवती भइन्‌ ।
22 And the children struggled together within her. And she said, If it be so, why do I live? And she went to inquire of Jehovah.
तिनको गर्भमा भएका बालकहरू एक-अर्कासँग लड्न लागे, र तिनले भनिन् “मलाई किन यस्‍तो भयो?” तिनले यसको बारेमा परमप्रभुसँग सोधिन् ।
23 And Jehovah said to her, Two nations are in thy womb, and two peoples shall be separated from thy bowels. And the one people shall be stronger than the other people. And the elder shall serve the younger.
परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो कोखमा दुई जाति छन्, तेरो गर्भदेखि नै दुई जाति छुट्टिनेछन् । एक जाति अर्कोभन्‍दा बलवान्‌ हुनेछ, र जेठाले कान्‍छाको सेवा गर्नेछ ।”
24 And when her days to be delivered were fulfilled, behold, there were twins in her womb.
तिनको सुत्‍केरी हुने बेला आउँदा तिनको कोखमा जुम्‍ल्‍याहा थिए ।
25 And the first came forth red all over like a hairy garment, and they called his name Esau.
जेठोचाहिँ शरीरभरि रौँको लुगा लगाएजस्‍तै रातो वर्णको जन्‍म्‍यो । तिनीहरूले त्‍यसको नाउँ एसाव राखे ।
26 And after that his brother came forth, and his hand had hold on Esau's heel, and his name was called Jacob. And Isaac was sixty years old when she bore them.
त्‍यसपछि त्‍यसको भाइ बाहिर निस्क्यो । त्यसको हातले एसावको कुर्कुच्‍चा समातिरहेको थियो । त्‍यसको नाउँ याकूब राखियो । इसाहककी पत्‍नीले तिनीहरूलाई जन्‍माउँदा तिनी साठी वर्ष पुगेका थिए ।
27 And the boys grew. And Esau was a skilful hunter, a man of the field. And Jacob was a quiet man, dwelling in tents.
बालकहरू बढे, र एसावचाहिँ सिपालु सिकारी र मैदानमा डुलिहिँड्‌ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्‍त स्‍वभावका मानिस भए ।
28 Now Isaac loved Esau, because he ate of his venison. And Rebekah loved Jacob.
इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्‍याएको मासु तिनले खान पाउँथे । तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्‌ ।
29 And Jacob boiled pottage. And Esau came in from the field, and he was faint.
याकूबले सुरुवा पकाए । एसाव मैदानबाट आए, र उनी भोकले कमजोर भएका थिए ।
30 And Esau said to Jacob, Feed me, I pray thee, with that same red pottage, for I am faint. Therefore his name was called Edom.
एसावले याकूबलाई भने, “कृपया, मलाई त्‍यो रातो सुरुवा खान देऊ, म थकित छु ।” यसैकारण उनलाई एदोम भनियो ।
31 And Jacob said, First sell me thy birthright.
याकूबले भने, “पहिले तपाईंको ज्‍येष्‍ठ-अधिकार मलाई बेच्‍नुहोस्‌ ।”
32 And Esau said, Behold, I am about to die, and what profit shall the birthright do to me?
एसावले भने, “हेर, म त मर्नै आँटेको छु । मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?”
33 And Jacob said, Swear to me first. And he swore to him, and he sold his birthright to Jacob.
याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे ।
34 And Jacob gave Esau bread and pottage of lentils. And he ate and drank, and rose up, and went his way. So Esau despised his birthright.
याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए । एसावले खानपान गरे अनि उठेर आफ्‍नो बाटो लागे । यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए ।

< Genesis 25 >